दाङ, २२ जेठ । नेपाली काँग्रेसका नेता पूर्व क्षेत्रिय सदस्य शशिकिरण रानाको १३ दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं १८ इकाइ समितिले रानाको निवासमा शनिवार श्रद्धाञ्जली सभा गरेको हो । स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रमके आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभा इकाइ सभापती मधुसुदन अधिकारीको अध्यक्षता तथा नेपाली काँग्रेस क्षेत्र नं २ का सभापती भुपबहादुर डाँगीको प्रमुख आतिथ्यामा भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रानाले सामाजिक कार्य तथा पार्टीको कार्यमा ठुलो योग्दान पु¥याएको बताएका थिए । रानाको निधनले पार्टी तथा समाजमा ठुलो क्षेत्ती पुगेको उनीहरुको भनाइ रहेको थियो ।
त्यस अवसरमा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य गोपालराज शर्मा, क्षेत्र नं २ का क्षेत्रिय सचिव बद्रीकुमार खड्का, क्षेत्रिय सदस्य विरबहादुर खत्री ९विरु०, नेपाली काँग्रेसका नेताहरु गणेश वेलवासे, श्रीधर भण्डारी, ऋषिराम चौधरी लगाएतकाले भनाइ राखेका थिए । भने घर परिवारको तर्फ बाट बलीभद्र रानाले सबैलाइ धन्यावाद दिएका थिए ।