दाङमा पिविटि वइस्ट इण्डष्ट्रिजद्धारा स्वास्थ्य सामग्री सहयोग

शिव राज खनाल
दाङ,२३ जेठ । निम्बस नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको कोहलपुरमा संचालित पिविटि वइस्ट इण्डष्ट्रिज प्रालिले दाङ जिल्लामा रहेका ब्यापारीहरु साझा सस्था नेपाल उद्योग बाणिज्य महासंघमा आबद्ध रहेका ३ वटा र सल्यानको एउटा उद्योग बाणिज्य संघलाइ स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

दाङको लमहीमा अबस्थित मनकामना पोल्ट्री एन्ड फिड उद्योग तथा पिविटि वइस्ट इण्डष्ट्रिज प्रालिका डिलर संचालक अजय न्यौपानेले महासंघलाई जम्मा ७ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेका हुन ।

दोस्रो चरणको कोरोना भाईरसको भेरियन्ट देखिएको र यस महाविपदमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रालिका डिलर संचालक न्यौपानेले आफुहरुले यस बिपतका बेला निम्बसको सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग बाणिज्य संघ लाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

उक्त स्वास्थ्य सामाग्री मनकामना पोल्ट्री एन्ड फिड उद्योगका संचालक न्यौपानेले शनिवार देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल र पदाधिकारीलाई तेस्तै घोराहीमा रहेको ब्यापारीहरुको साझा सस्था घोराही उद्योग बाणिज्य संघका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा महासचिवलाई र तुल्सिपुरमा तुल्सीपुर उद्योग बाणिज्य संघका अध्यक्ष, निबर्तमान अध्यक्ष तथा महासचिव र सल्यान उद्योग बाणिज्य संघलाई एक्कै दिन कार्यलयमै पुगि उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

डिलरका संचालक न्यौपानेका उनका अनुसार अग्रपन्तीमा खटिने जो कोहीलाइ पनि प्रा।लिले स्वास्थ्य सामाग्री उपलब्ध गराउने गरेका छौ, आवश्यकता परेको खण्डमा हाम्रो कम्पनीलाइ सम्पर्क गरे हामीले उपलब्ध गराउने समेत बताएका छन ।