जनतालाई सहज सेवा भएन

युवराज शर्मा

नागरिकको लागि नागरिकता बनाउने थलोका रुपमा जिल्ला प्रशासन कार्यालय हो । जहाँ सामान्य नागरिकको पहुँच हुँदैन । राजनीतिक दलको नेतालाई साथमा लिएर जानुपर्छ । तब मात्र सिडिओ बस्ने कार्यालय कोठाभित्र पस्न पाइन्छ । त्यो पनि नेताहरुका लागि पर्दैन । त्यही प्रहर िबसेको हुन्छ र उसको स्वीकृति नभएसम्म भित्र पस्न पाइन्न ।

तर राजनीतिक दलका नेताहरुलाई प्रहरीले प्रायः रोक्दैन । सिडिओ बस्ने कोठाको ढोका बाहिर लेखिएको थियो – जनतालाई सहज सेवा । जहिले सिडिओलाई नागरिकता बाँड्ने र कोरोना नियन्त्रणमा सीमित पारिएको छ । उहिले वडाहाकिम भन्थे र मानमर्यादा ठूलो थियो । त्यस समयका वडाहाकिमलाई नाम परिवर्तन गरेर प्रमुख जिल्ला अधिकारी भनेको हो । अंग्रेजी शब्दमा सिडिओ भन्छन् । यो शब्द नागरिकका लागि जनजिभ्रो बनेको छ । अहिलेको गणतन्त्र समयमा जनप्रतिनिधिहरुको महत्व छ । जसले दैनिकी पारिश्रमिक पाउँछन् भने कर्मचारीहरु र उनीहरुमा के फरक ? आफूलाई आफै महत्व देखाउने जनप्रतिनिधिहरु बढिरहेका छन् ।

एकजना किसानको छोरालाई नागरिकता बनाउनु थियो । उनको पहुँच जिल्ला प्रशासन कार्यालयमा थिए । उनले एकजना राजनीतिक दलका नेतालाई साथमा लिएर गए । अशिक्षित जस्तो देखिने ती व्यक्ति शिक्षित थिए । उनले स्नातक पास गरेका थिए । नोकरीका लागि उनलाई नेपाली नागरिकताको आवश्यकता थियो । वडा कार्यालयको सिफारिस लिएर गए पनि सिडिओलााई भेट्न पाएनन् । उनका साथमा गएका नेताजीले सहज भेट पाएका थिए ।

उनलाई गेटमा भएका प्रहरलिे रोकनन् । तर सिडिओ कार्यालयको कोठाभित्र पस्दा किसानको छोरालाई रोक्यो र प्रहरीले भन्यो – ती नेता सत्ताधारी दलका नेता हुन् । तिमी गाउँले हौ । तिमी भित्र जान पाउँदैनौ । किसानको छोराले ढोकामा टाँगेको बोर्ड देखाउँदै भन्यो – जनतालाई सहज सेवा । किसानको छोराले प्रहरलिाई भने – आफ्नो कुरा सिडिओलाई सुनाएर समस्याको समाधान गराउन चाहेको थिएा । उनका कुरा सुनेर प्रहरीले भित्र नजान पनि भन्न सकेनन् । जानका लागि मुन्टो पनि हल्लाएनन् ।

किसानका छोराले ठूलो साहस गरेर भित्र पसे । उनले सिडिओलाई भने – मेरो शैक्षिक प्रमाणपत्रमा बाबुको नाम फरक छ । त्यसलाई संशोधन गरेर नागरिकता बनाउनु छ । वडाध्यक्षलाई सिफारिस गर्दा बाबुको नाम फरक प¥यो । सुधारेर सिफारिस गरिदिनोस् भनेको मानेनन् । मेरो आमाले मेरा बाबुको मृत्युपछि अन्यत्र विवाह गरेकाले आफ्नो लोग्नेको नाम नै बाबुको नाम लेखाइदिएछन् । पढ्दै गएको थिएँ । स्नातक वाणिज्य शास्त्रमा पास गरेँ । बैंकमा जागिर खानका लागि नागरिकता चाहियो । तब मात्र थाहा पाएँ कि बाबुको नाम लक्ष्मण थारु हुनुपर्नेमा कालुराम थारु भएको रहेछ । एउटा जिन्सबाट जन्मेको बालकलाई अर्को व्यक्तिको जिन्स भन्नु हुँदैन ।

