शान्त मन, आनन्दमय जीवनका लागि : राजयोग मेडिटेशन

ब्रह्माकुमार माधव तिमिल्सेना

कसैले सोध्यो ‘जीवन के हो ? ‘जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ ।’

श्रीमद्भगवत गीतामा लेखिएको छ –जसले शुद्ध वुद्धिले धैर्यता लिदै मनलाई आफ्नो अधीनमा राखेर इन्द्रीयजन्य विषय त्याग, राग, द्धेषदेखि मुक्त अवस्थामा रही एकान्त स्थानमा वस्न सक्छ । जो अल्पहारी छ, वाणी र मनलाई नियन्त्रण गर्दछ, सदैव समाधीमा स्थित, विरक्त अवस्था, मिथ्या शक्ति, अहंकार, गर्व, काम क्रोध वा भौतिक चिजहरुको सँग्रह गर्ने संस्कारबाट मुक्त छ, जो सदैव शान्त रहन्छ, उसले नै आत्मा साक्षात्कार पाएको हुन्छ । जीवन एक बहुमूल्य यात्रा हो ।

यात्राको मार्ग सुरक्षित ढंगले प्रयोग गर्नाले यात्रा सहज र आनन्दायी हुन्छ । बाह्य जगतको यात्रा जस्तै अन्तर्जगतको यात्रामा पनि केही सिद्धान्त लागू हुन्छ, । जहाँ स्थिरता हुन्छ, त्यहाँ सुरक्षा हुन्छ । त्यसैले सरल सुरक्षित जीवनका लागि समेत आन्तरिक सन्तुलनको आवश्यक हुन्छ । सवारी नियमको पालनाले दुर्घटना नभएजस्तै आद्यात्मिक ट्राफिक कन्ट्रोलको महत्व हुन्छ । जीवन असंख्य अनुभवहरुको सँगालो हो । परोक्ष अपरोक्ष धेरै कुराको प्रभाव मन मस्तिष्कमा परिरहेको हुन्छ ।

खप्तड बाबाको विचार विज्ञानमा लेख्नुहुन्छ ‘तिम्रा आन्तरिक रुप तिम्रा आफ्नै विचार नै हुन र बाहिरी रुप उनैका प्रतिविम्व हुन ।’ फूलको मूल्य वासनाले, प्रकृतिको मूल्य सुन्दरताले प्रतिविम्वित गर्न सक्षम भएझै मानव जीवनको महत्वपनि व्यक्ति स्वयंले अङ्गीकार गरेको मूल्य र मान्यताको आधारमा निर्धारण हुने गर्दछ । यो विश्वव्यापी सत्य नियम हो । प्राणविना मनुस्यको अस्तित्व नै समाप्त हुन्छ भने मूल्यविना आदर्श जीवनको कुनै अर्थ रहदैन । सर्वमान्य, सर्वसुलभ र शाश्वत नियम विनाको जीवन त केवल लगाम नभएको घोडा सवार जस्तो हो जतिखेर पनि दुर्घटना हुनसक्दछ ।

व्यवहारको उद्गमस्थल व्यक्तिको मनमा उव्जने विचारहरु नै भएकोले वीजलाई उचित भूमिमा छर्न नसक्दा उत्पादित वस्तुमा सम्पूर्णरुपले नराम्रो असर पर्न सक्छ । जस्तो वीज त्यस्तै बृक्ष अनि जस्तै फल÷फूल यो प्रकृयागत विषयमा सम्पूर्ण जिम्मेवारी वीज हो । मनरुपी वगैचा सुन्दर वनिरहोस् भन्नका लागि व्यर्थ विचाररुपी झारलाई उखाल्ने संस्कार वसालौं । उन्नति मार्गको मूलमन्त्र शुभ संकल्प हो । संकल्पबाट नै यस जगतको उत्पति र स्थिति छ । यो जगत संकल्पमय छ ।

