Goraksha

National Daily

नदिजन्य पदार्थको उत्खन्न व्यवस्थीत गर्न अनुगमन समिति

शिवराज खनाल
लमही,२६ फागुन । लमही नगरपालिकामा नदिजन्य पदार्थको उत्खनन ओसारपसारलाई ब्यबथित गर्न नगर स्तरिय अनुगमन समिति गठन गरिएको छ । सोमवार भएको एक भेलाले नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरिय अनुगमन समिती निर्माण गरिएको हो ।

जसको सदस्यमा उप नगर प्रमुख देबका बेल्बासे , सम्बन्धित वडाको वडा अध्यक्ष , नेकपाबाट बसन्तराज शर्मा , नेपाली काङ्ग्रेसबाट गिरिजादेबि न्यौपाने , संघीय समाजबादीबाट एक जना प्रतिनिधि , पत्रकार लिला शाह , स्थानिय वडा प्रहरी प्रमुख वा प्रतिनिधि , स्थानिय सशस्त्र प्रहरी बल प्रमुख वा प्रतिनिधि , इलाका प्रशासन कार्यलय प्रमुख , डिभिजन वन कार्यलय प्रमुख वा प्रतिनिधि ,नागरिक समाज प्रमुख वा प्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत रहेका छन ।