संस्कार विथोलिन्छ । यस्ता सोचाइको किसानवर्गका छोरा भए पनि समस्या सुल्झाउन चाहन्थे । उनले सिडिओलाई सुनाए तापनि नेताहरुको कोठामा जमघट थियो । आफूले निर्वाचनमा मत दिएर निर्वाचनबाट विजय भएका नेता पनि त्यसै कोठामा थिए । उनले पनि उनको समस्यालाई समाधानको बाटो देखाउन सिडिओलाई भनिदिएनन् । उनको मन देखेको थियो । यसै समयमा सिजिओले भने – तिमी बाहिर जाउ, तिम्रो समस्यालाई नागरिकता फाँटमा गएर सुनाउ भन्दै कोठाबाट बाहिर पठाए ।

उनको समस्यालाई सिडिओले बुझ्न चाहेनन् । त्यहाँ बसेका नेताहरुले सिडिओलाई भने – गाउँलेहरुलाई यसरी हजुरले भेटेर समस्या सुन्नु हुन्न । गाउँलेहरुका समस्याहरु सुन्ने हामीले हो । देशमा गणतन्त्र व्यवस्था छ । जनताको समस्याहरु जनप्रतिनिधिले समाधान गर्ने हो । यो केटा थारुको छोरा हो । पढेर ठालु भएको छ । त्यसैले सिडिओ साप, तपाईँलाई भेट्न आछ । कोठाबाट निकालिदिनुभयो राम्रो काम भयो भन्दै नेताहरुले सिडिओको धेरै तापरिफ गरेका थिए । उनीहरुले सिडिओलाई धन्यवाद दिए ।

नेताहरुको प्रशंसा पाएर सिडिओ प्रशन्न भएका थिए । एउटा नेताले भन्यो – जनताको समस्या सुन्ने सिडिओको काम होइन । सिडिओले प्रहरीहरुलाई परिचालन गरेर कोरोना धपाउने गर्नुपर्छ । लकडाउन, निषेधाज्ञा लागू गर्ने र नागरिकलाई सडकमा उभ्याएर सजाय गर्ने गरेमा सहज सेवा हुन्छ भनेपछि सिडिओ झस्के । एक्कासी उनका हातमा गृहमन्त्रालयबाट इमेल पत्र आयो – तपाईँको सरुवा हुम्ला जिल्लामा गरिएको छ । चौबीस घण्टाभित्र जिल्ला छोड्नु र चाँडै सरुवा भएको जिल्ला जानु । ती किसानका छोरा र गृहसचिवका छोरा सहपाठी रहेछन् । उनले आफ्नो गुनासो साथीसँग गरेछन् ।

छोराको सिफारिसमा सिडिओको सरुवा भएको रहस्य खुल्यो । नेपाल यस्तो देश हो जहाँ मनसुनको वर्षा हुन्छ र भनसुनको काम बन्छ । त्यस्तै भयो, सिडिओलाई । हरेक कार्यालयहरुमा भएका हाकिमहरुले गाउँलेहरुलाई भेट्न दिनुपर्छ । उनीहरुका समस्याहरुलाई राम्रोसँग सुन्ने र बुझ्ने गर्नुपर्छ । गाउँले भन्दैमा अशिक्षित व्यक्ति ठान्नु हुन्न । पढेलेखेका वर्ग पनि गाउँमा बस्छन् भन्ने सोचाइ हुनुपर्छ । आफ्नो पदको प्रतिष्ठा आफै बचाउनुपर्छ ।

कार्यालयको फाँटमा जाउ र फाँटवालालाई भन भन्नु हुन्न । यस्ता व्यवहारले हाकिमको व्यक्तित्व हुँदैन । हाकिम कार्यालयको मार्गनिर्देशक हो । सेवाग्राहीको समस्या आफूबाट हुनसक्ने काम बुझाउनु पर्छ । फाँटवालालाई उसकै सामूमा समस्याको समाधान गर्ने तरिका बुझाएर उसका साथमा सेवाग्राहीलाई पठाउनुपर्छ । तब मात्र सांस्कारित ज्ञान र सीप भएको हाकिम मान्छन् । अन्यथा गाउँलेहरुले नेतामुखी हाकिम भन्छन् । हाकिमको चरित्र आफै देखाउनुपर्छ ।

