दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउन पहल गर्ने

शिव राज खनाल
दाङ, ३१ जेठ । ब्यापारीहरुको साझा सस्था देउखुरी उधोग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । संघको भबन लमहीको रातोडाडामा आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण जिल्लामा जारी लकडाउनमा उपभोक्ताहरु मारमा नपरुन भनेर संघले यस्तो निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले बताए । संघले असोज मसान्तसम्म व्यवसाय दर्ता गर्दा एक हजार र नविकरण गर्दा ५ सय शुल्क लिने भएको छ । लकडाउनका बेला सबै उधोग, कलकारखाना, व्यवसाय ठप्प भएकोले व्यापारीलाई आर्थिक संकट पर्यो, हामीले यो दर्ता र नबिकरणको शुल्कमा केहि छुट गर्यौं भनेपनि केहि सहज होलाू उपाध्यक्ष केशबराज पोख्रेलले भने।

त्यसैगरी स्थानिय र ब्यापारी लक्षित गरेर एन्टिजेन परिक्षण गर्ने, लमहीमा सवारी साधन तोडफोड गर्ने दुई जना युवालाई चौबिस घण्टा नबित्दै पक्रन सफल भएको भन्दै संघले वडा प्रहरी कार्यालय लमहीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै लमही नगरपालिकाले नगरबासीमा महाविपत्ती आई परेको खण्डमा (डुबान, बाढी पहिरो ) मा परेका मानिसलाई तत्काल राहत ब्यवस्थापन गरि दिनका लागि देउखुरी उधोग वाणिज्य संघलाई समन्वयकारी भूमिका खेल्ने भएको छ। आइतवार लमही नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै संघको बैठकले पत्रकार प्रिया स्मृती गजमेरलाई संघको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ ।