भीष्मले युधिष्ठिरलाई राजधर्मको उपदेश दिनु

राधेश्याम उपाध्याय

युधिष्ठिरले भीष्मसँग हात जोडेर राज धर्म सुन्ने ईच्छा राखे । भीष्मले पनि नेत्र चिम्लिएर सम्पूर्ण इन्द्रियहरुलाई आफ्ना बसमा राखी भन्न लागे जो राजाले पितृ देवता र द्विज (ब्रम्हण) को पुजा गर्ने अरुको उपकार गर्ने र सत्यको पालन गर्नेछन् ती राजालाई कहिले केही कुराको पनि दुःख हुने छैन ।

त्यस्ता राजाले यस लोक र परलोकमा पनि सुख भोग्ने छन । योद्धा धार्मिक जितेन्द्रियलाई वस गर्ने कोमण वाणी भएका दानी श्रेष्ठ उदार चित्त भएका ऋषि ब्राह्मणहरुको आदर गर्ने गर्दछन् । त्यस्ता राजाको राज्य कहिले भ्रष्ट हुँदैन र लक्ष्मी स्थिर रहन्छिन् । राज द्रोह गर्ने भ्रुण हत्या वा त्याग गर्ने गुरुकी स्त्रीहरण गर्ने र ज्ञानी विप्र भएर हत्या गर्ने लाई देश निकाला गर्नु राजाको कर्तव्य हो । राजाले कहिले पनि दोषी र देश द्रोहीलाई क्षमा गर्नु हुँदैन । मौका परेका बखत ती दुर्जनहरुले राजाको निन्दा तथा कुभलो गर्न सक्नेछन् ।

राजाले आफ्ना सहयोगीहरु विज्ञ राख्नुपर्दछ । राजाका शक्ति भनेका सेना शस्त्र अस्त्र धन राज्य पानी र जङ्गल हुन् । त्यसैले आफ्ना राज्यमा यी वस्तुहरुको वृद्धि गर्नु पर्दछ । राजाले आफ्ना शत्रुहरुसँग वलावलको आधारमा मैत्री गर्नु पर्दछ । सदैव आफ्नो राज्यको सुरक्षा गर्दै शासन गर्नु पर्दछ । अर्काको बलमा घमण्डी बनि बोल्न हुँदैन । बढी नम्र र बढी शेखी पनि गर्नु हुँदैन । बोल्दा विचार गरेर बोल्नु पर्दछ । राजाले न्याय गर्दा कडा यमराजका झैं गर्नु पर्दछ । नीतिपूर्वक राज्य कोष कुवेरका सरी जम्मा गर्नुपर्दछ ।

जुन देशमा जनता दीन दुःखी दुर्वल हुँदैनन् त्यही राज संसारमा उत्तम मानिन्छ । राजाले दुव्र्यसनी भई आनन्द लिनु हुँदैन । सेवकहरुसँग पनि ठट्टा गर्नु हुँदैन । ती सेवकहरुले मनपेट पाइपछि टेर्न छाड्दछन् । राज्यका गुप्त कुराहरु सबैसँग गर्नु हँुदैन । सेवकहरुलाई सदैव प्रेम भावले अधिनमा राख्नुपर्दछ । खेती गर्न कृषकले ऋण मागे थोरै व्याजमा दिनु र जे जति उब्जन्छ त्यसको षष्टांश मात्र लिनु पर्दछ । राजले बढी कर लिनु हुँदैन ।

व्यापारीहरुले विनाकारण कृतिम अभाव बनाई महंगी नबढाउन । दुःखी जनताबाट राज्यको उन्नति नहुने भएकाले सदैव जनताको हित चिताई सके जति जनताको मद्दत गर्नु पर्दछ । जुन देशमा ब्राह्मण र सज्जनहरुको सम्मान, जनता धनधान्यले पूर्ण सुखी होलान् त्यस देशमा धेरै वुद्धिजीवी व्यक्तिहरु आई बस्ने र थरीथरीका उद्योग खोल्ने भएकाले देशको प्रगति हुनेछ । राज्य कोष बढी सारा जनता सुखी र खुसी हुनेछन् ।

यसले राजाको सम्मान बढ्ने र लोकमा त्यस्तो राजालाई ठूलो मानिनेछ । जुवा खेल्नु, मदिरा पान गर्नु, व्यर्थै अर्काको प्राण लिनु, कुसंगत गरी हिँड्नु, कृतघ्नी हुनु, लोभी हुनु, मिथ्या बोल्नु, परस्त्रीमा लत हुनु, आफ्ना हितैषी त्याग्नु, यी दुर्गुण हुने राजाको छिटै नाश हुनेछ । त्यसैले यस्ता कार्य गर्ने राजाको विनास हुनेछ ।

