मेरो खुशी : आफ्नै ठाउँमा सेवा गर्न पाउँदा …

मेरो सानै देखिको सपना डाक्टर पढने अनि जनतालाई सेवा दिने थियो । मेरो वुवा आमाको पनि इच्छा चाहाना छोरालाई डाक्टर बनाउने थियो । त्यसमा मेरो फुवाजु स्व विजयकुमार मण्डलले मलाई एमविविएस पढाउन मेरो बुवालाई सल्लाह सुझाव दिनुभएको थियो ।

घोराही –१४ निवासी भिट्रेओ –रेटिना नेत्ररोग विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले भने । सुवेदीले विशिष्टकृत सेवा प्रवाहका लागि नेपाल नेत्रज्योति संघ र एनएवीपीको सहयोगमा रेटिना अर्थात आँखाको पर्दा सम्वन्धी फेलोसीप गर्न पठाएको र सो अध्ययन सकेर विशिष्टकृत सेवाको प्रदान गर्न पाउँदा आफु निकै खुसी भएको सुनाए ।

‘मेरा जिवनमा खुसीहरु धेरै छन् तर मैले आफनै जन्म थलो दाङमा विशिष्टकृत सेवा प्रदान गरि आँखाका विरामीहरुलाई सेवा गर्न पाउँनु यो भन्दा ठुलो खुसी मेरा लागि के हुन्छ’ उनले भने । डा. सुवदीले रेटिना सम्वन्धी सेवा लिन सर्वसाधारण आँखाका विरामीहरु काठमाडौ सम्म जानुपर्ने समस्या रहेको भन्दै अहिले यहि घर दैलोमा सेवा दिनु त्यो भन्दा ठुलो खुसीअरु नभएको सुनाए । ‘मैले यहि जिल्लामै विशिष्टकृत सेवा प्रदान गर्न पाएको छु यो नै मेरो पहिलो खुसी हो’ उनले भने ।

राप्ती आँखा अस्पतालका मेसु समेत रहेका विशेषज्ञ डाक्टर सुवेदीले यस सम्वन्धि फेलोसीप पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘डेढ एक बर्ष पछि रेटिना सम्वन्धि अध्ययन सकेर म जिल्लामा आएपछि धेरै रेटिना सम्वन्धि समस्या भएका विरामीहरुले यहि विशिष्टकृत सेवा पाउँनु भएको छ यो मेरो र विरामीहरुको लागि निकै खुसीको कुरा हो’ उनले । डा सुवेदीले अर्को खुुसी त्रिभुवन विश्वविद्यालय अन्तर्गत टिचिङ अस्पतालमा छात्रवृत्तिमा नेत्रविशेषज्ञ पढनका लागि नाम निकाल्दा प्राप्त भएको सुनाए ।

‘आँखा सम्वन्धि सवेदन सिल विषयमा विशेषज्ञता हासील गर्ने मौका मलाई मिल्यो यो पनि मेरो लागि अर्को खुसीहो क्षण हो ’उनले भने । त्यस्तै सोहि क्रममा पहिलो पटक आँखा स्वास्थ्य सेवा सम्वन्धी अध्ययन गदै गर्दा एक जना नुवाकोटका ५५ बर्षिय विरामीको मोतियाविन्दुको शल्यक्रिया गरि पहिलो पटक नयाँ दृष्टी दिन पाउँदा त्यस दिन निकै खुसी भएको सुनाए । ‘त्यो दिन म निकै खुसी भएको थिए जुन दिन मैले एकजना मोतियाविन्दुको शल्यक्रिया गरि पहिलो पटक उनलाई उज्यालो दिन सफल भए त्यो सम्झना लाएक क्षण थियो’ उनले भने ।