नेपालमा तीन तहको सरकार छ । सेवाग्राहीहरु अन्योलमा छन् । जता हे¥यो त्यतैतिर जनप्रतिनिधिहरुको लर्को छ । सबै भन्छन् – जनताको सरकार भएको गणतन्त्र भएकोले जनप्रतिनिधिहरु गाउँका गल्ली–गल्लीहरुमा भेटिन्छन् । उनीहरु भन्छन् – हामी सामाजिक सेवक हौँ । तर सबैको काम सेवाग्राहीहरुलाई शोषण गर्ने मात्र छ । यो रहस्य नागरिकले बुझिसकेका छन् । स्थानीय तहमा स्थानीय सरकारका जनप्रतिनिधिहरु टोल विकास संस्थाका पदाधिकारीहरु, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु, सिंचाइ कुलो समिितका पदाधिकारीहरु, विभिन्न एनजिओ र आइएनजिओका संस्थाका पदाधिकारीहरुलाई हेर्दा गाउँका घरहरुमा प्रतिनिधिहरु नभएको घर प्रायः पाइन्न ।

गाउँलेहरुले भन्छन् – प्रशासकीय कर्मचारी, सुरक्षा निकायहरु र उपभोग्य संस्थाहरुको महत्व छैन । जब कि स्थायी सरकार नै कर्मचारीतन्त्र हो । गणतन्त्रमा कर्मचारीतन्त्रको आवश्यकता नै भएन । अदालतदेखि कार्यपालिका निकायहरु निष्क्रिय बनाइए । न्यायालयको स्थानमान सर्वोच्च अदालतमा कायमै छ । प्रहरीहरुलाई हत्या गर्ने हत्याराहरु पनि राजनीतिज्ञ ठहरिएपछि देशमा अपराधी भन्ने शब्द हटाउनुपर्ने भयो ।

यस्तो देशमा कोरोना नियन्त्रण गर्ने सिडिओ र प्रहरी प्रशासन भयो भने राजनीतिज्ञहरुले जुलुस, अन्तरकलह, छलफल, बैठकहरु गरेर कोरोना फैलाउनेवर्ग मानिएका छन् । कोरोना भाइरस राजनीतिमा भिजिसकेको छ । देश मुखभरिको जालोमा फसेपछि खोतीपाती हरायो । रोगको डरभन्दा भोकले र बढेको अवस्था छ । सीमान्तवर्गका लागि गणतन्त्रको अनुभूति भएन । कोरोना समयमा सरकारी राहत पाएनन् ।

राजनीतिक परिवर्तनले नेताहरु मोटाए । नागरक दुब्लाउँदै छन् । विदेशमा रगत र पसिना बगाउनेहरुले ल्याएको रकमबाट कर अशुली गर्ने सरकारको नागरिकप्रति दायित्व भएन । पहुँच, चाकडी, चाप्लुसीमा समय बिताउने सर्वसाधारण भए । किसानको छोराले बबुको नाम परिवर्तन गर्न सकेन । एउटा स्नातक पढेको व्यक्तिको शैक्षिक क्षमतालाई सदुपयोग हुने वातावरण बनेन । जब कि शैक्षिक प्रमाणपत्रमा बाबुको नाम फरक परेमा बदल्न पाउने व्यवस्था छ ।

त्यसतर्फ वडा कार्यालयका वडाध्यक्षको ध्यान गएन । ज्ञान र सीप नभएका जनप्रतिनिधिहरुका कारण गणतन्त्रमा मनपरीतन्त्र अपनाएको देखिन्छ । देशमा शिक्षा नै ज्ञानको मूल हो भने स्वास्थ्य जीवनरक्षाको आधार हो । तर गणतन्त्रमा शिक्षा र स्वास्थ्य कमजोर भएकोले कोरोना भाइरसको प्रभाव बढेको हो । यो बढिरहेको छ । जनतालाई सहज सेवा भएन ।