शिव राज खनाल
दाङ,११ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दै नेतृत्व कसकोे काँधमा जाला भन्ने चर्चा हुनु स्वभाविक कुरा हो । केन्द्र नेतृत्वको चर्चासँगै दाङ काँग्रेसको नेतृत्व कसले आफ्नो पोल्टामा पार्न सक्ने हो भन्ने चर्चा हुनु अस्वभाविक छैन् ।
सक्रिय सदस्यता वितरण गरिरहेका बेला काँग्रेस दाङको नेतृत्वमा स्वभाविक रुपमा वर्तमान कार्यबहाक सभापति को दाबी रहन्छ नै । उनीसँगै सभापतिको आकांक्षीमा जुझारु लोकप्रिय नेताको छवि बनाएका नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेतले आफू दाङ काङ्ग्रेस को नेतृत्व लिन तयार रहेको बताएका छन ।
‘काँग्रेस दाङको नेतृत्व हाक्न तयार छु मेरो उम्मेदवारी अनौठो मान्नु पर्दैन् । कांग्रेसलाई सशक्त रु्रपमा अगि बढाउदै जिल्लामा काङ्ग्रेसलाई बलियो बनाउदै कसरी अगाडि बढन सकिन्छ त्यो मलाइ राम्रोसंग थाहा छ’–बस्नेतले भने ।
काँग्रेसको विरासत धान्नमा लामो समय अघिल्लो पुस्ताले योगदान दिएको र दोस्रो पुस्तामा फरक छवि बनाएका जानकी लाल बस्नेतले आफ्नो काँधमा नेतृत्व ल्याउने ईच्छा देखाउनु आर्चय मान्नु पर्दैन् ।
पुराना काँग्रेसी कार्यकर्ताका अनुसार अनुशासनहिन काँग्रेस र संगठनमा ध्वस्त पार्टीलाई पूर्नजीवन दिनसक्ने बस्नेत एकमात्र बिकल्प हुन् । उमेरले ५५ नाघेपनि बस्नेत संग पार्टी र संगठनप्रति दृढ संकल्प छ ।”
बस्नेत २०४८ सालमा नेबि संघ जिल्ला तहको सफल नेतृत्व गरिसकेका ब्यक्ति हुन ।