दाङ,१४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा संचालित सामाजिक सेवा इकाइले बुधवार चौमासीक समीक्षा गरेको छ । । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाश देवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थीक सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा संचालीत सामाजिक सेवा इकाइले चौमासीक रुपमा गरेको प्रगतीका वारेमा जानकारी गराएका थिए ।
प्रतीवेदन अनुसार साउनदेखि मागसम्म अन्तरगं सेवा अन्तरगत २ हजार २ सय १० जना, बहिरंग अन्तरगत ४० हजार २ सय ७३ जना तथा इमरजेन्सी अन्तरगत ५ हजार ९१ जनाले उपचार सेवा लिएको जानकारी दिएका छन । यसैगरि सुरक्षीत आमा सुरक्षा कार्यक्रम अन्तरगत ६ सय ७६ जनाले सेवा लिएका छन । त्यस्तै ६ सय ९५ जनाले ठुलो अप्रेसन सेवा र ५ सय ५३ जनाले सानो अप्रेसन सेवा प्रतीष्ठानवाट वितेको चारमहीनामा लिएको पनी कायम मुकायम रजिष्टार देवले जानकारी दिए ।
त्यसैगरि वितेको चार महिनामा ११ हजार २ सय ३४ जनाले एक्सरे सेवा ४ हजार ७ सय ७० जनाले युएसजी ७ सय ४६ जनाले इसीजी, ओसीएमसी अन्तरगत २ सय ४६ जना, एआरटी १ हजार २ सय ९८ जना, डटस सेवा ९३ जना, डाइलासीस सेवा ७ सय ७० जना, सिकलसेल एनिमिया ६४ जना र पोष्ट मोर्टम १ सय दुई जनाको गरिएको प्रतिष्ठानले जनाएको छ ।
राप्तीस्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सामाजिक सेवा इकाइवाट लक्षित समुह अन्तरगत गरिव २ सय ४३ , असहाय १८, अपौग ३०, महीला स्वास्थ्य सेवा ३२ ,थुनुवा १४ गरि ३ सय ३७ जनाले उपचार सेवा लिएका छन । २ सय ६८ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन । प्रतिष्ठानले विभिन्न किसिका अप्रेसन सेवा दिइरहेको छ ।
समिक्षा बैठकमा डा ईश्वरी भुषालले प्रतिष्ठानमा भएका श्रोत साधानलाई प्रयोग गरेर आफनो ज्ञान र क्षमताले भ्याएसम्म कोही पनि रेफर हुन नदिनको लागि प्रयासरत रहेको बताएका थिए ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मातहातमा संचालनमा रहको फार्मेसीका प्रमुख विजय रेग्मीले बिरामीहरुको सुविधाको लागि २० प्रतिशत मात्रै मार्जिन राखेर औषधी बिक्रि गर्ने गरेको जानकारी गराएका थिए । प्रतिषठानकै बिशेषज्ञ डाक्टरहरुको सल्लाह अनुसार गुणस्तरीय कम्पनिको औषधी माग गर्ने गरेको समेत बताए । प्रतिष्ठानमा संचालनमा ओसीएमसिकी नर्स हिमा घर्तिले हिंसा पीडित महिलाहरुले प्रतिष्ठानमा सेवा पाईरहेको वताईन् । प्रतिष्ठानले आयोजना गरेको समिक्षा बैठकमा सहभागि डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुले आ–आफनो फाटको प्रगति विवरणको वारेमा जानकारी गराएका थिए। त्यस अवसरमा पत्रकार महासंघका जिल्ला अधयक्ष सविन प्रियासन लगाएतले आफनो विचार राखेका थिए ।