लक्ष्मण बस्नेत
तुलसीपुर,२० भदौ । दंगीशरण गाउँपालिकाको हेकुलीमा संचालित महिला तथा किशोरीहरुका लागि आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम शनिवार सम्पन्न भएको छ ।
सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा महिला तथा किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको थियो ।
दुई दिनसम्म संचालित तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने,हिंसाका किसिमहरु के के हुन, आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईएको थियो ।
गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका थिए । समाजमा वातावरणिय शिक्षाको बिकास सिड संस्थाद्वारा संचालित बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षतामा भएको तालिम समापन समारोहमा सहभागीहरुले तालिमले आफुहरुमा उच्च आत्मबल बढेको बताएका थिए ।
एक्लै हिडडुल गर्दा डराउथ्यौ अहिले उच्च मनोबलका साथ आफूमाथि घट्न सक्ने घटनामा थोरै भएपनि प्रतिकार गर्न र संभावित हिंसाका प्रकृतिको पहिचान गर्न सक्ने भएको उनीहरुको भनाई थियो । त्यस अबसरमा बोल्ने बक्ताहरुले आत्मरक्षा तालिममा सिकेका सीपलाई ब्यबहारिक रुपमा लागु गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मण बस्नेत,सरिता चौधरी, ललिता वली, करुणा न्यौपाने, बिष्ण्ुा खड्कालगाएतले बोलेका थिए । यसैबिच सोही अबसरमा पुर्णिमा भण्डारी संयोजक रहेको २१ सदस्यीय दंगीशरण गाउँपालिका स्तरिय किशोरी समूह गठन समेत गरिएको छ । कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरीले गरेकी थिइन ।