निर्माण व्यवसायी संघका महासविचद्धारा खाद्यान्न सहयोग

दाङ,१७ असार । नेपाल अपांंग सघ खगेन्द्र नवजीवन केन्द्र दाङद्वारा सञ्चालित अपांग पुर्नस्थापना गृहका लागि निर्माण ब्यवसायी सघ दाङका महासचिव शोकबहादुर रोका मगरले खाद्यान्न सहयोग गरेका छन् ।

छोराको भात खुवाई (पस्नी) को अवसर पारेर अपांग पुनःस्थापना गृहलाई खाध्यान्न सहयोग गरेका हुन । महासचिव रोकाले सघका सभापति शरद अधिकारी र कोषाध्यक्ष बसन्तराज भट्टलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । उनले पाँच बोरा चामल, दाल, तेललगायतका खाद्यान्न सहयोग गरेका थिए ।

खाद्यान्न सहयोग गर्ने रोकालाई नेपाल अपांग सघका सभापति शरद अधिकरीले धन्यवाद ज्ञापन गरेका थिए । उनले साथै आगामी दिनहरुमा पनि सहयोग तथा सल्लाह सुझावको आवश्यकता रहिरहने बताए । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सघका कर्मचारी बिक्रम तामाङले गरेका थिए ।