जुन राजामा वुद्धि विवेक चातुर्यता गाम्भीरता छैन जस्का शत्रु ठूलो योग्यता राख्ने छन्, जस्ले अर्काको भरमा राज्य सन्चालन गर्ने छन् त्यस्ता राजाहरुलाई शत्रुहरुले मौका हेरी मार्नेछन् । जसरी इन्द्रले उपाय निकाली अमृत प्राप्त गरी आफ्ना शत्रु राक्षसहरुको विनास गरी स्वर्गमा आनन्दले बस्दछन् त्यसरी नै राजाले पनि चलाखीपूर्वक उद्योग गर्नु पर्दछ ।

सानो भनेर शत्रु आगो र विषलाई हेला गर्नु हुँदैन सदैव यी तिनैबाट सुरक्षित भै शासन सन्चालन गर्नु पर्दछ । त्यस्ता राजाहरुको सुकीर्ति भवमा चरैतर्फ फैलिन्छ र त्यस राज्यमा धनलक्ष्मी र राजलक्ष्मीस्थिर भै बस्नेछन् । हे बावु राज्य सबै प्रजाहरुको भोग्य वस्तु हो तर त्यसको संरक्षण गर्नु राजाको कर्तव्य हो ।

राजा कहीं क्रूर र कहिले कोमल पनि हुनु पर्दछ । आफ्नो प्राण अर्पण गरेर भए पनि जनताको रक्षा गर्नु राजाको सद्धर्म र कर्तव्य पनि हो । जो राजाले नीतिपूर्वक शासन गर्दैन त्यसलाई सुख शान्ति कहिले हँुदैन र उसको मन सदैव अशान्ति भै रहन्छ । त्यस्तालाई अयोग्य शासक भन्दछन् । यो सबै राजधर्मको उपदेश भीष्मले युधिष्ठिरलाई दिए । युधिष्ठिर पनि खुसी हुँदै त्यस दिन सन्ध्याकाल भएकाले सबै पाण्डव तथा श्रीकृष्ण खुसी हुँदै हस्तिनापुर फर्किए ।

अर्को दिन श्रीकृष्ण र पाण्डवहरु पुनः भीष्मपितामह कहाँ गए र युधिष्ठिरले राजा शब्द कसरी चलन चल्तीमा आयो । सबै देहमा मज्जा मासु शरीर पीठ मुख हड्डी छाला मन रगत मर्नु जन्मनु श्वासप्रश्वास फर्नु सवै जीवमा समान हुन्छ । राजा र अरु जनतामा केही भिन्नता देखिन्न तर पनि राजा किन आदर सम्मान गर्दछन् । राजाले कुन श्रम वा सुकर्म गरेर श्रेष्ठता प्राप्त गरे ।

बाहु पाऊ पेट इन्द्रियहरु देख्दात सबै समान छन् तर पनि नरेश हरुको किन बढी आदर गर्दछन् । एउटा व्यक्ति राजा बनेर सबैलाई आज्ञा दिन्छन् र अरु धेरै व्यक्ति त्यो आज्ञा मानेर आपत्तिमा भासिएका हुन्छन् । संसारको यस्तो चलन देखेर मलाई दिक्क लाग्दछ । यो न्याय होकी अन्याय हो मलाई बुझाउनु होस भनी पितामहलाई सोधे । यो सुनेर पितामहले भन्नु भयो हे बावु पहिला राजा राज्य थिएन । सवै मानिस धार्मिक थिए ।

शासन धर्मले चल्दथ्यो सबै धर्मका रक्षक थिए । कोही पापी थिएन । यसरी धेरै समय वित्यो । मानिसमा मोह बढ्यो । सबै द्रोही अधर्मि हुन थाले । सद्धर्म घट्दै गयो । राग द्वोष बढ्यो । भर्ममा विचलन आयो सबैले आफ्नो कतैव्य छाड्न थाले । निर्दोषी दोषी भए । भक्षाभक्षको विचार गर्न छाडे । त्यसैले गर्दा धर्म श्रुतिको नास हुन थाल्यो ।

