दाङ,१६ भदौ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं.१४ इकाई समितिले वडा भेला गर्ने निर्णय गरेको छ ।
इकाई समितिको बुधवार घोराहीमा बसेको बैठकले पार्टीको १४ औं महाधिवेशनको तयारीका लागि यहि भदौ १९ गते शनिवारका दिन दाङ जिल्ला उद्योग बाणिज्य संघको हलमा भेला गर्ने निर्णय गरेको हो । उक्त भेलामा अनिवार्य उपस्थीतिका लागि वडाका सम्पूर्ण क्रियाशिल सदस्य आग्रह गरेको छ ।
बैठकले वडा कार्यालय सञ्चालन गर्नेका लागि आर्थिक श्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले शोक प्रस्ताव समेत पारित गरेको छ । क्रियाशिल सदस्य तिर्थप्रसाद सापकोटा, चन्द्रप्रसाद पाण्डेय,रामचन्द्र श्रेष्ठ, बिजयकुमार मण्डल र इश्वरीप्रसाद रेग्मीको मृत्यु भएकोमा परिवार जनप्रति सम्वेदन प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१४ का सहसचिव कुलराज पोख्रेलले जानकारी दिएका छन् ।
बैठक नेपाली काग्रेस घोराही–१४ का इकाई सभापति श्याम सुवेदीको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य एव नेपाली कांग्रेसका नेता अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।