कोरोनाले शिक्षामा ल्याएका जटिलता

भूपेन्द्र सुवेदी

सधै अन्य समसामायिक बिषयबस्तुको उठान गर्ने मनले आज बिश्वमा कोरोना कालमा पिल्सिएको शिक्षाको अबस्थाको बारेमा धेरै लेखकहरुबाट बिभिन्न बिचार आइरहँदा यसको बारेमा आफूलाई लागेको जिज्ञासा राख्ने जमर्को गर्दै केही समस्याहरुको बारेमा भन्नै पर्ने बिषयमा शिक्षाको महत्वपूर्ण बारेमा बहस गरेर कहिल्यै सकिँदैन अथवा शिक्षाको महत्व अनन्त छ । तर अहिलेको अबस्थामा शैक्षिक क्षेत्र दिनप्रतिदिन अबरुद्ध छ ।

हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारणले गर्दा प्रायःजसो शैक्षिक क्षेत्रहरु ठप्पप्रायः छन् । हाम्रो देशको स्थिति मात्र हेर्ने हो भने करिब ७०÷७५ लाख बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित छन् । लामो समयसम्म बिद्यालयहरु बन्द रहँदा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकारबाट ठूलो संख्यामा बालबालिका बञ्चित रहनु सामान्य कुरा होइन तर यसका बारेमा मुलुकमा बहस, चर्चा, छलफल पर्याप्त मात्रामा भएको देखिँदैन । मात्र खाली बिद्यालयले यो पाएन, त्यो पाएन शिक्षकले सुबिधाको बारेमात्र उठान भएको हुन्छ ।

शिक्षाको असर तत्काल मात्र पर्दैन यसले दीर्घकालीन असर पार्दछ । बन्दाबन्दीको (लकडाउन) अबस्थामा बिद्यालय बन्द रहनु स्वाभाबिक भए तापनि बन्दाबन्दी क्रमशः हट्दै जाँदा शिक्षा क्षेत्रलाई अन्तिममा राख्नुले तत्कालको बेलामा शिक्षा क्षेत्रलाई कम महत्व दिएकोझै महसुस हुन्छ भन्नेहरुको गुनासोसँग मेल खाएको छ ।

आज शिक्षामा गुणस्तर पढाई र अन्य बिद्यालयमा हुने गर्नुपर्ने गतिविधिमा हाम्रो बिद्यालय अब्बल छ भन्ने चाहे सरकारी बिद्यालय होस् जहाँ बिद्यार्थीको संख्या घटेर शून्यमा आएको होस्, चाहे निजी बिद्यालय (कम्पनी) जस्तोमा परिणत हुँदैछ यी बिद्यालयहरुले आज सम्पूर्ण बिद्यार्थीहरुलाई अनलाइन क्लास चलाएर पढाएको भानमा आफ्नो मानो पकाएको अबस्था छ ।

तर जो बिद्यार्थी स्कुलै जाँदैन, जसको अनलाइनको ब्यबस्था छैन त्यस्तो बिद्यार्थीको पढाईको मूल्यांकन र उसको शिक्षामा भएका कमी–कमजोरी र उसको पढाईको स्तरोन्नतिको मापन के शिक्षकले घरमै बसेर गर्ने निर्देशन सरकारको हो भनी शिक्षाको गुणस्तर कसरी बृद्धि होला ?

हामीले आपत् अबस्थाले ल्याउन सक्ने बिभिन्न प्रभाबहरुजस्तै बालबालिकामा पर्ने मनोसामाजिक प्रभाव, शिक्षा क्षेत्रमा पर्न सक्ने प्रभाव, सामुदायमा पर्नसक्ने प्रभाव, सीमान्तकृत समूहमा पर्ने प्रभाव आदिको बारेमा पर्याप्त विश्लेषण, बहस, छलफल गरी एउटा निष्कर्षमा पुग्ने चेस्टा गर्न सकेको अबस्थामा कमी रहेको पाइन्छ । तर साँच्चै भन्ने हो भने शिक्षाको उपादेयता आपतकालीन अवस्थामा बढी रहन्छ । शिक्षाले शारीरिक, मनोसामाजिक रक्षा प्रदान गर्दछ ।

