युवराज शर्मा
२०७७ सालमा कोभिड–१९ को कारण देखाएर स्कूलहरु बन्द गरियो । त्यस समयमा एकजनालाई कोरोना भाइरस भएको थियो । तयारी अवस्थामा भएको एसइई परीक्षा पनि रोकियो । पछि वैकल्पिक व्यवस्था नगरेर परीक्षा पद्धतिलााई लत्याएर राजनीतिक आधार बनाइयो ।
स्कूलको मूल्यांकन पद्धतिलााई अपनाएर विद्यार्थीहरुलाई एसइईको परीक्षा दिन नपर्ने र प्रमाणपत्र पाउने नीति शिक्षामा ल्याइयो । एसइईको परीक्षालाई प्रदेश स्तरीय सरकारको कार्याक्षेत्रमा राखियो । यस्तो इतिहासले विद्यालयको पढाइ कोरोना भाइरस बन्यो । विद्यार्थीहरुको पठनपाठन रुक्यो । उनीहरुले आफ्नो भविष्य कतातिर गयो ? बुझन् सकेका छैनन् ।
प्रदेशले पनि एसइई परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन सकेन । तीनै तहका सरकारहरु राजनीति गर्ने क्रिडास्थल बने । संघीय सरकारले चलाएको यस दुई परीक्षालाई महत्वहीन बनाउने काम राजनीतिक स्तरबाट नेतृत्ववर्गले गरेपछि शैक्षिक वातावरण धुमिलियो । शिक्षामा गुणात्मक सुधार भएन । राजनीतिक भागबण्डामा सीमित भयो ।
२०७८ बैशाख देखि कोरोना भाइरस पनि नयाँ जातिको देखियो भन्ने सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ भयो । कोरोना भाइरस बढेको बढ्यै छ । मृत्यु हुनेहरुको संख्या पनि बढ्यो । यस वर्ष यो रोगले बालक, युवा र बृद्धहरुलाई सताइरहेको छ । स्कूल र क्याम्पसका विद्यार्थीहरु धेरै प्रभावित भएका छन् । सरकार भन्छ – स्वास्थ्यको सुरक्षा आफै नागरिकले गर । तर राजनीतिक दलका शीर्ष नेताहरुले गर्ने जुलुस, सभा, सम्मेलन र छलफल कार्यहरु गरिरहेका छन् ।
कोरोना भाइरस बढाइरहेका छन् । उनीहरुले यस्ता कार्यहरु पद र शक्ति प्रदर्शनका लागि गरेका छन् । सीमा नाकाहरु बन्द हुँदा कोरोना बन्द भयो । मृत्यु दर देखिएन । यसलाई स्पष्ट छ कि यो रोग आयातीत हो । यसलाई नागरिकमा फैलाउने काम राजनीतिज्ञहरुबाट भएका हुन् । यसका दोषीहरु सत्तामा भएका र सत्ता प्राप्तिका लागि संघर्ष गर्ने नेताहरु नै हुन् छन्छन्, नागरिक ।
त्यसैले होला सरकारमा भएकाहरुले स्वास्थ्यको सुरक्षा आफै नागरिकले गर्नुपर्छ भन्छन् । स्कुलहरु बन्द गराए । तर सरकारको विरोध गर्ने नेताहरुका जुलुस, सभा, सम्मेलन र छलफल कार्यलाई निरन्तर दिइएको छ । स्कूलहरुलाई बन्द गराउने, परीक्षाहरुलाई रोक्नुपर्ने कार्यहरु समयमा भएनन् । जब कोरोनाले विशाल रुप धारण ग¥यो, तब रोक्नुपर्ने वाध्यता सरकारलाई भयो । यसले शैक्षिक ज्ञानको अभाव भएका जनप्रतिनिधिहरु देखिए । उनीहरु स्वार्थ र लिप्सामा चर्लुम्म डुबेका छन् ।
समाजमा संस्कार पनि देखाउन सकेका छैनन् । त्यसैले नेपालको विकास गतिशील भएन । शैक्षिक वातावरण व्यापारिक अवस्थामा देखियो । विद्यार्थीहरुको पठनपाठन प्रभावहीन बन्यो । विद्यार्थीहरुमा उच्छृंखलता उत्दण्डता बढ्यो । उनीहरुमा राष्ट्रिय भावना हराउन लाग्यो । राष्ट्र प्रेम बढ्न सकेन । पढाइ छोडेर विदेशिने लहर आयो । नेपाली रुपमाभन्दा डलर र रियालप्रति झुकाव बढ्यो ।