जीवनमा जतिपनि सुख र दुःख छन् ति हाम्रै संकल्पका फल हुन् । ‘न तीर्थानि न दानानि न व्रतानि न चाश्रम । दुष्टाशयो दुष्दरति प्रनष्टो व्याधि तो यथा ।। अर्थात नराम्रो इच्छा र नराम्रो विचार गर्नेलाई तीर्थयात्रा, दान, व्रत जप सन्यासले वचाउन सक्दैन । श्रवणले मन सुध्रिन्छ र मननबाट वाणी सुध्रिन्छ तथा नित्य ध्यानासनबाट कर्म सुध्रिन्छ, तव मानिसको उन्नति हुन्छ । यो सव कार्य हृदयको शुभेच्छा र सुविचार तथा असल चालचलन र असल सँगतिबाट सम्पादित हुन्छ । जहाँ मनको शुद्ध भावना त्यहाँ सुख रहन्छ । मानसिक शान्तिको नाम नै सुख हो ।

विचारमय जीवन नै आदर्शरुप पवित्र जीवन हो । व्यक्तिको संकल्पमा आत्मशक्ति ओतप्रोत भरिएको छ । हामी महान वन्ने कारण हाम्रो आत्मामा विद्यमान छ वाहिर कहीं खोज्नु आवश्यक छैन । कमी वा अभावको भावनाले मानिसमा सच्चा सुख कदापी प्राप्त हुदैन । तृष्णाले मानिसलाई शान्ति हुन दिदैन । माहात्मा बुद्ध भन्नु हुन्छ –‘नकारात्मक मनले कहिल्यैपनि सुखमय जीवन प्रदान गर्न सक्दैन ।’ हाम्रो सच्चा जीवन आन्तरिक हो ।

त्यसैले सच्चा परिवर्तन वाह्य स्थितिमा होइन आन्तरिक स्थितिमा गर्नुछ । जीवन वल, सुख, शान्ति, शक्ति एवं आनन्द भित्रबाट नै प्राप्त हुन्छ । जो भित्र छ त्यो समय पाएर वाहिर आउँछ । जो मनमा हुन्छ त्यो वाणीबाट प्रकट हुन्छ । जुन मानिस या जुन वस्तुको प्रभाव मधुर छ, महत्व छ, सुन्दर छ, हितकर छ त्यसैले नित्य वारम्वार चिन्तन गर्नुपर्छ । याद राखौ जे गर्नु छ त्यसका लागि केही समय र प्रयत्नको आवश्यकता छ । जीवन उत्तम वनाउनु छ भने मनलाई सद्विचारमा लगाउने प्रयत्न गरौ, यसबाट हाम्रो जीवन शोक, मोह, चिन्ता आदिबाट छुटेर आनन्दमय वन्नेछ ।

वास्तवमा शान्ति र अशान्ति मानव भनेको आन्तरिक मनस्थिति हो । मनले दृढतापूर्वक कुनै संकल्प गर्दछ— मैले यस्तै अनुभव गर्नु पर्दछ, तब त्यस्तै परिणाम हासिल हुन सक्दछ । तर संकल्प भने दृढ, अडिग र एकाग्रचित्त हुनु पर्दछ । कुनै पनि प्रकारको बाÞह्य चुनौति, समस्या र विपरीत परिस्थितिबाट विचलित हुनु हुँदैन । बाह्य चुनौति जतिसुकै भयड्ढर र उपद्रव मच्चाउने खालका किन नहुन मनको स्थिरता, धैर्यता र निर्भीकतामा रत्तिभर पनि प्रभाव नपरोस् । मन आफ्नो निर्धारित लक्ष्यमा दृढताका साथ एकचित्त रहन सकोस् ।

यस्तो मनको अडोल स्थितिका अगाडि परिस्थिति, समस्या, घटना र व्यक्तिहरू सबै नतमस्तक हुन्छन्। अर्थात् स्वस्थिति सबै प्रकारका परिस्थितिमाथि विजयी हुन सक्दछ । मनभित्रको अथाह सम्भाव्य ऊर्जा जब सकृय हुन्छ त्यस अवस्थामा व्यक्ति सबै प्रकारका अड्चन, बाधा र व्यवधानलाई सहजै पार गर्न सक्दछ । मानव मनमा असीमित सम्भावनाहरू रहेका हुन्छन् जो अति नै मनन योग्य छन् । संसारमा जे जति पनि नयाँ खोज आविष्कार भएका छन् यी सबै मानव मनका नै अभिव्यक्ति हुन् । कुरा शान्तमय मनको हो ।वर्तमान युगमा सबैभन्दा महंगो मानव मनको शान्ति भएको छ । सुख–सुविधाका प्रचुर साधनहरू छन्, पद, प्रतिष्ठा, मान–शान, शिक्षा र बौद्धिक स्तर अति उच्च हुँदा–हुँदै पनि मनमा शान्ति छैन । मन अमनचयनको अनुभव गरिरहेको छैन ।

