अलमलिएको राजनीति र बादल

विनोद पोख्रेल

२०७७ असार २४ गते

नेपालको राजनीति एकपल्ट फेरि अलि बढी अलमलमा छ तर घटनाक्रम जसरी अघि बढेको भन्ने चर्चा छ त्यसको आधारमा भन्ने हो भने फेरि यथास्थितिवादले नै जित्ने देखिएको छ । त्यो पनि अरु पहल अरुको भर र अरुकै निर्देशनमा । म न त यथास्थितिवादसँग सहमत हुन सक्छु न त अरुको प्रभावलाई उचित मान्न सक्छु । त्यसैले आफूले केही गर्न नसके पनि आफूलाई जति निरपेक्ष भने पनि देशले फेरि गति पाउन सक्दैन भन्ने चिन्ता लाग्छ ।

सत्तासिन पार्टी फुटोस्–जुटोस त्यो मेरो सरोकारको विषय होइन । व्यक्ति फेरिनुलााई मैले महत्व कहिल्यै दिइनँ । मैले सधौ यहाँ हुने गतिविधिको उचित र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेँ । यो अपेक्ष पूरा हुन सबैको जिम्मेवारीबोध, आपसी सद्भाव आदि आवश्यक हुन्छ भन्ने पनि लाग्छ । तर, जब यो प्रक्रिया असम्भव लाग्छ तब सोच, संगठन र नेतृत्वको विकल्प खोज्नु गरिने गतिविधिबाट पनि केही अपेक्षा गरेको हुन्छु । अहिलेको किचलोले कुनै नयाँ शक्ति वा क्षमतावान् व्यक्तिलाई अगाडि ल्याउँछ कि भन्ने झिनो आशा जाग्ने प्रयासमा थियो ।

नेताहरुका गतिविधि, उनीहरुले व्याख्या गरेको त्यो गतिविधिको उद्देश्य देख्दा यो नि कुनै रुपमा उनीहरुबीच केही लेनदेख अथवा केही शक्तिको बाँडफाँडमा सबै कुरा यथाावत नै रहन्छ भन्ने विश्वास बलियो हुँदै गएको छ । त्यो पनि आफ्नो क्षमता र आपसी समझदारीबाट हुन नसकेर विदेशी कूटनीतिज्ञहरुको प्रत्यक्ष प्रभाव केही नपच्ने वा नसुहाउने गतिविधिको भरमा हुने जस्तो देखिएको छ । योभन्दा अयोग्यताको प्रमाणपत्र अरु के हुनसक्छ ? म त अब बतिसम्म तिरीह सोचमा छु भने एकपलट नेपालको सम्पूर्ण राजीति पूर्णरुपले अराजक भयो भने मात्रै त्यो अराजक परिवेशलई सम्हालेर देशलाई नयाँ गति दिने कुनै शक्ति वा वयक्ति अगाडि आउँछ कि भन्ने सोचमा पुगेको छु ।

यो कुराभन्दा म वर्तमान सत्तासीन दलमा मात्रै सीमित छैन । मैले माथि भनेझैँ सम्पूर्ण राजनीतिसँग प्रसंग जोडेर भेनेको हुँ । यहाँ देशले गति पाओस् भन्ने सोच देखिदैन । एका कामहरुको मूल्यांकन गरेर राम्रोलाई स्वीकार गर्ने र नराम्रोलाई सुधार गर्ने प्रवृत्ति पनि देखिँदैन । तर्क वा कुतर्क गरेर आफूले श्रेय लिने । आफूले श्रेय लिन चाहेको वा पाएको जति सबै ठिक भनेर वकालत गर्ने प्रवत्तिले जिम्मेवारी पूरा गर्न सकिँदैन । एउटा अर्को पक्ष पनि छ । जसको प्रशंसा गर्न थाल्यो त्यसको देवत्वकरणसम्म गर्ने र जसको आलोचना गर्न थाल्यो त्यसको दानवीकरणसम्म गरिदिने चरित्रले आफूलाई न त सन्तुलित राख्न सक्छ न त भएका कामको उचित मूल्यांकन गरेर आवश्यक सुधार गर्नसक्छ ।