मादकपदार्थ सेवन गर्ने र मोवाइलमा रमाउने लहर आयो । शिक्षा, ज्ञान र सीप विकासको माध्यम बन्न सकेन । स्कुलहरुले विद्यार्थीहरुलाई चरित्रवान् बनाउन पछि परेको वातावरण बन्यो । यसले समाज निर्मणमा वाधा पु¥यायो । एकातर्फ कोरोनाको कहर छ भने अर्कोतर्फ शैक्षिक वातावरण विदेशी मोहमा छ । यस्तो अवस्थामा शिक्षण संस्थाहरुले दक्ष जनशक्ति उत्पादन गर्ने आधार बन्न सकेको अवस्था छैन ।
शिक्षा ज्ञानको ज्योति हो । यसैले मान्छेलाई अन्धकारबाट उज्यालोतर्फ लैजान्छ । जब मान्छेले आफूलाई उज्यालोमा देख्छ तब उसका ज्ञानरुपी आँखाले समाजमा देखिने विकृति र विसंगतिको बोध गर्छ । सभ्यताको परिचय दिन्छ । उदाहरणका लागि एउटा युवकलाई हेरौँ । उसमा भएको आभूषणतर्फ नियालौँ । त्यस युवकको नाङ्गो शरीरलाई देख्यौँ भने के अनुभव गर्छौं ? आधुनिक पहिरण अथवा उच्छृंखलता ।
तर वर्तमान समयमा नाङ्गो शरीर र पारदर्शी पोसाकलाई आधुनिक फेशन भन्छन् । वास्तवमा कपडाले शरीर ढाक्नु पनि फेशन हो । यस्तो वातावरण धेरै युरोपियन देशहरुमा पाइन्छ । शरीर ढाक्नका लागि लुगा लगाउनु आवश्यक हो । तर नाङ्गो शरीर देखाउनु ज्ञान र सीपको अभाव हो । यदि पढेको मान्छेले नाङ्गो रुप देखाउँछ भने उच्छृंखलताको प्रदर्शन हो ।
नेपालमा शिक्षण संस्थाहरु संख्यात्मक रुपमा बढिरहेका छन् । तर गुणवान् विद्यार्थीहरु बढ्न सकेनन्, स्थानीय, प्रदेश र संघीय सरकारका रुपहरु परीक्षा प्रणालीमा देखिनु प्रश्नपत्रको गोपनीयता र सुरक्षा व्यवस्थामा जिम्मेवारी वहन नभएको वातावरण छ । जस्तै २०७५ साल मा लिइने एसइईका प्रश्नपत्रहरु प्रदेश नं. २ बाट बाहिरियो । त्यसको जिम्मेवार कुनै निकाय बनेन । विद्यार्थीहरुको जाँच रुक्यो ।
नेपालका धेरै विद्यार्थीहरुले समस्या झेल्नुप¥यो । यस्ता विकृतिहरु राजनीतिक आडमा भएका थिए । तर परीक्षा केन्द्रमा प्रश्नपत्र आउट गर्ने काम शिक्षकहरुलाई भनिन्छ । उनीहरुले राजनीतिक आडमा गर्छन् । नेताको इसारामा काम नगरे सरुवा हुन्छ र बढुवा रोकिन्छ पनि । त्यसकारण शिक्षकहरु राजनीतिक आडमा चल्छन् भन्ने पुष्टि हुन्छ ।
नेपालका सामुदायिक शिक्षण संस्थाहरुमा सरकारी लगानी धेरै हुन्छ । तर उत्पादनमा जनशक्ति अपेक्षाकृत हुनसकेको छैन । सामुदायिक विद्यालयहरु स्थानीय सरकारको निर्देशन, नियन्त्रण र व्यवस्थापन गर्ने दायित्व हो । त्यसमा पनि राजनीतिक कार्य भयो । कक्षा ५ को परीक्षा स्थानीय सरकारले गराउन सकेन भने एसइई परीक्षा पनि प्रदेश सरकारले सञ्चालन गर्न सकेको अवस्था छैन ।
विद्यार्थीहरुको पठनपाठनमा सुधार गर्न कुनै तहको सरकारले सकेनन् । आफ्ना छोराछोरीलाई संस्थागत स्कूलमा पठाउने व्यक्तिहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी भएका छन् । उनीहरु राजनीतिक आधारबाट बनेका छन् । त्यस्ता व्यक्तिहरु एकेडेमिक कैरियरका छैनन् । उनीहरुले स्कूलमा पठनपाठनमा सुधार गर्न सक्दैनन् । त्यस्ता व्यक्तिहरुले स्कूल सञ्चालन र शिक्षकहरुलाई परिचालन कसरी गर्न सक्छन् र ? यो समस्या सामुदायिक स्कूलहरुमा छ ।