आध्यात्मिक विज्ञानले मानिसको चेतन, अर्धचेतन र अचेतन मनलाई सही अर्थमा जानी बुझी तिनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक सूत्रहरू वा मार्ग निर्देशन प्रदान गर्दछ । वास्तवमा मनको खुसी, मनको प्रशन्नता र मनको सन्तुष्टि बाह्य वस्तु, वैभव र व्यक्तिभन्दा पनि सत्य ज्ञान, आत्मिक चिन्तन, मनको शुद्धि आफ्नो अनादि अस्तित्व तथा स्वधर्म र शाश्वत मूल्यहरूको बोध एवं उपलब्धीमा दिगो रहन्छ । साथ–साथै सबै आध्यात्मिक उच्च मूल्य, गुण र शक्तिको परम स्रोत परमात्म शक्तिसँगको निकटतम सम्बन्ध, सान्निध्य र याद गर्ने विधि विधानको निरन्तर अभ्यासबाट नै मनमा अथाह शान्ति सन्तुष्टि र तृप्तिको प्राप्ति हुने गर्दछ ।

ईश्वरसँगको आत्मिक सम्बन्धमा नै मानव आत्मालाई सही सुख अर्थात् अतीन्द्रिय सुख प्राप्त हुन्छ । अन्ततः मन आध्यात्मिक चेतनाले आलोकित मन बन्न पुग्दछ । भौतिक उन्नतिको दौडका साथै अग्रगति लिने क्रममा मानिसको मन भौतिक साधन र सामग्रीको प्रचुरता र जोड जोखनको व्यवस्थापनमा नै बढी केन्द्रित हुन पुग्यो । सर–साधन र वस्तु–वैभवको उपलब्धिको पछिल्तिर मानिसको आसय यही थियो—यावत भौतिक आवश्यकताको परिपूर्ति गर्न सकेमा मात्र मानव जीवन सुखमय र आनन्दमय हुनेछ । तर परिणाम भने सोचेजस्तो वा अपेक्षा गरेजस्तो हुन सकेन । मानवको जीवनबाट चिन्ता, भय, शोक, अशान्ति, अनेक प्रकारका अन्तर पीडा समाप्त हुन सकेनन् ।

योग संस्कृत शव्द ‘युज’ धातुबाट शुरु भएको मानिन्छ जसको अर्थ योगफल, जोड तथा नियमन हुन्छ । ध्यानलाई अंग्रेजीमा ःभमष्तबतष्यल भनिन्छ जुन ल्याटिन भाषाको ःभमष्तबतष्य (मेडिटियो) बाट उत्पति भएको हो, जसको अर्थ त्य तजष्लप, अयलतझउबितभ, मभखष्कभ अर्थात सोच्नु, चिन्तन गर्नु वा विचार गर्नु हुन्छ । गीतामा योगः कर्मसु कौशलम् अर्थात कर्ममा कुशलता नै योग हो भनी अथ्र्याइएको छ । क्ष्त ष्क अबििभम च्बव थयनब ःभमष्तबतष्यल द्यभअबगकभ क्ष्त भलबदभिक ब एभचकयल तय दभअयmभ तजभ ःबकतभच या तजभ क्भाि ध्जष्अज ष्क प्ष्लन इा थ्यनबक, राजयोग ध्यान योगहरुको राजा मानिन्छ किनकि यसले व्यक्ति स्वयंलाई आफैमाथि शासन गर्न सक्षम वनाउँछ ।

ईश्वरीय ज्ञानको चिन्तन मनन नै योग हो । योग भनेको मानसिक र शारीरिक रूपमा हामीलाई सधैं, स्वस्थ बनाई राख्ने एउटा साधना हो । वास्तवमा योग भनेको एउटा वशीकरण मन्त्र हो । आज प्रायः मानिसमा विवेक छ तर सद्विवेक छैन । ज्ञान छ तर सद्ज्ञान छैन । विद्या छ तर सद्विद्या छैन । त्यसैले पनि आजको यस आधुनिक युगमा राजयोग सिक्नु नितान्त आवश्यक महसुस गरिएको छ । राजयोग भनेको मनमा छरिएर रहेका शक्तिलाई केन्द्रित गर्ने एउटा साधना हो । अन्तर्निहित शक्तिहरुको जागृतीले जीवनमा खुशीको मात्रा बढ्न जान्छ र मानसिक स्वास्थ्य एवम् शारीरिक स्वास्थ्यमा पनि लाभ मिल्दछ ।