वीपी कोइरालाको भनाइृमा मानिस जन्मिँदा सम्पूर्ण गतिविधिहरु समाजमा आफ्नो पहिचान र स्थान बनाएर स्वतन्त्र अस्तित्व स्थापनाको प्रयासमै बित्ने गर्छ । शब्दहरु केही फेरिए होलान् । उनका आसय यही हो । यहाँ त स्वतन्त्र अस्तित्वको अपेक्षाभन्दा पनि शक्तिकेन्द्रमा आफू हुने र सुविधा जति आफूले प्रयोग गर्ने एउटा महत्वाकांक्षी शासकको चरित्र मात्रै देखिन ालेको छ । सत्तामा पुग्ने अपेक्षा राजनीतिक चरित्र भित्रिनै पर्छ होला तर सत्ता नै सधैँ मेरो नियन्त्रणमा हुनुपर्छ भन्ने सोचलाई नागरिक सोच भनौँ या प्रजातान्त्रिक सोच या जिम्मेवार सोच भनौँ ? यी मान्न सकिँदैन । तर नेपाली राजनीतिलाई जहिले पनि यिनै सोचको शिकार हुनुपरेको छ ।

त्यसका लागि सही गलत उपायहरु त्यस्तै सही गलत सहयोगहरु समेत लिन–दिने गरिन्छ । जसले गर्दा यहाँको राजनीति सधैँ अलमलमा, सधैँ किचलोमा अलिझउको हुन्छ । तर पनि राम्रो निकास पाउन सक्देन । यसपल्ट पनि रोग पनि वैद्य पनि सबै पुरानै छन् । त्यसकारण शैली र परिणाम पनि पुरानै हुने निश्चित छ । यो किचलोले देश र जनतालाई केही राम्रो प्रभाव पर्ने छैन ।

२०७६ असार २५ गते

आकास धेरै बादलले ढाकिएको छ तर घाम टक्क लागेको छ । सायद सूर्य उदाउने आकासको मागमा बादल छैन । यत्ति घाम पनि केही दिनपछि लागेको हो । कहिलेकाहीँ लागे पनि एकैछिन लाग्ने अनि बादलले जिन्े गरेको छ । आज पनि त्यस्तै हुन्छ होला । तर अहिले घाम छ । असारको महिना त्यसमा पनि विकासे धानको खेती र थोरै मात्रै खेती गर्ने चलन पनि र वाध्यता पनि भएको आजभोलि कतिले खेतमा रोपाईँ गरिसके । केही सक्ने अवस्थामा छन् । त्यसै कारण खेतीको यो रिकआवर हो ।

पानीको अति खाँचो हुनेबेला पनि हो । त्यसकारण पानी चाहिएको पनि हो । ठिकै गरेको छ । फेरि घरबाट प्रायः ननिस्कने हो भने घाम वा वर्षाले त्यति प्भाव पनि नपार्ने रहेछ । भित्र बस्नेलाई बाहिर वर्षा भए के घाम लाए के । काम गर्नेलाई यसले असर पार्ने हो । कसैलाई यही आवश्यक छ । कतिलाई यसले दिक्क बनाएको पनि होला । रातीसम्म परेको पानीका थोप्लाहरु झ्यालको सीसामा अझै छन् । नसुकेका कपडाहरु बाहिरै छन् । कपडा सुक्ने मौकासम्म दिए हुन्थ्यो भन्ने चर्चा हुन्छ हाम्रो घरमा पनि । नत्र नुहाएर फेर्ने कपडाको समेत समस्या पर्छ । हुन त यो समस्या सधैँ नुहाउनेहरुलाई हो तर यो समूह पनि त ठूलै छ ।

