वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी टिकरीलाई

  •   
  •  

लक्ष्मण बस्नेत
दाङ,६ साउन । दाङ तुलसीपुर–८ को अश्वारामा संचालित वडा स्तरिय फुटबल प्रतियोगिता २०७८ को उपाधी टिकरी युथ क्लबले जितेको छ ।

अश्वारा युथ क्लव तुलसीपुर–८ को आयोजनामा माबी अश्वाराको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बिवाईसी युथ क्लब बुटुनियालाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै टिकरी युथ क्लबले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मान जनक हार ब्यहोरेको बिवाईसी उपबिजेतामा सिमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउँन बाध्य भयो । स्थानिय स्तरका दर्शकहरुको शानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सी न ४० का समीर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा देबराज बस्नेत, नवीन सेन ठकुरी र बिवेक खड्का रहेका थिए । साउन १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लबका अध्यक्ष प्रबिनसेन ठकुरी को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्य एव खेलप्रेमी युवा समाजसेवी किरणबहादुर शाह र नारायण भट्टराईको बिशिस्ट आतिथ्यमा भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताएका थिए । मानव स्वास्थ्यसंगै राष्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकिय सचिव धर्म ओली,समाजसेवी जुद्वबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस अबसरमा प्रतियोगिता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी न ११ का सन्दिप बिकलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको संचालन गंगाराम बस्नेतले गरेका थिए ।