कोरोना भाइरस बदल्दै, संक्रमित चोला बदल्दै

मधुसूदन सुवेदी
यतिबेला देश शोरानाले आक्रान्त छ । कोरोनाको बामन्त्रण, औषधी भ्याक्सिन, नियमन, पराजयका अनेकौा खेल चल्दै र कसैले यसलार्य दोस्रो माग भन्ने गर्छन् । कसैले यसलाई दोस्रो लहर भन्ने गर्छन् । कसैले यसलार्य सेकेण्ड भेरियन्त भन्ने गर्छन् । यसरी कोरोनाले आफ्नो भाइरस तथा आक्रमण गर्ने शैली बदलिरहँदा संक्रमित भएका जनजनमा र संक्रमित नभएका मनमनमा निकै नै भय, त्रास, डर, शोक र आशंका थपिँदै छ ।

कोरोना जिन्ते वा हार्ने दुबैले यतिबेला चोला बदलेको सत्य सत्य तथा तथ्य तथ्य पुष्टि हुँदैछ । कोरोना जित्नेका लागि पनि स्वयम् मृत्युको मुखबाट फर्किएको र नयाँ चोला नै बदलेको कुरा सुन्न, देख्न र कोग्न पाइन्छ । कोराना हार्नेका लागि त यो जीवनचक्र नै समाप्त भएको छ र मनुष्य चोलाबाट बिदा भई अज्ञात चोलामा परिणत भएको महशुस गरिँदै छ । कोरोनाका बारेमा सुन्दा, बुझ्दा, देख्दा, भोग्दा अत्यन्तै अचम्भित, चकित र त्रसित मनका लहर पैदा हुन्छन् ।

आखिर यो के हो ? यसले रुप बदलेको थाहा हुने, यसले स्थान बदलेको थाहा हुने, यसले देश बदलेको थाहा हुने, यसले भेष बदलेको थाहा हुने । यो लागेको था हुने, यो नलागेको थाहा हुने, यसको लक्षण थाहा हुने, यसको गुण थाहा हुने, यसको विशेषता थाहा हुने तर यसको निर्मूल पार्ने ओखती, मुलो थाहा नहुने । यो के हो ? यो किन यस्तो भयानक बन्दै छ ?यसका जानकारहरु किन देश र जनतालाई सही सूचना दिन सक्दैनन् ? कोरोनाले मुलुक गाँजेको दुई वर्ष चल्दै छ ।

यतिबेलासम्म देश र जनताका लागि सूचना र सन्देश भनेको साबुनपानी, सेनिटाइजर, माक्स र सामाजिक दूरी मात्र हो ? यो भन्दा पर केही पनि छैन ? मानिसको शरीर कसरी र केले बनेको छ ? मानिसले के खाँदा प्रतिकुल हुन्छ ? मानिसले कस्तो खाँदा प्रतिकूल हुन्छ ? मानिसले कस्ता–कस्ता खाद्य पदार्थ सेवन गर्दा यो कोरोना रोगसँगै लड्ने पावर बढ्छ ? यसको बारेमा स्वास्थ्य मन्त्रालय बोलेको खोई ? खानपानकै बारेमा देशको सरकार बोलेको खोई ?

रोग प्रतिरोधात्मक शक्ति बढाउने डाइटका बारेमा ज्ञान– विज्ञान बोलेको खोई ? साबुन–पानीले हात धुने बानीको विकास गर्न हात, खुट्टामा सेनिटाइजर दल्न र मालिस गर्न, मुखमा नकाव लगाउन र सामाजिक दूरी कायम गर्नका लागि मात्र यो कोरोना पर्याप्त छ ? यो कुरा देश र सरकारले नबुझेको कि हामी जनताले नबुझेको ? मानिसको शरीरको बारेमा कुरा गर्दा र मानिसले रोगलाई परास्त गर्ने बारेमा बहस चलाउँदा शारीरिक विकास बृद्धि र शक्तिका बारेमा सोच्ने कि नसोच्ने ?