घामको पनि आवश्यकता छ । घाम चाहिने जति लाग्न नपाएर भनौँ वा पानी बढी भएर धेरै तरकारीका विरुवा मरे । मकै पनि उचित रुपमा बढ्न नसकेको जस्तो लाग्छ । तर रोपाइँको बेला वर्षा हुनैपर्ने पनि हो । मैले चाहेको वा अट्कलेको जसरी ठिक्क घाम न ठिक्क पानी कसरी हुन्छ र ? अरुले चाहेको जसतो पनि त हुनुप¥यो । जे होस् अहिलेको मौसमले रमाइलो बनाएको छ । म बसेको कोठामा झ्याल सीमाभित्रबाट घाम छिरेको छ । अब त कहिले टाठो र कहिले मधुरो हुन थालिसकेको छ । समयको यात्रा बादल भएको क्षेत्रमा पुगेको छ । प्रकृति गजबको छ । सूर्यलाई पनि मधुरो बनाइदिनसक्छ ।

प्रकृतिको शीक्तहरुको बारे सोच्दा पनि अचम्म लाग्छ । अहिले मेरो मनमा सूर्य शक्तिशाली कि बादल शक्तिशाली भन्ने प्रश्न छ । यो प्रशनले मनलाई केही सोच्न प्रेरित गर्छ । केहीबेर रमाइलो दिन्छ । म यसको निक्र्योल निकाल्ने पक्षमा पनि छैन । यस्ता प्रश्नहरु आइरहन्छन् । शक्ति सबैको स्वीकार्य छ । आवश्यकता सबैको उत्तिकै छ । प्रकृतिले सबै कुरामा अनुकूलता मिलाउन विभिन्न शक्तिको प्रयोग गर्नै पर्छ । यस्तोमा को कम वा को वेशी भनेर निर्णय गर्न सकिँदैन । बरु यो गुणको बारेमा र यसले प्रकति आफैमा अनि जीवन र जगतमा पर्ने प्रभावबारे धेरै मनोवाद गर्न सकिन्छ ।

यस्तो मनोवादले शिक्षा, अनुभूति र मनोरञ्जन दिनसक्छ । तर लिन सक्ने षमता हुनुपर्छ । यही एक पन्ना लेख्दै गर्दा अहिले बादल शक्तिशाली बनेको छ । सुरु गर्दा घाम न आउने स्थानमा बसेर लेख्न थालेको हुँ । अहिले कतै पनि घाम छैन । पानी पनि छैन । मन्द शीतल हावा छ । सायद मैले यो समयमा कल्पना गर्ने मैसमको रुप नै यही हो । मैले सोचेको कुरा पुगेको जस्तो लागेको छ । यो पनि कतिबेर हो थाहा छैन । प्रकृतिमा हुने परिवर्तनमध्ये सबैभन्दा चाँडो हुने यही परिवर्तन हो कि जसतो लाग्छ । गर्मी, वर्षा, जाडो जस्ता परिवर्तनलाई दिन वा महिनाहरु पर्खनु पर्छ ।

अन्य राम्रा नराम्रा परिवर्तनलाई पनि वर्षौँ लाग्नसक्छ । तर घाम, पानी र बादलहरुको खेल भने चाँडो–चाँडो हुने गर्छ, सायद । अरु कुराको बारेमा मेरो सोच अहिले नपुगेको पनि हो । न पु¥याएको पनि हुनसक्छ । पु¥याउन नसकेको पनि हुनसक्छ । यो घाम र बादल र छायाँका आकर्षण अलि बढी हुन्छ । मानिस जीवनलाार्य पनि यो परिवेशसँग तुलना गर्न सजिलो हुन्छ । घाम र बालले भरिएकै त हुन्छ जीवन तर असहमति के मात्र हो भने बादललाई दुखद पक्षको बिम्बको रुपमा प्रयोग गरिन्छ । बादल आफै पनि शक्तिशाली, सुखद र आवश्यक पक्ष हो ।