काठमाडौँ,७ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को सम्भवित जोखिम न्यूनिकरणका लागि नेपाल टेलिभिजनले कोभिड–१९ ¥यापिड टिम गठन गरेको छ । टेलिभिजनले सस्थानका निमित्त नायव महाप्रवन्धक बिष्णुराम न्यौपानको संयोजकत्वमा कोभिड–१९ ¥यापिड टिम गठन गरेको हो ।
टिमको विहिवार बसेको बैंठकले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सचेतनामुलक कार्यक्रममा जोड दिएको छ । रोगको संक्रमणबाट बच्नका लागि कार्यालयमा साबुन पानीको उचित प्रबन्ध मिलाइएको छ । त्यैगरी कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्दा वा केही काम गरिसकेपछि मिचिमिचि साबुन पानीले हात धुन अनुरोध छ ।
कार्यालयको गेटमा, भवनहरुको मूल ढोकामा र कार्यकक्षहरुमा पर्याप्त मात्रामा स्यानिटाइजरको व्यवस्था गरिएको छ । चिसो हातमा स्यानिटाइजर नलगाउन र लगाइसकेपछि केही समय हात सुख्खा राख्न समेत अनुरोध छ । टेलिभिजनले पत्रकार र कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गरी मास्क र पञ्जाको व्यवस्था गरिएको छ । क्यामरापर्सन, दृष्य सम्पादक, भिटिआर, साउण्डम्यान, स्टुडियो प्रोड्युसर लगायत कम्प्युटरमा बसेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुलाई आबश्यकता अनुसार पञ्जाको प्रयोग गर्न अनुरोध गर्नुका साथै रिपोर्टिङलगायत फिल्डमा गएर काम गर्दा सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध छ ।
मास्क र पञ्जा सम्बन्धित महाशाखामा प्रशासन हेर्ने कर्मचारीहरुबाट लिन सकिने गरी व्यवस्था मिलाइएको छ ।उ नीहरुबाट ति सामग्री उपलब्ध हुनेछन् । त्यसै गरि बैठकले एकपटक कार्यालय प्रवेश गरिसकेपछि कुनै अत्यावश्यक काममा बाहेक कार्यालय समयमा कार्यालय बाहिर ननिस्कन पत्रकार, कर्मचारीहरुलाई अनुरोध छ । निस्कनैपरे महाशाखा प्रमुख, शाखा प्रमुख वा गेटमा जानकारी गराई निस्कन र फर्केपछि सुरक्षा सतर्कता अपनाउन समेत सवैमा अनुरोध छ ।
संक्रमण नियन्त्रणको प्रमुख उपाय सरसफाई पनि भएकाले शौचालय लगायतका स्थानहरु निरन्तर सफाई गर्ने, ष्लाचबचभम त्जभचmयmभतभच मार्फत तापक्रम मापन गर्ने व्यवस्था गर्ने, आफूलाई ज्वरो आएको महसुस भए तापक्रम मापन गरी ज्वरो नआएको एकिन गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न पनि अनुरोध छ । बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणमा सबैभन्दा महत्वपूर्ण भूमिका व्यक्ति आफैंको हुने भएकाले बिशेष सजग र चनाखो हुन सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई अनुरोध छ ।