सर्वोच्चद्वारा संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौं,२८ असार । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो ।
अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।
रिट निवेदकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परमादेश माग गरेका थिए । संवैधानिक इजलासलबाट प्रधानन्यायाधीश राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको सुनाएका थिए ।