वास्तवमा राजयोग साधनाले मानव जीवनमा अन्तर्नीहित, शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाका बीच सामञ्जस्य कायम गर्दछ । जब मानिस यी तीनै शक्तिहरूबीच पूर्ण समरसता कायम गर्न सफल हुन्छ, त्यस अवस्थामा उसको व्यक्तित्व, मूल्य, गुण र शक्तिको ज्वलन्त उदाहरण बन्दछ । व्यक्ति जस्तोसुकै समस्या, परिस्थिति र चुनौतीहरूलाई सहजरूपमा ग्रहण गर्ने र त्यसको नकारात्मक प्रभावबाट स्वयंलाई अप्रभावित राख्ने हैसियत राख्दछ ।

यी तीनै शक्तिलाई स्व–कल्याण तथा सर्व कल्याणका लागि सदुपयोग गर्न र फलदायी परिणाम हासिल गर्न आध्यात्मिक ऊर्जाको मूल श्रोत परमात्मासँग व्यक्तिको मन र बुद्धिको सूक्ष्म सम्बन्ध हुनै पर्दछ । प्रत्येक अभ्यासीले आफ्नो सूक्ष्म चेतना आत्मिक स्वरूपको स्थितिको चिन्तन गर्नुपर्दछ कि म एक अभौतिक प्रकाशको पुञ्ज अजर, अमर आत्मा हुँ । त्यसैगरी संसारका सम्पूर्ण नर–नारी अन्ततः आत्मा ज्योति नै हुन् । अर्को पक्ष, हामी सबै आत्माहरूमा परमआत्मा जो परम प्रकाशमय तथा सधैंका लागि आध्यात्मिक र वैश्विक मूल्यको अखण्ड श्रोत हुनुहुन्छ वहाँको ज्ञान पनि हुनुपर्दछ । साथै मानिस यस कुरामा पनि स्पष्ट हुनु पर्दछ कि अरू सबै सांसारिक नाता सम्बन्ध अल्पकालीन र नाशवान् हुन् । केवल परमसत्तासँगको सम्बन्धमात्र सदाकालीन र अविनाशी छ । यस चेतनाका आधारमा प्यारविभोर र भावविभोर भएर परमसत्ताको याद गर्नु तथा वहाँसँग सर्व सम्बन्धको र सर्व शक्तिको प्राप्तिको अनुभव गर्नु नै राजयोग अभ्यास हो ।

ज्बधबचम ग्लष्खभचकष्तथ का वैज्ञानिकक्ष्खिभच ज्ब्शबचम ले २०११ मा गरिएको एउटा अनुसन्धान प्रयोगमा ८ हप्ताको नियमित मेडिटेशनको अभ्यासबाट द्यचबष्ल को न्ययम एबचत बढेको पाईयो । भारतका पूर्व राष्ट्रपति एवं वैज्ञानिक डा.ए.पि.जे.अव्दुल कलाम र एशियाका ख्यातीप्राप्त ऋबचमष्ययिनष्कत डा. सतिश गुप्ता तथा टिमको संयुक्त प्रयासबाट सन २०११ मा ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आवुस्थित न्यिदब िज्यकउष्तब ि७ च्भकभबचअज ऋभलतभचमाऋब्म्( ऋयचयलबचथ ब्चतभचथ म्ष्कभबकभक एचभखभलतष्यलको शुरुवात गरियो । त्जचभभ म्ष्mभलकष्यलब िब्उउचयबअज ायच ज्भबतिजअबचभ अर्थात च्बव थयनब ःभमष्तबतष्यल ीषभ कतथभि, एचयउभच म्ष्भत ७ भ्हभचअष्कभ का माध्यामबाट ज्भबचत द्ययिअपबनभ खुलेको र द्यथउबकक क्गचनभचथ समेत गर्नु नपरेको साथै हालसम्म करिव ९००० मुटुरोगीहरु विना अपरेशन यस प्रकारको उपचारबाट सञ्चो भएको तथ्यांकले देखाउँछ ।

