मेरो खुशीः शिक्षा क्षेत्रको उन्नयनमा लाग्दा
दाङ,७ कार्तिक । विद्यायलय होस वा संघ, संस्था र अन्य सामाजिक कामदेखि राजनीतिकसम्म सधै सक्रिय र क्रियासिल व्यक्ति हुन तुलसीपुर –४ रक्षाचौर निवासी सुरेन्द्रबहादुर खड्का । उनका खुसीका पलहरु सोधदै गर्दा उनी काममै व्यस्थ थिए । उनलका खुसीका पलहरु सोध्दै जाँदा उनले आफनो पहिलो खुसी तुलसीपुर –४ स्थीत गुरुजजुर मावि विद्यालय नमुना विद्यालय हुदाँको भएको बताए । ‘मेरो पहिलो खुसी गुरुजजुर माविको शैक्षिक ,भौतिक विकासमा फटको मार्दाको लेखिदिनु मेरो पहिलो खुसी त्यसको विकास भएको देख्न पाउँदाको हो – खड्काले भने । २०५९ सालदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका खड्काले आफुले अध्ययनगरी नेतृत्व गरेको विद्यालयको शैक्षिक उन्नयन हुदा खुसी लाग्ने गरेको बताए ।
पहिले कच्ची भवन त्यसमा पनि खै लागेको टिनको पातावाट पानी र सित चुहिने गथ्र्याे । त्यसको भौतिक विकास हुनुका साथै हाल विद्यालयमा ठुला ठुला पक्कि भवनहरु बन्नेका छन् साथै विद्यालय नमुना विद्यालयको रुपमा समेत छनोट परेको छ । तिनपटकसम्म अध्यक्षको जिम्मेवारी समालेका खड्काले आफनो पालामा विद्यालयमा चारवटा विषयहरु उच्च शिक्षा पढाईको लागि स्वीकृत लिएको बताउछन् । ‘यहाँका विद्यार्थी तुलसीपुर पढन जानुपर्ने बाध्यता थियो तर अहिले यहि पढन पाएका छन् यसमा पनि मलाई निकै खुसी लाग्छ’ उनले भने । आफुले पढेको विद्यालयको भौतिक र शैक्षिक विकास हुदाको व्यग्लै खुसी लाग्दो रहेछ’ खडका भन्छन् । त्यस्तै हाल विद्यालयमा ठुला –ठुला विद्यालय भवन देख्दा झनै खुसी लागेको बताए । उनले आफनो पालामा विद्यालय जिल्ला प्रथम भएको बताए । खड्काले शिक्षा क्षेत्रको विकाशका लागि गरेको योगदानको मुल्याङकन गर्दै तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्दा झनै सामाजिक सेवामा लाग्न उत्प्रेणा जगाएको बताए ।
त्यस्तै खड्काले अर्को खुसी गादिवराह सामुदायिक वनको अध्यक्ष भयर वन वातावरण संरक्षण, सवद्धन, र व्यवस्थापन गर्दा लागेको बताए । ‘ हाम्रो वनको अवस्था निकै नाजुक थियो म आएपछि वन संरक्षणदेखि व्यवस्थापनमा मैले काम गर्ने जिम्मेवारी पाउदा लागेका थियो । २०५७ सालमा अध्यक्ष भएका खड्काले आर्थिक व्यवस्थापन र वन संरक्षण गरी जिल्लामा सामुदायिक वन जिल्लामै प्रथम गराउन पाउँदा पनि लागेको सुनाए । आफुले काम गरेका संघ संस्थाहरु उत्कृष्ट हुदा कसलाई पो खुसी लाग्दैन र उनी भन्छन् । त्यस्तै नेपाल नेत्रज्योति संघका सचिव समेत भएका खड्काले दुर्गमा विभिन्न निःशुल्क आँखा शिविर र अस्पतालको भौतिक विकासदेखि अस्पतालमा नेत्र सहायक कक्षा सञ्चालन गर्न पाउँदा पनि खुसी लागेको बताए ।
हामीहरुले दाङमा नेत्र सहायक कक्षाको पढाई सञ्चालन गरेर धेरै विद्यार्थीहरुलाई यही अध्ययन गर्ने अवसर दिएका छौं यसमा मलाई निकै खुसी लाग्ने गर्छ । उनले संघका सभापति कृष्णकुमार गिरी र कार्यसमितिका पदाधिकारीहरुको पहलमा यो सम्भव भएको बताए । खड्काले काँग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्का र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको विशेष पहलमा हालका शिक्षा मन्त्री गिरीराजमणि पोख्रेल त्यसवेला पनि शिक्षा मन्त्री हुदा स्वीकृत प्राप्त भएको बताए । त्यस संगै यो सम्भव भएको भन्दै खुसी व्यक्त गरे ।
खड्काले सामाजिक क्षेत्रबाट आफु राजनीतिमा पनि पुगेको भन्दै खुसी व्यक्त गरे । नेपाली काँग्रेस दाङका पूर्व सह–सचिव समेत भएका जिल्ला सदस्य खड्काले आफनो परिवार पहिले देखिनै राजनीतिमा क्रियासील भएको र पछि स्व खुमबहादुर खड्का र काका किर्तिबहादुर खड्काको प्रेणाले हाल यहाँसम्म आएको भन्दै खुसी व्यक्त गरे । ‘म सामाजिक सेवासंगसंगै राजनितिमा पनि क्रियासील छु सवै साथिभाईको सहयोग र मायाले यो सवै थोक गर्न पाएको छु’ उनले भने । २०४६ साल देखि विद्यार्थी राजनिति सुरुगरेका खड्का विभिन्न समयमा सवैको विश्वास जितेर राजनितिमा लागेर धेरै जिम्मेवारी पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । त्यस्तै उनले अर्को खुसी विभिन्न समाजसेवामा लागेर सवैलाई सहयोग गर्नपाउँदा लागेको बताए ।
रफिकोल सहकारीको अध्यक्षको जिम्मेवारी पुरा गरेका खड्काले सहकारी क्षेत्रमा लागेर सहकारीको विकाशमा आफुले कार्यगर्न पाउँदा पनि खुसी लागेको बताए । खड्काले अर्को खुसी जेठा छोराले भारतको नागपुरमा सिभिल–इन्जिनियर पढनका लागि स्कलरसिपमा नाम निकाल्दा लागेको बताए । ‘छोरालाई इन्जिनियर पढाउने मेरो चाहाना थियो छोराले नाम निकाल्दा पनि खुसी लागेको थियो ’ उनले भने । त्यस्तै सामाजिक तथा राजनितिक सेवामा लाग्नमा घरपरिवारले सहयोग गर्दा पनि खुसी लाग्ने गरेको उनले बताए । ‘मलाई यहाँसम्म आउनमा घरपरिवार श्रीमतिको पनि हात छ उहाँहरुको सहयोग हुदैन्थ्यो भने म यो ठाउँमा कहाँ आउथेर ’उनले भने । खड्काले आफुले समाजसेवाका साथै राजनितिमा सवै साथिभाईको साथ र सहयोग पाएकोमा खुसी व्यक्त गरे । खड्का नेपाली काँग्रेसका जिल्ला सदस्य ,नेपाल नेत्रज्योति संघ दाङका सचिव हुन ।
प्रस्तुतीः बालाराम खड्का