तुलसीपुर, १५ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित नवलपुर प्रिगाउ हुँदै मोतिपुर सडक खण्ड कालोपत्रे हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त अभियान अन्तर्गत प्राधिकरणमार्फत काम गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी दिएका छन ।
तयारी अन्तर्गत नवलपुर, प्रिगाउ र मोतिपुरका स्थानीयहरुको उपस्थितिमा नवलपुरमा भएको भेलाले उक्त सडकलाई १२ मिटरको अबधारणा अनुशार बिस्तार गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य सुबास डाँगीले जानकारी दिएका छन । वडा सदस्य डागीका अनुसार वडा समितिको निर्णय अनुशार प्राधिकरण अन्तर्गत करिब ४ सय मिटर उरहरी वडाको सिमानादेखि उरहरी स्कुल हुँदै दामोदर सडक सम्म र बाकी नवलपुर प्रिगाउ हुँदै मोतिपुर सडकमा गरि ३ किलोमीटर कालोपत्रे हुनेछ ।
स्थानीय समाजसेवी शिबचन्द्र गौतमको अध्यक्षता एबम तुलसीपुर ११ का वडा सदस्य सुबास डागीको प्रमुख आतिथ्यमा भएको भेलाले नेत्रमणी शर्मा अध्यक्ष रहेको उपभोक्ता तथा समन्वय समिति गठन गरेको छ । जसको सचिबमा बिक्रम शाह, कोषाध्यक्षमा बिष्णी चौधरी रहेका छन । समितिको सदस्यमा दल बहादुर वली, भारपोस्तक बिक, बुझौना चौधरी र जुद्ध बहादुर बस्नेत रहेका छन ।
भेलाले सडकमा पर्ने भौतिक संरचना हटाउन २०७८ असार मसान्त सम्मको समय सिमा तोक्ने निर्णय गरेको छ भने स्थानियहरुले पक्की नालाको समेत ब्यबस्थापन गर्नका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्नेमा जोड दिएका थिएका थिए । भेलाको सहजीकरण समाजसेवी खिम बहादुर वलीले गरेका थिए ।