सुरक्षित र सर्तक रहन जिल्लावासीलाई जिससको अपिल
दाङ, २१ फागुन । जिल्ला समन्वय समिति दाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नेपालमा समेत रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनप्रति संवेदनशिल हँुदै संभावित महामारीको संक्रमणबाट सुरक्षित र सर्तक रहन सम्पूर्ण जिल्लावासीमा अपिल गरेको छ ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बुधवार अपिल जारी गरेर यस्तो आग्रह गर्नु भएको हो । आवश्यक व्यवस्थापनमा सवै पक्षसँग सहकार्य र समन्वय गर्न समन्वय समिति सधै तयार नै भएको जानकारी गराउँदै उहाँले कोराना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस मुल समिति दाङले जिल्लामा गर्ने भनेका सम्पुर्ण कार्यक्रम तत्तकालका लागि स्थगीत भएको जानकारी गराउनु भएको छ
