दाङ,१८ जेठ । कोभिडको महामारीमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गरिरहेको कोभिड ब्यबस्थापन बारे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टोली प्रतिष्ठानले आज अबलोकन गरेको छ ।
कोभिड ब्यबस्थापनकोक्रममा राप्ती प्रतिष्ठानले गरेको चिकित्सक, स्वास्थ्यकर्मीको ब्यबस्थापनसहित अस्पतालको सेवा प्रबाहको बारेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपती डा.मंगल रावल र प्रदेशको स्वास्थ्य निर्देशक डा. रबिन खड्कालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारी र अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, सहायक निर्देशक डा एन्जेलिका कार्कीले जानकारी गराएका थिए ।
कोभिड महामारीमा प्रतिष्ठानले राम्रो काम गरेकाले आफुहरु यहाको अबस्थासहित प्रशासनिक सुधारका लागि सुझाबसहित अबलोकन गरिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपती रावलले बताइन । राप्ती प्रतिष्ठानको उपकुलपती भण्डारी आफ्नो गुरु आमा भएकाले उहाँले गरेको कोभिड ब्यबस्थापन र अस्पतालको जनशक्तिसहित सेवा प्रबाह बारे खुसी प्रकट गर्दै यस्तो कोरोनाको बिषम परिस्थीतिमा दिनरात नभनि चिकित्सक, नर्श, स्वास्थ्यकर्मी र कर्मचारी खटेकोमा धन्यवाद दिएकी थिइन । उनले दुई महत्वपुर्ण ठुला स्वास्थ्य सस्थाबिच एकअर्काले गरेको राम्रो कामको आदानप्रदान गर्न यस्ता अबलोकन कार्यले सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।
कर्णाली स्वास्थ्य प्रतिष्ठानको अस्पताल निर्देशक भएर काम गरेको अनुभब रहेकाले अहिले सस्थाको नेतृत्व गर्दा धेरै सहयोगि भएको भन्दै अघिल्लो आबमा मात्रै ६८ करोडको भौतिक पुर्बाधारको काम गरेको र अहिले १ अरब बजेट माग गरेकाले त्यो बजेट आएमा प्रतिष्ठानलाई अझै राम्रोसंग सन्चालन गर्न सहयोग पुग्ने बताएकी थिइन । सरकारले अत्यन्तै राम्रो सहयोग गरेको भन्दै रावलले प्रतिष्ठानको सेवा चुस्त, दुरुस्त राख्दै भौतिक पुर्बाधार बलियो बनाएर लगेकै कारण करिब ९ बर्षको बिचमा प्रतिष्ठानको शैक्षिक कार्यक्रम र ३ सय बेडको पुर्बाधारसहितको अस्पताल बनाइएको र यतिले मात्रै नपुग्ने उल्लेख गरेकी थिइन ।
उपकुलपती भण्डारी आफैमा महिला भएर राम्रो नेतृत्व गर्नु भएकोमा धन्यवाद दिदै सबैको सहयोगसंगै पुर्बाधार ब्यबस्थापन भएको प्रतिष्ठानको अस्पताल सेवा र शैक्षिक कार्यक्रमलाई सहजरुपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाई थियो । शैक्षिक कार्यक्रम चलाउन मेडिकल काउन्सीलका आधारभुत प्रकृया पूरा गर्नैपर्ने भएकाले यो कुरामा सबैले ध्यान दिनुपर्ने उनले उल्लेख गरिन ।
दुई सस्थाबिच आपसि सौहार्दपुर्ण सम्बन्धमा एकअर्कालाइ समन्वय र सहकार्य गर्दै जाने कुरा भएको प्रदेशको स्वास्थ्य निर्देशक डा रबिन खड्काले बताए । त्यस अवसरमा राप्ती प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारीले कोभिडको ब्यबस्थापनको बारेमा राप्ती स्वास्थ्य प्रतिष्ठानले गरेको कामको अबलोकन गर्न जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतीको टोली आएर हौसला प्रदान गरेको बताएकी थिइन ।
कोभीड ब्यबस्थापन अन्तरगत कोभिड र नन कोभिडको उपचार ब्यबस्थापन, अस्पतालको जनशक्ति ब्यबस्थापन लगाएत सबै कुराको उक्त टोलिले अबलोकन गरेको र यहाको प्रशासनिक सुधारको पक्ष र राम्राकुराहरु जुम्ला स्वास्थ्य प्रतिष्ठानमा पुगेर कार्यान्वयन गर्ने प्रतिबद्धा जनाएको भन्दै यस्ता अबलोकन कार्यले आउदा दिनमा सस्थागतरुपमा सेवा आदानप्रदानसंगै समन्वय र सहकार्यमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेकी हुन ।
दाङको राप्ती र जुम्लाको कर्णालि स्थापनाकै चरणमा रहेकाले आपसमा सहकार्य गर्दै जानुपर्ने उनको भनाइ थियो । सस्थालाइ राम्रो बनाउन भौतिक पुर्बाधारलाई बलियो फाउण्डेसन तयार गर्दै अस्पतालको सेवा प्रबाहलाई नै बिशेष प्राथमिकता दिनुपर्ने बताएकी हुन ।