उपरोक्त दुईबटा अनुसन्धान तथा प्रयोगबाट के सिद्ध भयो भने राजयोग मेडिटेशनले हृदय आधातबाट वच्न सकिन्छ । यतिमात्रै हैन मेडिटेशनको कारण म्ल्ब् च्भउबष्च भएको, द्यभकत न्भलभक मा बृद्धि भएको साथै द्यचबष्ल मा म्यउबmष्लभ,भ्लमयचउजष्ल ७ क्भचयतयलष्ल को प्रवाहले जीवनमा खुशी, आनन्द, प्रेमको सञ्चार भएको समेत एक अध्ययनले पुष्टि गरेको छ । डा. सुधा कङकरियाको भनाईमा दुव्र्यसनीहरुलाई राजयोगको अध्यास गराउँदा ९७ प्रतिशत व्यक्तिहरुले दुव्र्यसनलाई छोडेका र पुनः त्यस्तो कुलतको शिकार नभएको वताउनु हुन्छ । ःभमष्तबतष्यल ले शारीरिक र भावनात्मक रोग प्रतिरोधात्मक क्षमता समेत बढाएको कुरा विभिन्न परिक्षणबाट प्रमाणित भएको हुँदा मानव जीवनमा यसको महत्व र उपलब्धि स्पष्ट छ । तसर्थ, वर्तमान कोराना भाइरसकोे महामारीबाट

आफूलाई सुरक्षित राख्न राजयोग मेडिटेशन एक अचूक उपाय बन्नसक्छ ।
युगौं तथा शताब्दीयौंदेखि जरो गाडेर बसेका सामाजिक, वैचारिक र मान्यतामा रहेका विकृति र कुकृत्यको अन्त्यका लागि मानव सोच र चेतनामा आध्यात्मिक ज्ञानको सही ढंगले बीजारोपण गर्नु पर्दछ त्यस अवस्थामा मात्र सामाजिक तथा अन्य विविध कमजोरीको अन्त्य हुनेछ । अनि मात्रै मानव जीवन सुख, शान्ति, समृद्धि र खुशीले भरपुर र मालामाल बन्नेछ ।

मानिस न केवल बाह्य रूपमा देखिने कमी कमजोरीलाई रूपान्तरण गर्न सफल हुनेछ साथै संस्कारजन्य रूपमा देखा परेका सूक्ष्म तर साह्रै कडा स्वभाव–संस्कारलाई समेत परिवर्तन गरी मूल्य र गुणको प्रतिमूर्ति बन्नेछ । उसका जीवनमा शान्ति, प्रेम, सद्भाव, परोपकार तथा सेवाभावका स्थायी आभूषणहरू सुसज्जित र व्यावहारिक हुनेछन् । यस्तो व्यक्तिबाट सबैलाई मनसा, वाचा, कर्मणा, सुख मिल्ने छ । यस प्रकारको संस्कृति र जीवनशैलीबाट सबै प्रकारका मानवीय कमजोरीको अन्त्य हुन गई मानव देव आत्मा बन्नेछ ।

वस्तुतः समाजलाई सबल र कमजोर बनाउने दुवै पक्षमा मानवको सोच, बोल र कर्मको नै अहम् भूमिका हुने हुँदा यसको सुधारका लागि प्रत्येक व्यक्तिले गम्भीरतापूर्वक तत्परता र सक्रियता देखाउनु पर्दछ । जानेर वा नजानेर हाम्रै क्रियाकलाप र व्यवहारका कारण समाजमा यावत् कमिकमजोरीहरू देखा परेका छन् । यस यथार्थलाई स्वीकार गर्दै कसैले कसैलाई दोष दिइरहनु वा अरूसँग परिवर्तन र सुधारको अपेक्षा गर्नुको सट्टा प्रत्येकले स्वयम्लाई सच्च्याउनु र सुधार्नु पर्दछ तबमात्रै मौजुदा अप्ठ्यारा परिवेशहरू समाप्त हुनेछन् र समाज चिरकालका लागि आदर्श, सभ्य र सुसंस्कृत समाजका रूपमा रूपान्तरण हुनेछ ।

