दाङ,१८ साउन । घोराही उपमहानगरपालिका–१५ विकास नगर टोलमा एक दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । नागरिक स्वरोजगार केन्द्र प्राली बुटवलको आयोजनामा अगरबत्ती बनाउने तालिम गरिएको हो ।
नागरिक स्वरोजगार केन्द्र प्राली बुटवलको आयोजना तथा विकास नगर टोल विकास सस्थाको सहआयोजनामा भएको तालिममा ९० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम टोल विकास सस्थाको भवनमा भएको टोल विकास सस्थाका अध्यक्ष बेचन वलीले जानकारी दिएका छन् ।
सिपलाई व्यवसाय र व्यवसायलाई आर्थिक रुपान्तरमा जोड्न सके महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने सकिने तालिमका सहभागीहरुले जोड दिएका थिए । तालिमको प्रशिक्षकमा सस्थाका संयोजक सुजाता पुन, प्रशिक्षक रीता भण्डारी र पबित्रा भण्डारी रहेका थिए ।