पितृसँग जोडिएको जीवन

गुरुप्रसाद शर्मा रेग्मी

जुन धर्म, जातजातिको मानिस भए पनि मृत्युपछिको सुखद र दुःखद् अवस्थाको सामना गर्नैपर्ने हुन्छ । अतः सबै धर्म, जाति र जातका मानिसहरुले मृत्युपछिको सम्भावित कठिनाईहरुबाट मुक्तिमा सद्गति प्राप्तिमा परलोकको यात्राको ज्ञान प्राप्त गर्नु अनिवार्य हुन्छ । परलौकीक यात्राको यथार्थ ज्ञान विज्ञान पूर्वीय धर्म संस्कृतिमा रहेको हुँदा यसतर्फ सबैको ध्यान जानैपर्छ । अन्यका मृत्युपछिको दुःख, कष्ट, पीडाको आहालमा डुब्नै पर्दछ । हुन त आयातीत संस्कृतिको प्रभावमा परेका मानिसहरुमा मृत्युपछिको जीवनको बारेमा अन्योलता व्याप्त देखिन्छ ।

मानिस मरेपछि कि आगोमा जलाइन्छ कि माटोमुनि गाडिन्छ र उसको जीवन समाप्त हुन्छ भने पुण्य धर्म, तीर्थ, ब्रत, सेवा र दान किन गर्नुप¥यो ? आजसम्म कोही फर्केर आएका छैनन् । त्यस कारण मृत्युपछिको जीवनप्रति विश्वास नै छैन भन्ने मानिस पनि यही समाजमा पाइन्छन् । कण्ठोपनिसदमा नाचिकेताले यमार्चालाई मृत्युपछिको जीवनबारे जिज्ञासा राख्दा नाचिकेतालाई मन्त्र बल र योगबलद्वारा मृत्युपछि के हुन्छ भन्ने कुरा प्रत्यक्ष रुपमा देखाइदिएको उल्लेख छ ।

मृत्युपछि आत्माले यमलोक प्रेतलोक पृथ्वी लोकका पशुपक्षी नरनारी कीटपतंग, वृक्षवनस्पती आदि अनेक योनीहरुमा जाँदा मृत आत्माको कर्म र पुण्य गर्दा तरंग उत्पन्न भई एकअर्कोलाई प्रभावित गरेको हुन्छ । यही अन्तरसम्बन्धले गर्दा मृतात्माको कल्याण हुन्छ । ऋषि, मुनि, योगी, देवीदेवताहरु यही उचतरंगका स्तरमा बाँचेको हुँदा उनीहरु ज्ञान, आशीर्वाद, वरदान, दिन योग्य थिए । र, दिएको पनि लाग्छ यो विश्व ब्रह्माण्डको प्राकृतिक नियममा आधारित रहेको कुरामा कसैको विश्वास रहन गएन ।

वर्तमान समयमा आधुनिकता र धर्म ग्लानीयका कारण सामाजिक प्राणीहरुमा धर्म र योग्य गर्मको लागि समय, पैसा, रुची र धर्म लोपोन्मुख भइरहेको अवस्था छ । नेपालजस्तो पूर्वीय समाजमा यस्तो हुनुमा पाश्चात्य सोच, चिन्तन र विचार र संस्कारले बलियोसँग जरा गाडेर झाँगिँदै गएको छ । यसैको दुष्परिणामले नेपाली जनता भ्रमित हुन गएको छ । आफ्नो मौलकि धर्म, संस्कृति गुमाइरहेको छ । म को हुँ भनेर आफूले आफूलाई चिन्न छाडिसकेको छ । यस्तो अवस्थापछि उत्पन्न भएको थप मनोविकृतिले पूर्ण रपमा हाम्रो विनाश गर्दैछ ।

यस्तो जटिल विकृतिलाई रोक्ने काम गर्ने भनेकै मानव संस्कृति हो । यसैलाई वैदिक संस्कृति पनि भन्ने गरिन्छ । यसरी मानव सांस्कृतिमा आउने विघ्न र विचलनले एकातर्फ पितृहरुलाई पिर्छ भने अर्कोतर्फ मृत आत्माका सन्ततीहरुलाई पितृहरुको सकारात्मक प्रभाव पर्न जान्छ । यस्तो अवस्थाको निराकरण भनेको आध्यात्मिक पुण्य कार्य र पितृपूजा देवपूजा गर्नैपर्ने हुन्छ । कति युगमा भक्ति र नाम संकीर्तन गर्नु नै एक मात्र विकल्प हो भन्ने शास्त्रको वाणीले आफ्नो पितृ पुर्खाको गौरव गाँथा गाएर स्वधर्म र स्वयम्प्रति स्मृतिमान रही प्रेरणाको पथमा लाग्नु पर्दछ भन्ने कुराको रहस्य स्वधर्म ज्ञान र साधनाको बलमा सम्पन्न गर्न सकिन्छ ।

धर्मले कहिले पनि कसैलाई हत्या, हिंसा र विकृति सिकाउँदैन र कसैलाई प्रोत्साहन पनि दिँदैन । तर, धर्मकै नाम र आडमा आज विकृति तीव्र गतिमा फैलिरहेको छ । यसको मूल कारण आधुनिकता चरम भौतिकवादी विलाशी जीवन शैली, मांसाहार, आयातीत पाश्चात्य विकृति र सोच नै हो । जबसम्म मांसाहारी संस्कार, देवीदेवताले बलि स्वीकार्दैनन् भन्ने जान्दाजान्दै पनि देवीदेवताको नाममा निर्दोष पशुपक्षीको बध गरी बलि दिने कुप्रथाको वा विकृतिको अन्त्य हुँदैन ।

तबसम्म शान्ति, प्रेरणा, प्रेमजस्ता धार्मिक गुणहरुको संस्कार समाजमा जागृत हुँदैन, वास्तवमा नयाँ पुस्तालाई यही सांस्कृतिक चेतना दिने तथा मूल सनातन धर्मको प्रचारप्रसार गर्नु अति आवश्यक भएको छ । मानिस जन्मनु अघि पनि पितृसँग जुटिरहेको हुन्छ । जीवनभरि पनि जुटिरहेको हुन्छ । जीवन समाप्त भएपछि पनि उनै पितृ देवतासँग नै मिल्नु परेको हुन्छ । यी पितृ देवतासँग मिल्न नसक्ने हो भने उनी त रिसाउँछन् । देवताहरु पनि रिसाउँछन् । तिनै पितृ र देवताहरुको असन्तुष्टि नै दुःख–कष्ट पीडा अस्वस्थता, प्राकृतिक प्रकोप र दैवीय प्रकोपको कारण बन्न जान्छ भन्ने कुरा बुझेर नयाँ पुस्ताले आत्मसात ग¥यो भने मात्र कल्याण हुन्छ । दुःख कष्ट र पीडाबाट मुक्त हुन सकिनेछ ।