कुनै पनि विव्यसले स्कूलको शैक्षिक वातावरण बनाउन सकेको उदाहरण पाइन्न । राजनीतिक आस्था देखाउने काम गर्छन् । यसको परिणाम विद्यार्थीहरुको पठनपाठनमा असर पुगेको छ । त्यसैले होला हरेक सामुदायिक स्कुलहरुमा विद्यार्थीहरु घटिरहेका छन् । उनीहरुमा पढ्ने रुची छैन । कोरोनाको कारण स्कुलहरु बन्द भए ।
विद्यार्थीहरुको पढाइ इन्टरनेटबाट हुन्छ भन्छन् । इन्टरनेटको पहुँच नभएका स्कूलहरुको पठनपाठन सदाका लागि बन्द भयो । यसतर्फ सरकारी ध्यान जान्न । इन्टरनेटको सुविधा पनि सहर र बजार क्षेत्रमा मात्र सीमित छ । ग्रामीण क्षेत्रका स्कुलहरु बन्द हुनु विद्यार्थीहरुका लागि शिक्षामा अन्धकार बन्नु हो भन्छन् गाउँले अभिभावकहरु ।
विद्यार्थीहरुको परीक्षा पेपर टेस्टिङ मेथडमा गर्नुपर्छ । राजनीतिक टेस्टिङ मेथडमा गर्नु हुन्न । यदि इन्टरनेटबाट परीक्षा लिने भए प्रश्नहरु वस्तुगत २० प्रतिशत र विषयगत ५० प्रतिशतका आधारमा विद्यार्थीहरुले इन्टरनेटमार्फत् दिने व्यवस्था मिलाएर पनि पेपर टेस्टिङ मेथड हुन्छ । त्यसका लागि शिक्षकहरुले केही प्राविधिक कुराहरु जान्नु र सिक्नु पर्छ । यसतर्फ शिक्षकहरुको ध्यान जान्न ।
सरकारले लामो समयसम्मको लकडाउन र निशेधाज्ञा सरकराले लागू गरेर २०७७ साल बिदा ग¥यो । २०७८ सालमा सहज वातावरण बनेर आफ्नै सञ्चालन अवस्थामा आएका विद्यालयहरु २०७८ बैशाख १२ गतेदेखि बन्द भएपछि विद्यार्थीहरु ज्ञानबिनाको मानव बन्ने अवस्था अभिभावकहरुमा छ । तर बढ्दो कोरोनाका कारण सरकारले लकडाउन, निषेधाज्ञा वाध्य भएर लगाउँछ । नागरिकमा रोग सम्बन्धमा ज्ञान भएकै हो ।
उनीहरुमा संवेदनशीलताका विषयवस्तुलाई वास्ता गर्दैनन् । जसको परिणाम खराब देखिन्छ । त्यसको सिको बालबालिका र युवायुवतीहरुले गर्छन् । रोग बढ्ने अवसर आउँछ । लकडाउनका समयमा पढ्ने बालबालिकालाई घुमफिर गर्न दिनु हुन्न । शान्त र सहनशील बनाउनु पर्छ । उनीहरुलाई मानसिक असर पर्ने कार्य गर्नु गराउनु हुँदैन । स्कूल बन्दका समयमा घरमा पढाइ र लेखाइ गराउनु पर्छ । मनोरञ्जनमा दिन बिताइदिनुपर्छ ।
स्कूल बन्द भएपछि ठूला विद्यार्थीहरुभन्दा साना बालबालिका पढाइबाट विमुख भएका छन् भने ठूला विद्यार्थीहरुमा नैराशयता बढेको पाइयो । उनीहरुमा कोरोनाको नयाँ रुप के हो थाहा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु घट्नुको मुख्य कारण विद्यालयको सञ्चालन व्यवस्था राम्रो नहुनु नै त्यस्ता विद्यालयहरुमा विद्यार्थीहरुको पढ्नै रुची घट्नु हो । यसलाई स्थानीय सरकारबाट व्यवस्थापन गर्न नसकेको वातावरण हो ।
स्थानीय सरकार प्रमुखको धेरै कमजोरी देखिन्छ । शिक्षाको विस्तार र विकास नभएसम्म सामाजिक भावना व्यक्तिमा हुँदैन । स्कूल बन्द गरेर कोरोना नियन्त्रण हुँदैन । नियन्त्रणका लागि उपचारमा ध्यान दिनुपर्छ । कोरोना बढ्यो भनेर सरकारले नागरिकमा भय र त्रास बढाएको वातावरण छ । रोगको उपचार र प्रविधि अपनाउनु पर्छ । विद्यार्थीहरुको पढाइलाई व्यवस्थित गरेर इन्टरनेटको पढाइलाई अगाडि बढाउनुपर्छ । उनीहरुमा पढ्ने रुची जगाउनु पर्छ । पढ्ने वातावरण बनाउनु पर्छ ।