मेरो खुशी : अंकलको उद्धार …

  •   
  •  

मलाई याद छ, समय मध्यान्न १२ बजे । विसं २०७२ बैशाख १२ गतेको दिन । हामी काठमाडौंको घट्टेकुलो स्थित डेरामा पल्टिरहेका थियौँ । एकाएक भूइँचालोको अनुभव भयो । बाहिरतिर निस्कियौँ । हाम्रो घर सुरक्षित थियो । तर छेउको घर गल्र्याम्म ढल्यो, त्यहाँ एक बृद्ध दम्पत्ति पुरिनुभएको देख्यौँ ।

हतार–हतार हामी त्यसतर्फ हानियौँ । मैले उहाँलाई अंकल भन्थेँ । पुरिएका ती अंकल–आण्टीलाई उद्धार गर्नु हाम्रो पहिलो कर्तव्य थियो । उहाँका छोराछोरी सबै विदेशमा थिए । दुईजना मात्र बस्ने त्यो भत्केको घरबाट हामीले उहाँहरुलाई जीवित उद्धार गर्न सफल भयौँ । हतारहतार हामीले उहाँहरूलाई वीर अस्पतालमा पु¥यायौँ । उपचार ग¥यौँ । उहाँहरु अहिलेसम्म कुशल नै हुनुहुन्छ । हामी अहिले पनि निरन्तर सम्पर्कमै छौँ, उहाँहरूसँग । लेखिदिनुहोला, मेरो सबैभन्दा खुसीको अविष्मरणीय क्षण त्यही हो । अर्थात् अंकल–आण्टीको उद्धार ।

उमेरले त्यो बेला नै ८६ नाघेका अंकल–आण्टीलाई मेरै नेतृत्वमा ह्वील–चियरमा बसाएर चौरमा लग्यौँ अनि गाडीमा राखेर वीर अस्पताल पु¥यायौँ । करिब सातादिनको उपचारपछि उहाँहरू पूर्णरूपमा स्वस्थ हुनुभयो । म उहाँलाई बुबा समान मान्छु, उहाँले पनि मलाई छोरा जत्तिकै स्नेह र सद्भाव राख्नुहुन्छ । अर्थात् म अहिलेसम्म पनि उहाँहरूको परिवारको सदस्य जस्तै भएको छु । उहाँ सधैँ मलाई समाजसेवी बन्ने आशीर्वाद दिइरहनुहुन्छ ।

हो, उहाँजस्तै धेरैको उद्धारमा म कम्तिमा तीन दिनजति दिनरात खटेको थिएँ । कसैलाई अस्पताल लैजाने, कसैलाई खुला चौरको टेण्टमा आश्रयको व्यवस्थापन गर्ने त कसैलाई त्रिपालभित्रै साँझ–बिहान खानाको व्यवस्थापनमा पनि खटिनुपर्ने । कति स्मरणीय दिन थिए, ती । मैले त्यसबेला पाएको सन्तुष्टिलाई शब्दमा व्यक्त गरिरहन सक्दिन । घाइतेहरूको उपचारसँगै हामीले त्यही दिन वीर अस्पतालमा पुगेर रक्तदान पनि गरेका थियौँ । किनकि हजारौँ नागरिक घाइते भएपछि अस्पतालहरूमा रगतको समेत चरम अभावको अवस्था आइसकेको थियो ।

उहाँहरूलाई उद्धार गरी आफन्तलाई जिम्मा लगाएपछि फेरि अन्य पीडितको उद्धारमा लाग्यौँ, वीर अस्पताल पुगेर रक्तदान ग¥यौँ । चौरहरूमा खानपिन सहितको टेण्ट स्थापना गरी करिब दश दिनभन्दा बढी हामी यो सामाजिक अभियानमा जुट्यौँ । पहिलो झड्का, फेरि अर्को झड्का अनि फेरि अर्को गरी दर्जनौँ पराकम्पहरू जाने क्रम करिब एक सातासम्मै चलिरहेको थियो, त्यो बेला ।

त्यसपछि हाम्रो अभियान भूकम्पमा भत्किएका शैक्षिक संरचनाहरूको पुनःनिर्माणतर्फ केन्द्रित भयो । त्यसबेला हामी एउटा गैरसरकारी संस्था उन्नति फाउण्डेशनलाई डो¥याइरहेका थियौँ । यही फाउण्डेशनमार्फत् हामीले सिन्धुली र काठमाडौंमा ४ वटा विद्यालय बनायौँ । भत्किएका विद्यालय भवनको पुनःनिर्माण मेरो अर्को खुसीको क्षण बन्यो ।

त्यसो त म किन हो किन सानैदेखि विद्यार्थी राजनीतिमा जोडिएको थिएँ । विद्यार्थी राजनीतिमा जोडिँदै गर्दा वि.सं. २०६२ साल हुनुपर्दछ । फागुन महिनाको १८ गते म शंकरदेव क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भएँं । म दाङबाट राजधानी आएको एउटा ठिटोलाई राजधानीको नाम चलेको शंकरदेव क्याम्पसमा हजारौँ विद्यार्थीमाझ घुलमिल गर्नु नै त्यति सहज थिएन । तर मेरो आत्मविश्वासले धेरै साथीहरूको नजिक हुनपुगेँ ।

नेपाल विद्यार्थी संघको राजनीतिसँग जोडिँदै गर्दा मैले त्यो निर्वाचनमा शंकरदेव क्याम्पसका निकै पपुलर मत ल्याएर स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भएको थिएँ । मलाई धेरै विद्यार्थीहरूले मत दिएर सबैभन्दा बढी मत दिएर विजयी बनाए । सायद नेपालको इतिहासमै सबैभन्दा बढी मत ल्याएर स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुने मै थिएँ ।

