कोरोनाको कहरमा, सरकारको रहरमा

सुभाष न्यौपाने

सरकारीमा गयो भने ज्यान फिर्ता आउन्न ।
निजी अस्पतालमा गए आउँदा घरबार रहन्न ।।
सरकारको उपचारको प्रकृति त्यस्तो छ ।
जनताको बाँच्न पाउने अधिकार खोस्दै छ ।।
पिसिआर र भ्याक्सिन वाडेनभित्र माननीय ।
उच्च अधिकारी अनि आफन्त र पिय ।।
उपकरण कमिशनमा कमिशन भ्याक्सिनमा ।
कालोबजारी अरु थपियो प्राणवायु अक्सिजनमा ।।

मुलुक यसरी कोरोना महामारीको चपेटामा परिरहँदा ओली सरकार आफ्नो सत्ता टिकाउ भन्ने रणनीतिमा लागेर देश र जनताले भोगेको कष्टको कुनै पनि वास्ता नगरी जाल र झेलको राजनीतिमा अगाडि बढिरहेका छन् । विपक्षी भनिने दलहरु पनि त्यही खालको स्वार्थ र लोभमा फसिरहेका छन् । उनीहरुलाई पनि जनताले भोगेको संकटप्रति कुनै चिन्ता र चासो भएको देखिएन । कतिपय ज्येष्ठ नागरिक दोस्रो चरणको भ्याक्सिन लगाउनबाट वञ्चित छन् ।

सरकार र विपक्षी राजनीतिक दल कुर्सी जोगाउ र कुर्सी ढलाउको खेल अभ्यासमा छन् । एकलाई अर्कामा विश्वास छैन । संविधानको धारा ७६ को दुई अनुसार जन्मिएका प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ को एक अनुसार न्वारान हुन पुगे । पुनः धारा तीन अनुसार प्रधानमन्त्री नियुक्त भएको प्रधानमन्त्री ओली पहिले मागेको विश्वासको मतमा अपूर्ण रहे पनि राज्य सञ्चालनका गतिविधिमा चाहिँ पूर्ण नै रहे । उनलाई न त कानुनको पालना गर्नुप¥यो न त संविधान नै भन्नु प¥यो । उनी विश्वासको मत हासिल गर्न नसके पनि इतिहासमा चाहिँ सफल शासक हिटलर बन्न खोजिरहेका छन् ।

धारा तीनको परीक्षा फेल हुने निश्चित त पक्का देखिएपछि उनी त्यो परीक्षामा नै सामेल नभई कक्षा चारमा पढ्नसक्ने कोही छौँ भने सिट खालि छ मैले त तीन पास गर्न सकिन भन्ने सूचना किालेर आफू कक्षा पाँचमा भर्ना हुन पुगेँ । कक्षा पनि सुरु भयो । उनले गुरुआमाले सोधेको मन नपरेको भनौँ या नजानेको प्रश्नको उत्तरमा उनले भन्न थाले त्यो पाठ पढ्नु पर्दै, गुरुआमा ही ही ही ! गर्दै हाँस्न थालेको अवस्था पनि संसारले देख्यो । यसरी कक्षा तीन फेल भएर कक्षा पाँचमा पुगेका प्रधानमन्त्री ओली हिट्लर बन्न खोजिरहेका छन् ।

उनलाई थाहा छ कि छैन ? हिट्लरको अन्त्य कसरी भएको थियो ? उनले आफ्ना सल्लाहकार सिपाही, भारद्वार सबैलाई दुस्मन देख्दै जानथाले, सबैलई शंका गर्दै जान थाले, घरपरिवारका अन्य सदस्य तथा रानीहरु समेतलाई दुस्मनको रुपमा देख्दै शंका गर्ने गर्दागर्दै अन्ततः आत्महत्या गर्न पुगे । त्यस्तै गतिविधि नेपाली राजनीतिमा भएको छ । कि कक्षा तीन पास गर्न नसक्ने विद्यार्थी कक्षा पाँचलाई पढाउने मास्टर बन्न पुगेको छ । त्यति मात्र होइन कक्षा पाँचमा प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी बन्न पुगेका छन्, प्रधानमन्त्री केपी ओली । उनका हरेक गतिविधिहरु मिलेमतोमा संलग्न छन् ।

नेकपा विघटन गर्ने अदालतको निर्णयले केपी ओलीलगायत नेकपाको राजनीतिले सिङ्गो नेपालको राजनैतिक अवस्थालाई गलत प्रभाव परिरहेको छ । तर पनि प्रधानमन्त्री ओली र उनका आसेपासेहरु यसैमा रमाइरहेका छन् । अझै पनि उनीहरु अर्काको निम्ति खाल्डो खन्दै छन् । त्यो खाल्डोमाको भासिने हो ? अझै उनलाई थाहा छैन ।

कक्षा तीनमा फेल भएका प्रधानमन्त्री ओली कक्षा पाँचमा प्रथम श्रेणीको नतिजा हासिल गर्न खोज्दै छन् । के यो सुखद सन्देश हो ? संविधान र कानुनलाई उल्लङ्घन गर्दै जसरी प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता सिर्जना गरे त्यो मुलुकको लागि अत्यन्त घातक कार्य हो । प्रधानमन्त्री ओलीकै कारण अदालतमा वकिलले न्यायाधीश रोज्ने अवस्था आयो । यो कार्य ठिक नभए पनि यसको सुरुवातकर्ता ओली नै हुन् ।

के संविधान र कानुन विरुद्ध जाने प्रधानमन्त्री ओलीले जे भन्यो त्यही हुन्छ ? यदि यस्तै हो भने किन संविधान चाहियो ? किन कानुन चायिो ? वकिलले न्यायाधीश रोज्नु न्यायाधीशले तिमी दुईले इजलास छोड्दैनौँ भने हामीले छोड्छौँ ? भनेर धम्क्याउन कतिसम्म संवैधानिक मान्यता हो ? यो सबैको कारक प्रधानमन्त्री ओली नै हुन् । उनले चाहे जति नै गफ र रवाफ देउन् । जब–जब प्रधानमन्त्री ओलीले तीन कक्षा फेल भएर जब पाँच कक्षा पास गर्न खोजे तब मुुकमा संवैधानिक विडम्बना उत्पन्न भएको हो ।

त्यति मात्रै कहाँ हो र, कक्ष्ाँ तीन पास गर्न नसकेका हाम्रा ठूला गुरुलाई कानुन विश्वविद्यालयले कक्षा पाँचको परीक्षामा प्रथम श्रेणीमा पास गराउँदै छ रे । यसरी पनि कानुनको मर्यादा हुन्छ ? कानुन विश्वविद्यालय । विश्वविद्यालयका कुलपति मध्यरातमा विद्यार्थीलाई भेट्न जानु विद्यार्थी महासभा गर्जिनु, यी सबै कुराले विश्वविद्यालयको मर्यादा राख्छ ? कुलपतिज्यू ।

थाहा छ पाँच कक्षा पास गर्नलाई के–के पढ्नु पर्छ ? वर्तमान महामारीबाट उन्मुक्ति पाउन सरकारी अस्पतालमा विरामी उपचार गराउन गयो भने नागरिकको ज्यान घर फर्किँदैन, निजी अस्पतालमा नागरिक उपचार गराउन गयो भने फर्केर आउँदा घरबास रहँदैन । यही प्रश्नको उत्तर दिन नसक्ने विद्यार्थी कक्षा पाँचमा प्रथम श्रेणीमा प्रथम हो ? यस्तो विद्यार्थीलाई स्वास्थ्य र कानुन विश्वविद्यालयले त तिमी फेरि कक्षा तीनमा भर्ना हुन जाऊ भन्नु पर्छ ।

यदि न्याय र स्वास्थ्य हो भने । तिमीले जति स्वास्थ्यको कथा र न्यायको पुराण अरुले पनि सुनेका छन्, कुलपति महोदय । तिमीलाई पनि जनताले केही खाउला, केही गरौला भनेर जनताले पछि स्वास्नी छोराछोरीलाई पनि माड, पानी खुवाउला भनेर राखेका हुन् । तिमी जस्ता ढाक्रे त धेरै थिए यो मुलुकमा, तिम्रा पनि हविगत देख्दै छन्, जनताले । तिमीले न्याय दिन सक्तैनौँ भने त जग जाहेर छ, न्याय कुलपति महोदाय । तिमी तीन कक्षामा फेल हुनेलाई पाँच कक्षामा विश्वविद्यालय प्रथम गराउने कुलपति होइनोँ, महोदय ।

दुई–दुईवटा राष्ट्रिय सभाका उपनिर्वाचनले पनि के भन्छ भने तिम्रा पाँच कक्षाका विद्यार्थीलाई न्यायको विषयमा ट्यूसन कक्षा सुरु गरे । कुलपति महोदय । जसरी नेपाली जनताले कोरोनालाई भोगिरहेका छन्, अपदस्थ गरिरहेका छन् । कुलपति महोदय, तिम्रो तीन फेल भएर पाँच पास गर्ने विद्यार्थीका कारण ।

कक्षा नीत पास गर्न नसक्नेले पाँच कक्षामा सर्वोत्कृष्ट भई उत्तीर्ण हुन खोज्ने नेपालको डरलाग्दो र घिनलाग्दो शासक हेरेर नेपाली जनता उदेकलाग्दा र धिनलाग्दा भइरहेका छन् । याद राख ओलीजी तिम्रो सत्ता जोगाउन लगाइएको स्वास्थ्य संकटले जनतालाई केही पनि नेपर्न सक्तैन । अति भयो भने जनताले तिम्रो बालुवाटार र सिंहदरबार एकछिनमा घेर्छन् । आजको युगमा कोही पनि हट्लिर र मुसोलिन बन्न सक्तैन, महोदय । युग फेरि सकेको छ, दिन फेरिइसकेको छ । जसले जतिसुकै गफ गरे पनि प्रधानमन्त्री ओली यो मुुकका लागि कलंक हुन् ।