मानिसले यज्ञ यज्ञादी हवन गर्न छाडे ।यस बाट देवताले भाग पाउन छाडी क्षेय हुन थाले । द्यौताहरु डराए र सवै मिली ब्रम्हाको आराधना गर्न थाले । ब्रम्हा खुसी भएर धर्मज्ञान कर्मकाण्ड श्रुति र नित्य गर्नु पर्ने कार्य तथा कर्तव्यको उपदेश दिनुभयो तर दुर्जनहरुले त्यो कुरा मान्न छाडे । ब्रम्हा सबै देवताहरुलाई लिएर नारायण श्रीविष्णुसँग जानुभयो र पृथ्वी लोकमा सबैले धर्म पालन गर्न छाड्न लागे त्यसको उपाय प्रभुले सोचिबिचारी गर्नु प¥यो भन्नु भयो ।

श्रीविष्णुले ब्रम्हा तथा सबै देवताहरुलाई म यसको उपाए गर्नेछु भनी विदा दिनुभयो । श्री विष्णु एकाग्र मन पारी दृढताका साथ चिद्ब्रम्हको चिन्तन गर्न लाग्नुभयो । श्री विष्णुको तेज बाट तेजस नामका राजा प्रकट भए र उनले श्री विष्णुको आदेशानुसार पृथ्वीमा आनन्द साथ पापी र दुर्जनहरुलाई दण्ड दिएर वसमा राखी शासन गर्न लागे । यसले गर्दा मानिसले सद्धर्मको पालन गर्न लागे । सारा प्रजा तथा सज्जन खुसि भए । राजा तेजसको किर्ती बढ्दै गयो ।

कालान्तरमा उनका वंशमा वेन नामका सन्तान राजा भए । वेन दुष्ट वुद्धिका थिए । उनले मनै ईश्वर हुँ भन्न लागे । यो सब धन–रत्न–राज्य मेरो हो र मलाई नै सारा जनले पुजा गर भन्न लागे । ब्रह्मणहरुलाई यज्ञ हवनादि कर्म गर्न रोक्न लागे । सबै ब्राह्मणहरु रिसाई कुशको टुक्रा सुमन्त्रित गरी मारिदिए । यसरी वेन मरेपछि राजा नभई राज्य सञ्चालनमा वाधा व्यवधान खडा हुने भएकाले मृत वेन राजाको तिघ्रा वेद मन्त्रका ऋचाद्वारा मन्त्रित गरी मन्थन गर्न लागे । त्यसबाट कुरुप कालो एक मानिस पैदा भयो ।

त्यसलाई निषाद भन्ने नाम राखे र त्यस बाट सन्सारमा निषदहरुको उत्पत्ति हुन गयो । त्यो पुरुष राजा हुन योग्य नभएकाले पुनः वेदका ऋचाहरुबाट मन्त्रित गर्दै वेन राजाको दायाँ हात मन्थन गर्न लागे । त्यसबाट इन्द्र जस्ता तेजिला एक सुन्दर पुरुषको उत्पत्ति भयो । त्यस पुरुषले ब्राह्मणहरुलाई माई किन उत्पत्ति गर्नु भयो भनी सोधे । यो सुनेर ब्राह्मणहरुले तिमीले अब यो राज्यमा शासन गरी धर्मको संरक्षण गर्दै प्रजाहरुलाई खुसी गराऊ र आफ्नो सुकीर्ति राख भने ।

ती पुरुषले पनि ब्राह्मणहरुको कुरा स्वीकार गरे र ब्राह्मण तथा ऋषिहरुको आशीर्वाद पाई पृथु नामबाट पृथ्वीमा विख्यात हुन गए । पापी दुर्जनहरुलाई दण्ड दिने र सज्जन धर्मात्माहरुलाई आदर गरी खुसी राख्थे । राजा पृथुले कुनै समयमा भूमिलाई सम्थर पारेकाले पृथु राजाको नामबाट नै पृथ्वी रहन गयो । अहिले सन्सारमा जति पनि अन्न र शस्त्र अस्त्र छन् ती सबै पृथु राजाका पालामा पैदा भएको मानिन्छ ।

राजा पृथुले दुष्ट प्रवृत्तिका मानिसहरुबाट विप्रहरुको क्षति हुनबाट रक्षा गरेकाले उनलाई क्षेत्रीय वीर पनि भन्न लागियो । उनी नीतिज्ञ र सज्जन पनि थिए । दुष्टहरुलाई उनी कालाग्नि जस्ता थिए भने सज्जनहरुले उनलाई देवान्स मान्दथे ।