बिमलप्रसाद पोख्रेल
प्युठान, ३० जेठ । रोजगारिको शिलसिलामा भारतमा गएका प्युठानी मजदुरहरु कोभिड १९ को दोर्सो लहरका कारण भारतमा काम नचलेपछि दिन प्रतिदिन स्वदेश फर्किन थालेकाछन।
भारतबाट जनतन नेपालको कृष्णनगर बोर्डर नाकाहरुमा आएर अलपत्र परेका मजदुरहरुको उद्वारमा प्युठानका समाजसेवी युवा प्रमोद पोख्रेल लागी परेकाछन। उनले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको भन्दै दुई वटा बस लिएर कृष्णनगर आफुै पुगेका छन् । निजी सवारी साधनबाट जिल्ला भित्रिएका मजदुरहरुलाई गाउँगाउँमा पु¥याउदा स्वय आफै कोभिडको बिरामी भए ।
एक महिना लामो कोरोना सितको युद्ध जितेपछि पुनः पोखरेल जनताको सेवामा लागेका हुन । अलपत्र मजदुरलाई निःशुल्क उद्वारमा लागेका छन। शनिबार भारतको विभिन्न स्थानबाट आएर कपिलबस्तुको कृष्णनगर बोर्डरमा अलपत्रपरेका दर्जनौ मजदुरहरुलाई लिन प्युठानबाट एउटा बस र आफ्नो निजी साधन लिएर उनी बोडरमा पुगेमा हुन।
दुईतीन दिन अघिदेखि आएर सिमा नाकामा बसेका प्युठानीलाई निःशुल्क रुपमा जिल्लामा भित्राई गाउँगाउँमा पु¥याएका छन। उनी बोर्डरमा पुग्दा मजदुरहरुको खुशीको सिमानै थिएन । सबैसंग सामाजिक दुरी कायम राखि कोभिड महामारीको बारेमा सचेत र सजग रहन आग्रह गर्दै बसमा चढ्न लगाएका हुन।
जिल्लास्थित स्थानिय सरकारले गत बर्ष कोभिडका कारण भारतबाट नेपाल भित्रिएका मजदुरहरुलाई टिप्परमा बोकेको तस्बिर सामाजिक संजालमा निकै भाईरल र आलोलित बनेका थिए। संम्बधित सरोकार बाला निकाय यो बर्ष जिल्ला कोभिडको उच्च जोखिममा परेकोले मानव उद्वारमा खटिएको देखिदैन।
पोख्रेलले गत बर्ष काठमाडौंमा अलपत्र परेका मजदुर तथा बिर्धार्थिको उद्वार गरेका थिए।यसरी महामारिका बेला सामाजिक दुरि कायम राखि माक्स सेनिटाईजर प्रयोग गरि मानव उद्वारमा लागेका पोख्रेललाई देश बिदेसमा रहेका लाखौ जन्ताले सामाजिक संजालमा धन्यवाद ब्यक्त गरेका छन।
भारतबाट नेपाल फर्कने प्युठानिहरु ग्रुपमा आएमा आफुले लगातार उद्वार गर्ने पोख्रेलले बताए पोख्रेल नेपाली काङ्ग्रेस प्युठानका महाधिवेशन प्रतिनिधि हुन उनी गएको स्थानिय तहको निर्बाचनमा प्युठानको झिमरुक गाउँपालिकाबाट गाउपालिका अध्यक्ष पदमा चुनाब लडेका थिए। चुनाब जितेकाहरु गुमनाम हुदा चुनाबबाट पराजित भएका पोख्रेल निरन्तर सामाजिक कार्यमा लाग्दा सबैका धन्यवादका उदाहरणीय पात्र बनेका छन।