महेश्वरप्रसाद पौडेल
आँखाबाट आँसु बग्दा छेक्ने को छ र ?
स्वास फेर्न गाह्रो हुँदा देख्ने को छ र ??
खशी खोज्दै नजिक आउने न हुन सबै,
दुःखमा साथ छोडौँ, भेट्ने को छ र ??
बलेको आगो ताप्ने हरकोही भेटिएलान् यहाँ,
अरुलाई बचाउन आगोमा टेक्ने को छ र ??
कसको चाह छैन र ? सुख, सयलको जिन्दगी,
भने सरी आफ्नो भाग्य लेख्ने को छ र ??
हार्ने पनि आफ्नै अनि जित्ने पनि आफै हो,
अर्काको शिरको भारी आफूमा थेग्ने को छ र ??
–महाराजगञ्ज, काठमाडौं