लमही नगरका प्रमुख प्रशासकिय अधिकृतको तत्काल सरुवा गर्न माग

शिवराज खनाल
लमही,१५ फागुन । लमही नगरपालिकाका जनप्रतिनिधिहरुले लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको राजीनामा माग गर्दै कार्यालयको मुल गेटमा ताला लगाएका छन् ।

नगरपालिकाका प्रमुख कार्यकारी गेहेन्द्र बहादुर डाँगी को सरुवाको माग गर्दै जनप्रतिनिधिले एक घण्टा ताला लगाएर विरोध जनाएका हुन । समय सकिएरपछि आएको टेण्डर फर्मलाई दर्ता नगरेको झोंकमा प्रमुख प्रशासकिय अधिकृतले एक जना कर्मचारीको जागिर बरखास्तीसँगै २ जनालाई जवरजस्ती सरुवा गरेपछि लमही नगरपालिकामा विवाद हुदै आएको छ ।
कार्याकारीअधिकृतबाट बारम्वार गल्ती हुने भैरहने र उनको व्यवहार र कार्यशैली समेत ठिक नभएको भन्दै वडा अध्यक्षहरुले उनको सुरुवाको माग गर्दै कार्यालयको मुल गेटमा ताला लगाएको लमही नगरपालिका वडा नं ७ का वडाध्यक्ष मोहन गिरीले जानकारी दिएका छन ।

कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाँगीको २४ घण्टाभित्र नगरपालिका छोडेर नगए अझ सशक्त आन्दोलन चर्काईने उनीहरुले बताएका छन । नगरपालिका छोड्नको लागि हामीले २४ घण्टा समय दिएका छौँ, फेरीपनि मेयरसापले कार्यकारीलाई काखी च्यापेर राखे आन्दोलन चर्किन्छ वडाध्यक्ष चौधरीले भने९गाउँगाउँबाट गाडीका गाडी मान्छे ल्याएर विरोध गर्ने समेत बताए ।

कर्मचारीहरुपनि जनप्रतिनिधिसँगै कार्यालय छोडी मुल गेटमा पुगेर विरोध जनाएका थिए ।

यता लमही नगरपालिकाको कर्मचारी बिवादको छानबिनका लागी संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको टोली शुक्रबार लमही आउन थालेको बताएका छन । मन्त्रालयका उपसचिव भोजराज घिमिरेसहित ३ जनाको छानबिन समितिको टोली शुक्रबार लमही आइपुग्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताएका छन । उक्त टोलीले छानविन गरेपछि दोषीको पहिचान हुने समेत बताए ।