त्यस संगै विशेषज्ञता हासील गरि पहिलो पटक नेत्रविशेषज्ञ डाक्टरको रुपमा २०७२ सालमा कपिलबस्तुको छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा सेवा सुरु गरेको त्यस दिन अर्को खुसी मिलेको सुनाए । कपिलबस्तु , छिमेकी जिल्ला र छिमेकी राष्ट्रका आँखाका विरामीहरुलाई सेवा गर्न पाउँदा आफु निकै खुसी भएको उनले बताए । डा सुवेदीले २० हजार बढी नेपाल र भारतका जनतालाई मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रर्दान गरेको भन्दै खुसी व्यक्त गरे । उनले अस्पताल र विभिन्न दुर्गम क्षेत्रमा पुगेर आँखाको शल्यक्रिया गरी सेवागर्न पाउँदा निकै खुसी लाग्ने गरेको बताए । ‘आँखा जस्तो सम्वदेन सिल आँखा स्वास्थ्य सेवामा जनतालाई सेवा गर्न पाउँदा म निकै खुसी छु’ उनले भने ।

त्यस्तै उनले वि.स २०६२ सालमा नेपालगञ्ज मेडिकल कलेजमा एमविविएस पढनका लागि नाम निकाल्दा पनि खुसी लागेको बताए । उनले त्यति वेला वुवा आमा र आफनो सपना पुरा गरेकोमा खुसी व्यक्तगरे । करिव साढे ५ बर्षको एमविविएसको पढाई सकेर धरान स्थीत बीपी कोइराला अस्पतालमा जागीर खादा पनि अर्को खुसी प्राप्त भएको सुनाए । उनले त्यहाँ इमरजेन्सीमा क्रिटिकल केयर मेनेजमेन्टमा एक बर्ष सेवा गरी धेरै वृद्धवृद्धा र नवजात शिशुहरुको ज्यान बचाएको भन्दै खुसी व्यक्त गरे । उनले पहिलो पटक डाक्टर पढेर त्यहाँ जागीर सुरुवात गरेपछि निकै खुसी भएको सुनाए । ‘म त्यस दिन निकै खुसी भएको थिए जुन दिन मेरो सपना पुरागरेर म डाक्टरको रुपमा त्यहाँ सेवा सुरु गरे –डा. सुवेदीले भने ।

त्यस्तै सुवेदीले काठमाडौको नेशनल स्कुल अफ साइन्सेस लैनचौरमा कक्षा ११ मा विशिष्ट क्षेणीमा पास भई कक्षा १२ मा स्कलर सिपमा पढन पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । डा. सुवेदीले अर्को खुसी बाल्यकालमा विद्यालय पढदै गर्दा कक्षा ९मा पढदा टेवुलटेनिस प्रतियोगिताका लागि क्षेत्रीय खेलाडीको रुपमा छनोट भई सुर्खेतमा सहभागी हुँदा अर्को खुसी प्राप्त भएको सुनाए । टेवुलटेनिस खेलमा विभिन्न खेलहरुमा सहभागी रहि रनिङसिल्ड जित्दा पनि खुसी हुने गरेको उनले सुनाए । त्यस्तै उनले आफु कार्यरत आँखा अस्पतालमा मेसुको जिम्मेवारी पाउँदा तथा त्यो जिम्मेवारी कुशल्ता पूर्वक निर्वाह गर्नु पाउँदा खुसी मिलेका सुनाए ।

सन २०१७ सालमा विवाह बन्धनमा बाधीएका डा. सुवेदीले नेत्र विशेष डाक्टर ज्योति सापकोटासंग विवाह गरि दुवै जनाले आँखा सम्वन्धी सेवा दिन पाउँदा अर्को खुसी मिलेको सुनाए । उनले आफु हाल यहाँ सम्म आउनुमा श्रीमति घर परिवार सवैको साथ रहेको बताए । साथै डाक्टर सुवेदीले श्रीमति डा. ज्योति सापकोटाले पनि कर्निया अर्थात आँखाको नानी रोग विशेषज्ञ हुँदा पनि अर्को खुसी प्राप्त भएको सुनाए ।

उनले सवैको साथ र सहयोग आफुले पाउँदा निकै खुसी लाग्ने गरेको सुनाए । मिजासीला सहयोगी र सकारात्म सोचका धनि भिट्रेओ –रेटिना नेत्ररोग विशेषज्ञ डाक्टर सन्तोष सुवेदी हाल नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको मेसुको रुपमा कार्यरत रहि तिन वटै आँखा अस्पतालमा विशिष्टकृत सेवा दिई रहेका छन् ।

प्रस्तुती : बालाराम खड्का