जनपत्रकार संगठन दाङमा नयाँ नेतृत्व

दाङ,१५ भदौ । जनपत्रकार संगठन नेपाल दाङ जिल्लाको दोस्रो सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ ।

मंगलवार घोराहीमा भएको सम्मेलनले उपाध्यक्षमा जंगबहादुर रेउले, सचिबमा डिल्ली भुषाल, सह–सचिबमा दोर्ण केसी र कोषाध्यक्षमा झुमा वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा खगेन्द्र डांगी, प्रकाश वली, शिबराज वली, निरज बस्याल ,अंगराज परियार, रमेश चौधरी ,गीता सुनार, देबबहादुर वली, नरेन्द्र यादब, प्रकाश डांगी, अशोक शर्मा र कृष्ण अधिकारी रहेका छन् ।

सम्मेलनलाई सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि शितलले आफ्नो पार्टी र सरकारबिच भएको तीन बुदे सहमतिको बिषयमा केही व्यक्तिहरुले भ्रम छर्न खोजेको भन्दै भ्रममा नपर्न सवैलाई आग्रह गरेका थिए । उनले त्यसविषयमा जनपत्रकारहरुले सत्य,निस्पक्ष सुचना जनतालाइ सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसीले समाज रुपान्तरणका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका खेल्ने भन्दै पत्रकारहरुले सत्य,तथ्य र निष्पक्ष रुपमा सूचना प्रम्प्रेसन गनुपर्ने बताइन ।

जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त वलीको अध्यक्षतामा भएको सम्मेलनलाई नेकपा दाङका सेक्रेटरी प्रदिप वली, प्रेस चौतारी दाङ जिल्लाका अध्यक्ष जेएन सागर, प्रेस संगठन दाङका सचिव पाण्डब शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य तथा दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गिरिराज नेपाली, युगबोध दैनिकका आभाष बुढाथोकी, सिस्ने अनलाइनका प्रतिनिधि हिमाल महरा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अम्मर खड्का, गणतान्त्रीक खेलकुद महासंघका केन्द्रीय सदस्य कमल आरसी, गणतान्त्रीक खेलकुद महासंघ राप्ती ब्युरो संयोजक अर्जुन केसीलगायतको सहभागिता रहेको थियो । प्रकाश वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जंगबहादुर रेउलेले गरेका थिए ।