टिम प्रदेश च्याम्पियन हुँदा …

  •   
  •  

तेक्वान्दो खेल जिल्लामा भित्रिएको डेढ दशक बढी भए पनि व्यावसायिक रुपमा सुरु भएको आधा दशक भएको छैन । २०७१÷०७२ सालमा किक बक्सिङ खेलाडी प्रेम बुढाले दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघ दर्ता गरेपछि यो खेल पनि विस्तारै व्यावसायिक रुपमा अघि बढ्न थालेको हो ।

खेलाडीहरु संगठित भएसँगै आइटिएफ तेक्वान्दोका प्रतियोगिता हुन थालेपछि दाङ आइटिएफ तेक्वान्दो खेलमा अघि बढ्न थालेको हो । जिल्लामा व्यावसायिक रुपमा अघि बढ्न थालेको तेक्वान्दो खेलले प्रदेशमा समेत प्रभाव बढाउँदै गएको छ । त्यसको उदाहरण हो, भर्खरै नवलपरासीको बर्दाघाटमा सम्पन्न भएको प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा दाङको टिम च्याम्पियन हुनु ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाका एक सय २० खेलाडीहरुको सहभागिता रहेको थियो । २० केजीदेखि ५६ केजी तौल समूहमा भएको प्रतियोगितामा ५ स्वर्णसहित दाङको टिमले प्रदेशका अन्य १० वटा जिल्लाका टिमलाई हराउँदै च्याम्पियन बनेको थियो । आपूmले कोच गरेको टिमले प्रदेश स्तरीय प्रतियोगितामा च्याम्पियन बन्दाको त्यो क्षण आफ्नो खेल जीवनको सबैभन्दा खुशीको क्षण भएको बताउँछन् दाङ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष समेत रहेका भीमबहादुर थापा । गत बैशाख महिनामा भएको मुख्यमन्त्री कप रनिङ सिल्ड प्रतियोगितामा पनि दाङ चार स्वर्ण सहित च्याम्पियन बनेको थियो । अन्य धेरै प्रतियोगिताहरु समेत जित्दै आएको टिम हो ।

खेलकुद भन्ने वित्तिकै आम मानिसको नजरमा आउटडोर खेलहरु फुटबल, क्रिकेट, भलिबललगायतका खेलहरु जिव्रोमा आउँछन् । तर झट्ट इन्डोर खेलहरु आउँदैनन् । अझै मानिसको मन मस्तिष्कमा बस्न समेत सकेका छैनन् । त्यही इनडोर खेल मध्यको एउटा खेल हो आइटिएफ तेक्वान्दो । करिब २५ वर्ष पहिले नेपालमा भित्रिएको आइटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि हरेक नागरिकका लागि आवश्यक छ । त्यही आवश्यकतालाई बोध गर्दै आजभन्दा करिब १२–१३ वर्ष पहिले मैले पनि तेक्वान्दो खेल्न सुरु गरँे । त्यो बेला उनका लागि तेक्वान्दो खेल खेल भन्दा पनि आत्मसुरक्षाका लागि खेल्न सुरु गरेका थिए । तेक्वान्दो सिक्दा शरीर बलियो हुने र लड्दा कसैसँग पिटाई नखाइने उनको बुझाई थियो ।

तर खेल सिक्दै गर्दा उनको बुझाई परिवर्तन भयो । तेक्वान्दो लड्न र ज्यान बचाउनका लागि मात्र आवश्यक होइन स्वास्थ्य र आत्मरक्षाका लागि हरेक नागरिकलाई आवश्यक छ भन्ने बुझँे । ‘म सुरुमा गेम खेलूँला भनेर लागेको होइन, बलियो भइन्छ, कसैले पिट्न सक्दैनन् भनेर खेल्न सुरु गरेको थिएँ’–उनले भने–‘तर अहिले परिस्थिति बदलिएको छ ।’ तेक्वान्दो ज्यान बनाउनका लागि मात्र होइन, आत्म सुरक्षाका लागि पनि आवश्यक देखिएको छ । तेक्वान्दो खेलमा आएको त्यो परिवर्तन पनि आफ्नो जीवनको अर्काे खुशीको क्षण भएको उनी बताउँछन् । तेक्वान्दो लड्न र भिड्नका लागि मात्र होइन हरेक नागरिकको आत्म सुरक्षाका लागि आवश्यक छ । त्यसमा पनि महिलाहरुका लागि अत्यन्त आवश्यक रहेको उनी बताउँछन् । महिलाहरुलाई हुने हरेक हिंसाबाट बच्नका लागि प्रत्येक घरपरिवारले आफ्ना छोरीहरुलाई तेक्वान्दो सिकाउन आवश्यक रहेको अध्यक्ष थापाको सुझाव छ ।