शिक्षा अधिकार हो, समुदायले शिक्षालाई प्राथमिकता दिन्छ र बालबालिकाको संज्ञानात्मक र भाबनात्मक बिकासमा शिक्षाको महत्वपूर्ण स्थान रहन्छ । शिक्षाले जीवन बचाउन र धान्न मद्दत गर्दछ । शिक्षाले सामाजिक पुनर्निर्माण र आर्थिक सुधारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शिक्षाले द्वन्द्व ब्यबस्थापन र सहिस्णुता बृद्धि गराउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

अझ महत्वपूर्ण त केछ भने शिक्षा नै यस्तो औजार हो जसले कुनै पनि बिपतसँग लड्न सक्ने क्षमताको बिकास गर्दछ, बिपत जोखिम न्यूनीकरण गर्ने महत्वपूर्ण औजार अथवा अर्को शब्दमा भन्ने हो भनी बिपत ब्यबस्थापन चक्रको महत्वपूर्ण ईकाई, क्षमता क्षमता अभिबृद्धि हो, क्षमताबिना बिपतसँग लड्न सम्भव छैन । यसरी हेर्दा हालको परिस्थितिमा शिक्षाको भूमिका अझ महत्वपूर्ण देखिन्छ । तर हामी यो महामारीलाई बढी नै महत्व दिएर, बिद्यालय, शिक्षालाई, कम आँकिरहेका छौँ किजस्तो लाग्छ ।

यस्तो भनिराखेको बेला धेरैले के बिर्सिराखेका छैनन् भने रोगको संक्रमण यदि बिद्यालय प्रवेश गरेको खण्डमा यसले भयाभह परिस्थितिको सृजना गर्न सक्छ तर यसका समाधानका केही उपायहरुसहित आपतकालमा शैक्षिक क्षेत्रमा के गर्न सकिन्छ ? भनेर चर्चा गर्न उचित होला । यो एकमात्र समाधान हो भन्ने सबैको आवाज नहुन सक्ला, यसका धेरै बिकल्प हुन सक्छन् । के छलफलको बिषय हुनसक्छ र जसबाट एउटा ठोस निष्कर्ष निक्लन सक्छ भन्ने शिक्षा क्षेत्र तथा शिक्षाप्रेमीहरुको ध्यान हुन सक्ला ।

नेपाल बिपतका दृष्टिकोणले बिश्वमै संवेदनशील क्षेत्रमा रहेको छ । यहाँ समय–समयमा हुने बिभिन्न प्रकारका बिपतहरुले ठूलो जनधनको क्षति पुराएको हुन्छ । भूकम्प, बाढी–पैरो ,आगलागी, महामारी, आदिजस्ता बिपतहरुले बर्षेनी थुप्रै दुख दिइरहेको छ र हाम्रो शैक्षिक गतिविधिलाई अबरोध पुराइरहेको हुन्छ । यस्को समाधानका लागि एउटा प्रमुख उपाय भनेको पूर्ब तयारी नै हो । आपतकालीन अबस्थाका लागि शिक्षाको पूर्बतयारी, सर्बप्रथम आपतकालीन शिक्षाका लागि एउटा न्यूनतम मापदण्ड तोकिनुपर्ने हुन्छ ।

आपतकालीन शिक्षाका न्यूनतम मापदण्डहरुले आपतकालीन शिक्षाका न्यूनतम मापदण्ड हरुले आपतकालीन अबस्थामा शिक्षाको पूर्ब तयारी र राहत कार्यका लागि, प्राथमिकताको आधारमा उपलब्ध हुनुपर्ने न्यूनतम स्तर निर्धारण गर्दछ । आपतकालीन शिक्षाको न्यूनतम मापदण्ड निर्माण गर्नका लागि राहत कार्यमा संलग्न बिभिन्न संस्था र निकायहरुको एक अन्तर्सस्था सञ्जाल तयार गरेको हुनुपर्दछ । यो अन्तर्सञ्जाल संस्थाहरुले आपतकालीन शिक्षाको पूर्ब तयारी र यथाशीघ्र पुनर्निर्माण कार्यको सिलसिलामा दिइने शिक्षाको ढाँचा तयार गर्दछ । दोश्रो शैक्षिक समन्वय समूह गठन आवश्यक छ ।

शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग पुराउने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सञ्जालसँग जिल्लास्तरीय सुरक्षा निकाय, सैनिक, प्रहरीमा यो पूर्बतयारी रहेको हुन्छ र उहाँहरुसँग शैक्षिक समन्वय समूह हो । अबरुद्ध शैक्षिक कार्य सञ्चालन गर्नमा शिक्षा मन्त्रालयलाई (मन्त्रालय अन्तर्गत अन्य बिभाग प्रदेश, जिल्ला, स्थानीयस्तर) सघाउनु नै शैक्षिक समन्वय समूहको प्रमुख जिम्मेवारी हो ।

यसका अलवा शैक्षिक समन्वय समूहको पहिचान अन्य जिम्मेवारी, प्रमुख साझेदारीहरुको पहिचान गर्नु कार्यक्रम कार्यान्वयनको समन्वय गर्नु योजना निर्माण र रणनीतिको बिकास एवं मापदण्डहरुको प्रयोग गरी शैक्षिक गतिविधि सुधार गर्नु हो । अरु यस्तै शैक्षिक समन्वय समूहको अन्य महत्वपूर्ण कार्यहरुमा आपतकालीन शिक्षाको अनुगमन गर्नु र प्रतिवेदन प्रस्तुत गर्नु सहयोगको पक्षमा ओकालत गर्नु र श्रोतको परिचालन गर्नु नागरिक समाज र राष्ट्रसेबकहरुलाई परिशिक्षीत तुल्याई क्षमता निर्माण गर्नु र अन्तिम प्रतिवेदन दाताको भूमिका निर्बाह गर्नु हो ।

यसरी शैक्षिक समन्वय समूहको गठन आपतकालीन शिक्षाका लागि एउटा महत्वपूर्ण औजार हो । यो स्थानीयस्तरलगायत आवश्यक क्षेत्रहरुमा अग्रीम गठन गर्नु आवश्यक हुन्छ र समय–समयमा बैठक, छलफल आवश्यकता छ । जसले गर्दा आपतकाल आईपरीहाले यसलाई तुरुन्तै सञ्चालनमा ल्याउन सकियोस् । देश संघीयतामा गइसकेको परिपे्रक्ष्यमा हरेक प्रदेश र स्थानीय निकायहरु अधिकारसम्पन्न छन् ।

त्यसकारण शिक्षाका हरेक गतिविधिहरुमा स्थानीय क्षेत्रलाई अधिकार दिनु उपयुक्त हुने हुँदा बिपतको दृष्टिकोणबाट पनि स्थानीय निकायहरु अधिकारसम्पन्न भए भने शैक्षिक बाताबरण सुचारु गर्न मद्दत पुग्छ । किनभने देशको फरक भौगोलिक क्षेत्रमा फरक प्रकारका बिपतहरुको समस्या रहेको हुन्छ । त्यसकारण देशभरिको बिपतको अवस्थालाई एउटै बाकसमा हालेर हेर्न प्रयास गरियो भने समाधान गर्न कठिन हुन्छ । यसैले फरक ठाउँमा भएको फरक समस्याको पहिचान गरी समस्याको सामाधान खोज्नु उपयुक्त हुन्छ ।

अहिलेको महामारीको समयमा पनि तुलनात्मकरुपले सुरक्षित र असुरक्षित स्थानहरुको पहिचान गरी शैक्षिक क्षेत्रलाई क्रमशः खोल्दै जानुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ । अन्यथा देशैभरिको अबस्था कोरोनाको भाइरसको सफा खोज्ने हो भने धेरै लामो समय लाग्न सक्छ । जतिबेर हामी धेरै पछाडि परिसकेका हुनेछौ ।

बिपत ब्यबस्थापनको बारेमा खासै कोरोनाको प्रकोपभन्दा यसभन्दा अघिका बिभिन्न बिषयमा बिपत ब्यबस्थापन र आपतकालीन अबस्थाको सुरक्षामा खटिएर काम गरेको अनुभबको आधारमा मैले यो अनुभवलाई खास अन्य क्षेत्रभन्दा आजको अवस्थामा हाम्रो शिक्षा क्षेत्र निकै समस्यामा रहेको अवस्था छ । यसका समाधानका उपाय हामी आफै निकाल्न सक्नुपर्छ ।

आजको कोरोनाको खोपको बारेमा आम नागरिक हरुको गुनासो जसलाई मापदण्ड तोकेर आएको खोप अन्य मापदण्ड नपुगेका र पहुँचको आधार कोरोनाको खोप प्रयोग हुँदै आएको भन्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुन आवश्यक छ ।