घोराही उपमहानगरपालिकाले भन्यो विद्यार्थीसँग परिक्षा शुल्क नउठाउ

दाङ, १९जेठ । घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिक्षा शुल्क न उठाउन निर्देशन दिएको छ ।

कोभिड १९ को कारण भौतिक रुपमा उपस्र्थीत भएर परिक्षा सञ्चालन गर्ने नसक्ने अवस्था रहेकाले परिक्षा शुल्क नउठाउन भनिएको हो ।

नगर शिक्षा समितीको यही जेठ १८ गते वसेको बैठकले वार्षिक परिक्षा शुल्क नउठाउने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन । त्यसै अनुसार कार्य गर्न समेत विद्यालयहरुलाई भनिएको छ ।