मानिसमा शारीरिक वृत्तिविकास तथा शक्ति उत्पन्न हुने स्रोतको बारेमा बोल्न किन नसक्ने ? मानिस के साबुन र पानीबाट उत्पन्न भएको प्राणी हो ? मानिस के सेनिटाइजरको झोल र अल्कोहलबाट उत्पन्न भएको जीव हो ? मानिसले बुर्का–बुर्की, घुम्टो, माला र नकावबाट उत्पन्न भएको जन्तु हो ? मानिसको उत्पत्तिको विन्दु नै भुलेर सन्देश प्रवाह गरिरहने ? जनचेतनाका लागि र शारीरिक सरसफाईका लागि एक महिनासम्म अभियान चलाउनु वा चलाउनु ठिकठिकै हो ।

दुई–दुई वर्षसम्म खालि उही सूचना, उही सन्देश, उही प्रचार, उही गीत, उही भजन, उही किर्तन, उही स्वर, उही आवाज, यो कस्तो चाला हो ? यो जनतालाई टाठो–बाठो बनाएको हो कि भेडापाटो बनाएको हो ? विश्व स्वास्थ्य संगठन पनि यो निर्देशन त छैन होला ? ता कि बारम्बार हुवहु एउटै कुरा मात्र जनताको कान–कानमा पु¥याउ । ठिक छ, हामी यही सूचनालाई पाठका आधारमा सिकौँला, मानौँला, जानौँला र पालना पनि गरौँला तर कोरोनाले भेस बदलिरहँदा, कोरोना थप आक्रामक बनिरहँदा, कोरोना दोस्रो लहरको रुपमा फैलिरहँदा साबुन किन हिँजोकै ? पानी किन हिजोकै ? सेनिटाइजर किन हिजोकै ? माक्स किन हिजोकै ? सामाजिक दूरी किन हिजोकै ? यसमा परिवर्तन किन गर्न नसक्ने ?

हिम्मत छ बदलौ कोरोनाले आफ्नो रुप र स्वरुप बदल्दा हाम्रो प्रयोगका सामान किन नबदल्ने ? रोग नयाँ–नयाँ, सामान चाहिँ पुराना–पुराना ? यो नियम हो कि विनियम ? आज जता हे¥यो त्यतै शोक–शोक छ । हिजो देखेको मानिस आज देख्न पाइएको छैन । आज देखेको मान्छे भोलि देख्न पाइएको छैन । भोलि देख्ने मान्छे पर्सि दैख्न पाइन्छ वा पाइन्न कुनै ग्यारेन्टी नै छैन । यस्तो भयावह अवस्थामा स्वास्थ्य सचेतना र स्वास्थ्य सतर्कता जहिले पनि रंगहीन, गन्धहीन, स्वादहीन र अर्थहीन ? लाज मान्ने कसले ? घिन मान्ने कसले ? सरम मान्ने कसले ? यो दिन बिताउने खेल हो ? यो विज्ञापन गर्ने समय हो ? यो प्रचार प्रशंसा गर्ने समय हो ।

आज परिवारको सदस्य गुमाउने र आफन्त गुमाउनेको भीड, जामान र समूह बन्दै छ । सरकार खालि बेतुकका कुरामा व्यस्त छ । रोग जटिल बन्दै छ । यससँगै लड्ने अभियान सरल बन्दै छ । रोग आक्रामक बन्दै छ, यसको प्रतिकारमा उत्रने अभियान फितलो बन्दै छ । रोग काल बन्दे छ, काललाई जित्ने जाल बेहाल बन्दै छ । हाम्रो नीति, हाम्रो नियम, हाम्रो अभियान र हाम्रो योजना कोरोनाले र रत्तीभर सुनेको छैन र बुझेको छैन ।

कोरोनाको पहिलो लहर आयो, कोरोनाको दोस्रो लहर आयो, कोरोनाको तेस्रो लहर आउँदै छ, कस्तो अचम्म ? तेस्रो लहर आउने भविष्यवाणी गर्नेले म आउने रोकथाम गर्न नसक्ने ? कहिलेकाहीँ लाग्छ यो रोग कतै मान्छेले नै बनाएको त होइन ? यदि होइन भने पहिलो, दोस्रो, तेस्रो, जेठो, माहिलो, कान्छो कसरी थाहा भयो ? किन यस्तो हल्ला चलाइन्छ ? किन यस्तो हल्ला चलाउन छुट दिइन्छ ?

जनतामा अनावश्यक भय, त्रास, डर, आशंका, संकोच र सोच फैलाउन पाइन्छ ? यो महामारीमा जनतालाई रोगसँग लड्ने बल, हिम्मत, साहस, ऊर्जा र बल थप्ने कि भएको अलि–अलि शक्ति पनि खाइदिने सरकरको चलाखो कहिले आउने ? सरकारले कहिले सोच्ने ?