थापाको अर्काे खुशीका क्षण भर्खरै फागुनको १० र ११ गते काभ्रेको बनेपामा भएको ११औँ राष्ट्रिय जुनियर प्रतियोगितामा दाङ खेलाडी आयुष्मा गिरी प्रथम बन्दाको क्षण । सात वर्षीया खेलाडी गिरीले राष्ट्रिय प्रतियोगितामा दाङका लागि स्वर्ण जित्दाको त्यो क्षण आफ्नाका लागि साच्चै खेल जीवनको खुशीको क्षण भएको थापाले बताए ।

स्कूल पढ्दै गर्दा तेक्वान्दो खेल्न सुरु गरेका थापाको अर्काे खुशीको क्षण हो रेफ्री बन्दाको क्षण । स्कूल पढ्दा तेक्वान्दोसँगै फुटबल र क्रिकेट खेल्ने गरे पनि अन्ततः उनलाई आइटिएफले नै तान्यो । उनी अहिले तेक्वान्दो खेलाडी मात्र नभएर तेक्वान्दोका प्रशिक्षकसँगै रेफ्री समेत बनेका हुन् । थापाले त्यो अवसर २०७१ सालमा काठमाडौंमा प्राप्त गरेका थिए । खेलाडीबाट प्रशिक्षक हुँदै रेफ्री बन्दाको त्यो क्षण पनि आफ्नो जीवनको एउटा महत्वपूर्ण खुशीको क्षण भएको थापा बताउँछन् ।

जिल्लामा आइटिएफ तेक्वान्दोको खेलको विकासमा सक्रिय थापा आइटिएफ तेक्वान्दो संघको जिल्ला उपाध्यक्ष हुँदै भर्खर सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष समेत बनेका छन् । आइटिएफ तेक्वान्दो खेलमा एक दशक बिताएका थापा आइटिएफ तेक्वान्दो खेलाडीहरुको संस्थाको नेतृत्वमा पुग्दाको क्षणलाई पनि आफ्नो जीवनको खुशीको क्षण सम्झन्छन् । ‘तेक्वान्दो खेलमा लागे पनि मलाई यसको नेतृत्व गरुँलाझैँ लागेको थिएन’–उनले भने–‘तर म टाढा हुन खोजे पनि खेलले मलाई टाढा हुनै दिएन र नेतृत्वमै पु¥यायो ।’ अहिले आइटिएफको नेतृत्व गरिरहेको छु, यो मेरो जीवनको ठूलो खुशीको क्षण हो’–उनी भन्छन् । उनले दाङमा आइटिएफ तेक्वान्दो खेलको विकाससँगै आपूmलाई यहाँसम्म ल्याउनमा आइटिएफ संघको निवर्तमान अध्यक्ष प्रेम बुढालगायतको टिमसँगै नेपाल आर्मीको विभागीय टिमका खेलाडी लीलाधर बस्नेतलाई सम्झन्छन् ।

त्यस्तै थापाको अर्काे जीवनको खुशी क्षण हो, छोरी कृष्टिनाको जन्म । २०६९ साल बैशाखमा रोल्पाको खुङ्ग्री निवासी सुहाना शाहसँग वैवाहिक जीवनमा थापा बाँधिएका थिए । वैवाहिक जीवनमा बाँधिएको दुई वर्षपछि मायाको पहिलो चिनोका रुपमा छोरी कृष्टिनालाई पाउँदाको क्षणलाई उनले आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण सम्झन्छन् । ‘साच्चै जीवनको सबैभन्दा खुशीको क्षणको कुरा गर्नुहुन्छ भने मेरो जीवनको त्यो क्षण भनेको मेरी छोरी कृष्टिनाको जन्मको दिन हो’–उनले भने–‘म छोरी कृष्टिना जन्मेको दिन २०७१ चैत्र ५ गतेलाई कहिल्यै भुल्न सक्दैन ।’

थापा २०४६ साल भदौको २८ गते घोराही उपमहानगरपालिका वडा नं. ९ मछाईमा (साविकको ढिकपुर गाविस) बुबा नारायण थापा र आमा दुर्गादेवी थापाको जेठो सन्तानका रुपमा जन्मिएका थिए । थापाका एक भाई र एक बहिनी छन् । घोराही उपमहानगरपालिका वडा नं. ४ को पालुथान प्राथमिक विद्यालयबाट औपचारिक रुपमा अध्ययन सुरु गरेका थापाले घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको रात्री माध्यमिक विद्यालय रझेनाबाट २०६२ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट बिबिएससम्मको अध्ययन पूरा गरेका छन् । थापा दाङ आइटिएफ तेक्वान्दो संघका अध्यक्ष, भरतपुर आइटिएफ डोजाङको अध्यक्ष भएर आइटिएफ खेलको विकासमा सक्रिय भएर लागेका छन् ।
प्रस्तुतीः लिलाधर वली