तीर्थराज ज्ञवाली
देउखुरी, ८ भदौ । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशुपंक्ष्ीा उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा नं ४ को गोपीनालामा रहेको पशुपंक्षी उपचार केन्द्रको नवनिर्मित भवनवाट सेवा सचारु गरेको हो ।
पशुपंक्षी उपचार केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि ५ जना कर्मचारीसहित आफ्नै भवनबाट निशुल्क सेवा दिन सुरु गरेको पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिएका छन् । गोपीनालामा रहेको पशुपंक्षी उपचार केन्द्रमा निशुल्क रुपमा पशुपंक्षीहरुको गोवर परिक्षण, आन्तरिक बाहिरी परिजीवीको उपचार, पशु पंक्षि सम्वन्धि सम्पुणर् रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन भैरहेको पशु स्वास्थ्य प्रविधिक कमल पुन मगरले बताएका छन् ।
पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रुपमा हिउँदे र वर्षे घाँसका विउ, बेर्ना वितरण गर्दै आएको बताउदै उनले कृषकलाई पशुपंक्षी तथा मत्स्यपालन व्यवस्थामा समस्या भए जानकारी गराउन आग्रह गरेका छन । पशु सेवा शाखाले छिटै आधारभुत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउदै रिजालले यस शाखाले सिसहनियाबाट समेत सेवा दिदै आएको बताए ।
राप्ती गाउँपालिका पशु सेवा शाखाले एक सुचना मार्फत पछिल्लो समय पशुपंक्षीमा लाग्ने सरुवा रोग जस्तै पीपीआर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखिएकाले पशुपंक्षी ओसार पसार गर्दा खोपलगाएको वा स्वास्थ्य मापदण्ड पुरा गर्न समेत आग्रह गरेको छ ।