शंकरदेव क्याम्पस नजिकै चिया पसलमा थियौँ, निर्वाचनको नतिजा आउँदा । हातहातमा मोवाइल आइसकेकाले छोटो समयमै हामी क्यान्टिनमा भेला भएर खुसी आदानप्रदान गरेका थियौँ । राती दश बजेसम्म खुसी शेयर गर्ने काम भयो । त्यसपछि थप जिम्मेवारी महसुस भयो अनि हौस्यायो । मलाई यो मतले राजनीतिमा ठूलो प्रेरणा दिएको छ ।

त्यसपछि मलाई राजनीतिमै नसा जस्तै भयो । हो, हरेक खालका सामाजिक विकृति र विसंगति हटाउने भनेकै राजनीतिबाटै रहेछ । कर्मचारीतन्त्रलाई सही लाइनमा ल्याउने होस् वा अरू सबै राजनीतिबाटै हो । म अहिले पनि एउटा प्रमुख गन्तव्य राजनीति नै हो भन्नेमा विश्वस्त छु ।

हो, निराशा त मेरो डायरीमै छैन । आशा बोकेको यात्रामा जहिले पनि गन्तव्य नजिक भेटिन्छ भन्ने मलाई पूर्ण विश्वास छ । राजनीतिसँगै समाजसेवामा पनि मलाई धेरै नै रूचि भएको पनि स्मरण गराउन चाहन्छु । मिहिनेतमा सफलता जोडिएको हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास पनि छ । त्यसैले जुन बाटोमा हिंडे पनि इमानदारी र लगनशीलतालाई सँगसँगै लैजानसके अवश्य गन्तव्यमा पुगिन्छ । अर्थात्, लगनशीलता र मिहिनेत मेरो खुसी … ।

म जहिल्यै पनि खुसीकै अभियानमा दौड्दै आएको छु । फेरि पनि भन्न चाहन्छु, आफ्नो छेउको मान्छे खुसी भएको क्षण नै मेरो खुसीको क्षण छ । अर्थात् पाउनुमा भन्दा दिनुमा खुसी महसुस हुन्छ । खुसी अनुशासन हो, खुसी श्रम हो, लगनशीलता हो र आफ्नो कामप्रतिको निरन्तरता पनि मेरो खुसी हो ।

माथि उल्लिखित खुसीका क्षणहरू हुन्, तुलसीपुर उपमहानगरपालिका—१८ दुधरास निवासी हरिषचन्द्र भण्डारीका । वि.सं २०३९ साल माघ १३ गते बुबा गोविन्दप्रसाद भण्डारी र आमा इन्दिरा भण्डारीको कोखबाट जन्मेका भण्डारीका दुई छोरा र एक छोरी छन् । अध्ययनकै क्रममा हाल काठमाडौंलाई कर्मथलो बनाएका भण्डारीले प्राथमिक शिक्षा जनकल्याण मावि दुधरासबाट पूरा गरी प्रमाणपत्र तह महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट सकेर स्नातक र स्नातकोत्तर काठमाडौंको शंकरदेव क्याम्पसबाट पूरा गरेका छन् ।

विसं २०५८ सालमा शंकरदेव क्याप्पसको नेपाल विद्यार्थी संघ ईकाई समितिको सदस्यबाट राजनीतिलाई सक्रिय बनाउन थालेका भण्डारी सोही समितिको सहसचिव हुँदै विसं २०६० मा स्ववियु, सदस्यमा निर्वाचित भए । २०६२ सालमा शंकरदेव क्याम्पसकै स्वविय सचिवमा सबैभन्दा बढी मत ल्याएर स्ववियु सचिवमा निर्वाचित भए । विद्यार्थी राजनीतिकै क्रममा भण्डारी विसं २०६२÷२०६३ सालको जनआन्दोलनमा करिब ३५ दिनसम्म प्रहरी हिरासतमा समेत रहे । आन्दोलन सफल भएपछि उनी प्रहरी हिरासतबाट रिहा भएका थिए ।

त्यसपछि विसं २०६५ मा शंकरदेव क्याम्पसको नेविसंघको ईकाई सभापति, त्यसपछि लगातार विसं २०७२ सालसम्म सर्वसम्मत सभापति भए । त्यसपछि विसं २०७२ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्षमा दाङबाट प्रत्यासी, झिनो मतले पराजय भोग्नुप¥यो । त्यसपछि दशौं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बने, नेपाली कांग्रेस साविक बिजौरीबाट ।

तेह्रौँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भण्डारी हालसम्म पनि शंकरदेव क्याम्पसको एल्मुन्याइ एसोसिएशनको कार्यकारी सदस्य रहेका छन् । उन्नति फाउण्डेशन काठमाडौंको संस्थापक अध्यक्ष । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सो गैरसरकारी संस्थामार्फत् सिन्धुलीमा ४ वटा विद्यालयका भवनहरू समेत पुनःनिर्माण भइसकेका छन् ।

नेपाल रेडक्रस सोसाइटीमा आबद्ध युवा रेडक्रस सोसाइटीको कलेज स्तरीय शाखाको संस्थापक सदस्य रहेका भण्डारी हाल काठमाडौंमा एउटा शैक्षिक परामर्श केन्द्रमा शैक्षिक परामर्शदाताका रूपमा पनि क्रियाशील छन् ।

प्रस्तुती : खेमराज रिजाल