ज्योतिपूञ्जमा एसईई परीक्षा दिने विद्यार्थीलाई विदाई
दाङ, २६ फागुन । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरी आफ्नो विद्यालयबाट एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई अविर र माला लगाएर विदाई गरिएको थियो । विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई प्रगतिको शुभकामना दिएका छन ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्वमा भएको कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्मा, विद्यालयका प्रिन्सिपल बुद्धराज अधिकारी, विदाई भई जाने विद्यार्थीका तर्फबाट तेजनिधि पाण्डेय र बर्षा सुवेदी लगायतकाले बोल्नु भएको थियो ।
कक्षा ९ कि छात्रा पूजा गोराथोकिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कक्षा ९ की छात्रा सविता शर्माले कविता र सुनिता बिकले गीत गाएका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर तुल्सी शर्माले गर्नु भएको थियो ।
तीन वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङले यो बर्षदेखि आफ्नो ब्यवस्थापनमा रामपुरमा विलियम शेक्सपियर अग्रेजी विद्यालय समेत सञ्चालन गर्दै आइरहेको छ ।