आध्यात्मिक जागृतीमा मानिस निहीत स्वार्थ, संकुचित मान्यता तथा नानाथरिका भेद्भावबाट मुक्त रहेर स्वयम् शान्ति, प्रेम, स्नेह, सम्मान र सहयोग जस्ता गुणहरू धारण गर्दछ तथा तदनुसार नै उसको व्यवहार कर्म हुने गर्दछ । जसले प्रत्येक कर्म र व्यवहारलाई त्रिकालदर्शी बनेर जीवनमा प्रयोग गर्दछ उसको मन नै वास्तवमा शान्त शीतल र निर्मल हुन्छ । हरेक मानव आत्मा अर्थात् धर्मका अनुयायीहरुले आफूलाई चिन्न सकेमा हामी को हौं, कहाँदेखि आयौं शान्तिको इच्छा राख्ने वाला वास्तवमा को हो, यसको अनुभव गर्न सकेमा आपसमा र समाजमा अति नै प्यार स्नेह साथ सम्मानसँग रहन सक्छौं ।

परस्पर सहयोगी बनेर स्वतन्त्रताको अनुभव गर्न र गराउन सक्छौं । अनि उसको जीवन नै यथार्थमा सुखमय, आनन्दमय र अमनचयनले सम्पन्न हुन्छ । अतः आनन्दमय र सुखमय जीवनको परिकल्पनालाई मूर्तरूप दिन आन्तरिक मनस्थिति हर प्रकारले स्थिर, धैर्य, शान्त र शीतल बनाआंै तथा जीवनको गन्तव्यलाई प्राप्त गरौं ।

राजयोगलाई ज्ञानयोग, सहजयोग, बुद्धियोग, भक्तियोग, कर्मयोग, संन्यासयोग आदि विभिन्न नामले पनि चिन्ने गरिन्छ । राजयोग एक मनोविज्ञान हो । राजयोगीले घर गृहस्थ त्याग गरेर जंगलमा गएर कुटी गुफामा बसेर निश्चित आसन गर्नु पर्दैन । राजयोग परिवार र समाजमै रहेर दिनचर्यामा कुनै प्रतिकूल प्रभाव पर्न नदिई गर्न सकिन्छ । दूषित वातावरणमा सन्तुलित जीवन जीउने कला पनि सिकाउँछ । राजयोगको निरन्तर अभ्यासले अन्तर आत्माका गुप्त र सुषुप्त शक्तिहरू जागृत हुन थाल्दछन् ।

राजयोग आत्तरिक जगतको यात्रा हो, आफैलाई चिन्न वा केवल पुनःपहिचान गर्नका लागि । राजयोग यस्तो योग हो जुनसँग कुनै धार्मिक प्रक्रिया वा मन्त्र आदि छैन । यो कहिँपनि र कुनैपनि समयमा गर्न सकिन्छ । राजयोग आँखा खोलेर गरिन्छ, त्यसैले यो अभ्यास सरल र सजिलो छ । योग एक यस्तो अवस्था हो, जहाँ हामी आफ्नो दैनिक चिन्ताहरू भन्दा पर जान्छौं र हामी हाम्रो आध्यात्मिक सशक्तिकरण शुरू गर्दछौं । यो प्राचीन राजयोग अभ्यासले प्राकृतिक शक्तिहरूलाई सुसज्जित बनाउँछ र हाम्रो दिमागलाई आफ्नो मित्र बनाउँदछ । यसले सवकन्सस माइण्डलाई शक्तिशाली बनाउँछ ।

तनाव व्यवस्थापन गर्दछ र स्वस्थ राख्दछ । क्रोध व्यवस्थापन हुन्छ । जीवनमा आशावादी बन्न सिकाउँदछ, सम्बन्धमा सुमधुरता ल्याउँदछ । कर्ममा कुशलता, व्यवहारमा शालीनता प्रदान गर्दछ । यसले सम्पूर्ण विश्वलाई एक परिवारका रूपमा हेर्न सक्ने विशाल मन, मस्तिष्कको विकास हुन्छ । अन्तर्राष्ट्रिय योग दिवस २०२१ को नूतन अवसरमा सवै अध्यात्मसाधकहरूमा बधाई एवं हार्दिक शुभकामना तथा सादर नमन् । ओम् शान्ति !