सुशील बस्नेत
दाङ,२२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार १० ब्यक्ति १० वनस्पतिजन्य बिरुवा रोपन गरेको छ ।
जुन ५ अर्थात आज शनिबार तुलसीपुर उपमहानगरपालिका १२ स्थीत केशवराज झुपाकुमारी बृद्ध आश्रमको प्राङगणमा श्रीखण्ड,निमलगायतका बिरुवा रोपन गरिएको मानव अधिकार तथा शान्ति समाजका शाखा सभापति तुलसीराम सुनारले जानकारी दिएका छन । झण्डै १ बिगाह क्षेत्रफल बराबरको जमिन रहेको बृद्ध आश्रममा हरियाली,शीतलता र बनस्पतिजन्य बिरुवा उपयोगी हुने अपेक्षा गरिएको शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले बताए ।

बृक्षारोपन कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिब निर्मल नेपाली, शान्ति समाज दाङका सभापति तुलसीराम सुनार, बृद्धसेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी,शान्ति समाजका सचिब निर्मला डिसी,सहसचिब उषा गौतम,कोषाध्यक्ष कोमल डिसी,शाखाका पूर्व कोषाध्यक्ष अमृतप्रसाद शर्मा,शाखा सदस्य माधब बस्नेत र शिक्षक रामेश्वर अधिकारीले बिभिन्न प्रजातिका बनस्पतिजन्य बिरुवा रोपेका थिए ।
मानव अधिकार तथा शान्ति समाजको गत बर्ष दाङमा आयोजना गरिएको राष्ट्रिय परिषद् बैठकको साता ब्यापि कार्यक्रम अन्तर्गत सोही स्थानमा संस्थापक सभापति कृष्ण पहाडी,तत्कालीन सभापति उत्तम पुडासैनीलगायतले बिभिन्न प्रजातिका बिरुवा रोपेका छन । ती बिरुवाको राम्रोसँग संरक्षण गरिएकाले पनि हुर्केका बृद्ध सेवा समिति दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिएका थिए ।