हाम्रा शेरबहादुर तिमी नेपाली कांगे्रसलाई अविचलित पार्ने गरी तिमी आफ्नो ठाउँमा बस । न्यायपालिका आफ्ना गरिमा जोगाउनलाई शेरबहादुरजी अलि न्यायिक भएर अगाडि बढ । रामचन्द्र र शेरबहादुर स–सोकको विरोधमा मात्र तिम्रो भरौटेहरुको कुरा सुनेर लाग्यो भने तिमी कांग्रेसको सभापति त हौला । मुलुकका लागि नेता बन्न सक्ने छैनौँ । न्यायपालिकाको न्याय र परीक्षणको दायरा नबढाउनाले पनि मुलुक अहिले कोरोना संक्रमणयुक्त र मुक्त के हो भन्ने दोधारमा छ ।

संसद विघटनसम्बन्धी मुद्दामा जसरी न्यायाधीशको बारेमा पक्ष र विपक्षमा भएको कार्यले न त मुलुकलाई सम्बोधन गर्छ, न त संविधानलार्य नै । प्रतिनिधिसभाको संविधानले नेपाली कांग्रेसको नेताले जसरी भए पनि नेपाली कांग्रेसले नेपाली कांग्रेसलाई चिनाउँछ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसको बैठकमा सबैजना लागिरहेका छन् । संवैधानिकमा संविधान बोलेको छ नेपालले नेपालीको संविधानको बारेमा उल्लेख गरेको छ ।

के संविधान नेपाली जनताको हो कि नेपालको हो या दलाल, तानासाहीको हो ? यो त सर्वोच्च न्यायलयले जवाफ दिने विषय हो । नेपालका कोही पनि शासक न्यायलयको विरुद्धमा अगाडि बढ्न खोज्दछन् भने उनीहरु सबै नेपाली जनताका घातक हुन् । उनले न त कानुन मान्छन् न त संविधान नै । त्यसैले चाहे सर्वोच्च अदालतको न्यायाधीश हुन् चाहे मन्त्रिपरिषदका सदस्इ हुन् ती त सबै नेपाली जनताका लागि घातक हुन् । नेपालको संविधानमा जसरी नेपालले र नेपालीको संविधानको लागि जसरी काम र कर्म भएको छ त्यो सबै नेपाली जनताले बुझ्ने कुरा हो ।

संविधान र संवैधानिक इजलासले के नेपाली जनताको चाहना पूरा गर्न सक्छ ? संविधान के हो ? संवैधानिक इजलास के हो भन्ने बारेमा नेपाली जनताले पनि बुझेका छन्, जति चोलेन्द्र र उनका आसेपासेले बुझेका छन् । त्यसैले चोलेन्द्रजी यदि संविधान र सर्वोच्चको साख जोगाउने हो भने तिमी ओलीलगायत कसैको मतियार नबनी न्याय र संविधानको पालक र व्याख्याताको रुपमा सार्वजनिक होऊ । ओली तिमी पनि पट्टा समाएर बैंक घाउने त हो नि । त्यति बेला तिम्रो मानसम्मान र अभिमानको जनसमुदायले पुष्टि गर्ने छ । आज तिम्रो लागि यो अवसर हो ।

चाहे मान, चाहे नमान, तिम्रो कार्यशैलीमा सर्वोचच अदालत भित्रबाटै प्रश्न उठ्नु त्यति राम्रो कुरा होइन । सर्वोच्च अदालतको यथार्थ पटक र वस्तुनिष्ट प्रश्नको उत्तर प्रधानन्यायाधीशले दिने होयन । तिमी हरेक मुद्दामा किन छलछाम गर्दै अगाडि बढेको ? यस विषयमा नेपाली जनता चिन्ताका साथ सोचिरहेका छन् । तिमीले दिएका निर्णयहरु किन पटक–पटक विवादित भइरहेका छन् । यो त तिम्रो औकात मात्र होयन, सर्वोच्चको समेत मानहानी हो ।

यदि अदालतले आफ्नो औकात र आस्था माथि प्रश्न उठ्ने गतिविधि सञ्चालनमा ल्यायो भने त्यो अदालतको लागि राम्रो कुरा होइन । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जसरी ब्रह्मकुमार श्रेष्ठ र तेजबहादुर केसी जसरी विवादित भए त्यो न्याय सेवाको लागि विडम्बनायुक्त कुरा हो । के न्यायाधीश पनि वकिलले रोजेको पाइन्छ ? यो त सबै सर्वोच्चको गतिविधिका कारण हो ।

त्यसैले सर्वोच्च अदालत र न्यायिक गतिविधिको लागि सबै न्यायमूर्ति भनिनेहरु सजग हुनु पर्छ । चोलेन्द्रजी यदि तिमीमा न्याय र न्यायको सम्मान गर्ने चरित्र छैन भने तिमीले सर्वोच्च न्यायालयबाट बिदा लिए पनि हुन्छ ।