घोराही, ३ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले २९ औँ स्थापना दिवस रक्तदान गरेर मनाएको छ । केन्द्रले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर स्थापना दिवस मनाएको हो । विगत २५ वर्षदेखी हरेक वर्ष स्थापना दिवसमा निरन्तर रक्तदान गर्दै आएको संस्थाले २६ औँ पटक स्थापना दिवसमा पनि रक्तदान गरेको हो ।
कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । जसमा लक्ष्मी गुप्ता, सारदा पुरी, सुनिता गिरी, प्रज्ञा पुन मगर, झरना चौधरी, पूर्णीमा डाँगी, लिलाधर वली, बालिका जि.सी, हिक्मत दर्लामी, प्रविण बुढाथोकी, गीता पौडेल, रकमबहादुर भण्डारी, खेमराज बस्नेतले रक्तदान गरेका हुन । त्यस्तै अमर सिंह, बिनोद आचार्य, संगीता गिरी, अभिनाश घर्ति मगर, बसन्ता खड्का, बिरेन्द्र पुनमगर, हिक्मत घर्ति मगर, रोशन डाँगी र अभियान घर्तिले रक्तदान गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जि.एमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल महिला सामुदायिक सेवा केन्द्र लामो समयदेखी महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको बताउदै समाज परिवर्तनमा महत्वपूर्ण भूमीका निर्वाह गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिएमले महिलाहरुको चौतर्फी विकासकालागी संस्थाले लामो समयदेखी काम गर्दै आएको बताएका थिए । सामाजिक कार्यमा क्रियाशील संस्था भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक भएको उनको भनाई थियो । विशिष्ठ अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले नेपाल महिला सामुदायिक सेवा केन्द्रले लामो समयदेखी हरेक बर्ष स्थापना दिवशको अवसरमा रक्तदान गरिरहेको बताए ।
साथै उनले रक्तदान नै जिवनदान भएकाले रक्तदान गर्न सम्पूर्णमा अनुरोध गरेका थिए । नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम प्रमुख आर.के.शीतलले गरेका थिए ।
स्थापना दिवसको अवसरमा विहीवार घोराही उपमहानगरपालिका वडा नम्बर १५ का विपन्न ५ घरपरिवारलाई खाद्यान्य सहयोग गरिएको छ । त्यस्तै मावि झिङ्नीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको संस्थाका सामाजिक विकाश अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिएकी छिन । शिक्षीत तथा स्वाभलम्वी महिला समाजको निर्माण गर्ने परिकल्पना, स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यका साथ २०५० सालमा स्थापना भएको केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
समानता न्याय र शान्ति स्थापनाका क्षेत्रमा सामाजिक रुपान्तरण गर्दै सिमान्तकृत र वित्तिय पहुच नभएका महिलाहरुको आर्थिक शसक्तीकरणकालागि धेरै सकारात्मक कार्यहरु गर्दै आएको छ । संस्थाले बाल तथा महिला अधिकार, महिला स्वास्थ्य प्रर्वद्धन, बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धि, प्रर्यावरण संरक्षण, गरिबी निवारणको लागी उद्यमशीलता, महिला हिंसा विरुद्ध सचेतना र विपत व्यवस्थापनका मुख्य सात (७) वटा आधारभुत क्षेत्र भित्र रही विविध सामाजिक क्रियाकलाप हरु सञ्चालन गर्दै आएको छ ।