घोराहीमा गठे मंगल पर्व मनाइयो

दाङ,२२ साउन । नेवार समूदायले पराम्परागत गठे मंगल पर्व मनाएका छन् ।

नेवार सेवा समिति घोराही दाङले शुक्रवार साउन घण्टाकर्ण चतुृर्दर्शीको अवसरमा पारेर गठे मंगल पर्व मनाएको हो ।

गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थीत भिमसेन मन्दिरमा पूजापाठ गरेर जात्रा सुरु गरिएको नेवार सेवा समिति जात्रा संयोजक बिमलमान श्रेष्ठले जानकारी दिएका दिएका छन् ।

उनका अनुसार लाखेलाई कृष्ण जन्माष्ठमीमा समापन गरिने भएको छ ।