कार तथा जीपका पार्ट्स लागि घोराहीमा क्रिजल कार संसार

दाङ,२८ साउन । बिग्रिएका कार तथा जीपहरु बनाउनका लागि घोराहीमा क्रिजल कार संसार संचालनमा आएको छ । घोराहीका दुई युवाको लागनीमा घोराही उपमहानगरपालिका–१५ कपासीमा नयाँ व्यवस्थापनका साथ हरेक प्रकारका जीप तथा कारहरुको मर्मत तथा आवश्यक पाट्सपुर्जाहरु उपलव्ध गराउने उद्देश्यले सञ्चालन आएको हो ।

घोराहीको अटो भिलेज क्षेत्रमा सेवाग्राहीलाई स्तरीय सेवा दिने गरि क्रिजल कार संसार संचालन गरिएको संचालक समीर सिद्धिकीले जानकारी दिएका छन । उनका अनुसार करीब २५ लाखको लगानीमा पसल सन्चालन गरिएको बताए । ‘दाङको घोराहीमा जीप तथा कार सम्वन्धी सम्पूर्ण पाट्सहरु उपलव्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याएका छौ’–उनले भने–‘जसले गर्दा कार तथा जीप बिग्रिएमा मर्मतका लागि बाहिर जानुपर्नेछैन ।’

उनका अनुसार पसलमा गाडीका पार्टसहरु सुफथ मुल्यमा पाइनुका साथै मर्मत गरिने बताए । साथै मेसिनबाट गाडी धुलाई समेत गरिने उनले बताए । सेवाग्राहीलाई घोराहीमा स्तरीय सेवा दिने गरि पसल संचालनमा आएको अर्का संचालक प्रेम बुढाले जानकारी दिएका छन् । उनले सस्तो र सुपथ मुल्यमा हरेक प्रकारका गाडीहरु पार्ट्सहरु पाउनका साथै मर्मत समेत गरिने सञ्चालक बुढाले बताएका छन् ।