रगतको अभाव हुन नदिन शुभम सहकारीद्धारा रक्तदान

दाङ, १७ जेठ । लकडाउनको समयमा रगतको अभाव हुन नदिनका लागि अटो ब्याबसायीहरु द्धारा सञ्चालित शुभम लघु उधम सहकारी संस्थाले रक्तदान गरेको छ ।

संस्थाले सोमवार अटो भिलेजमा एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो । उक्त कार्यका लागि नेपाल रेडक्रस सोसाइटी घोराही शाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदान जिवन दान भएकाले यस प्रकारको कार्य गरिएको संस्थाले जनाएको छ । लकडाउनको समयमा रगतको अभाव हुन नदिन सहयोग पुगोस भनेर रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुकेश भुसालले जानकारी दिए । यसले थोरै भए पनि सहयोग पुग्ने उनको भनाइ रहेको छ । त्यस अवसरमा संस्थाका २२ जना शेयर सदस्यहरुले रक्तदान गरेका थिए ।

त्यस अवसरमा मुकेश भुसाल, सिराज मन्सुरी, लेखनाथ काफ्ले, बिक्रम गिरी, विनय के सी, शालिकराम भण्डारी, रत्नराम वन्जारा, गणेश रिजाल, चन्द्र खडका, रामसद आलम, नमप्रसाद ढकाल, महम्द सहिम, समिर खान, दिनेश विश्वकर्मा, बादल डाँगी, महेश हमाल, होमनारायण श्रेष्ठ, कृष्ण शर्मा, सजित गुप्ता, यमु राना, सुरेश चौधरी र राजुराम चापागाइले रक्तदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष मुकेश भुसालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, संघका सचिव नरेशकुमार श्रेष्ठ, कोषाध्यक्ष शुसिल पोख्रेल लगाएतका अतिर्थीहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष ज्ञानवहादुर फौदार क्षेत्रिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव रत्नराम वन्जाराले गरेका थिए ।