लमहीमा पुगेर निराश भए ‘मास्क म्यान’ बिरु

शिव राज खनाल
दाङ,३० बैशाख । पहिलो चरणको कोरोना भाइरस फैलिरहेको बेला होस वा दोस्रो चरणको कोरोना भाइरस । कोहि चोकमा बिना माक्स हिडेको देख्ना साथ लौ माक्स लगाउनुस सुरक्षीत रहनुहोस है भन्दै झोलाबाट माक्स निकालेर मास्क लगाउन अनुरोध गर्दै हिडने ब्यक्तिको नाम हो बिरु खत्री ।

हिजो आज ‘मास्क म्यान’ खत्रीको दैनिकी हरेक अस्पतालमा रहेका बिरामीको अबस्था बुझ्दै र अस्पतालमा अपुग स्वास्थ्य सामाग्री निशुल्क बितरण गर्दैमा बित्ने गर्दछ । बिहिबार बिहानै लमहीमा ३ सेट पिपिइ र केही स्वास्थ्य सामाग्रीसहित लमहीमा पुगेका बिरुले लमही अस्पतालमा पुग्दा एक दमै नमजाको घटना भएको सुनाए । अस्पतालको प्राङ्गणमा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले अस्पतालका कर्मचारीलाई केही कुरा सम्झाउदै गरेको दृश्य हामीले पनि देख्यौ । सोही अबसरमा पिपिइसंगै स्वास्थ्य सामाग्रीसहित पुगेका बिरुले उक्त सामाग्री नगर प्रमुख केसी कै हातमा हस्तान्तरण गर्न पाउने जस्तो बाताबरण देखे पछि उनी खुसी देखिन्थे । स्थानीय सरकार थप जिम्मेवार बनेर जनताको रक्षामा लागेको देख्दा खुशी लाग्यो भन्दै मेरो काममा काने खुसी गरे ।

तर एक छिनमा उनको त्यो खुसी धेरै बेर टिक्न सकेन । नगर प्रमूखको नमिठो बोलीले नराम्रो बनाएको उनी बताउँछन । प्रसङ्ग तेहि थियो खत्रीको स्वास्थ सामाग्री अस्पताललाई उपलब्ध गराउने । मेयर केसीले एकद्वार प्रणालीबाट मात्र सामाग्री हस्तान्तरण गर्नुस भन्दै हुनुहुन्थ्यो भने ‘मास्क म्यान’ बिरुले अहिले आवश्यकतालाई बुझेर काम गर्नुहोस भन्ने सुझाव दिएका थिए । सामाग्री हस्तान्तरण गर्नु अघि केही छिन मेयर र खत्री बिच चर्काचर्की पर्यो ।

अन्ततः उक्त सामाग्री खत्रीले लमही अस्पतालका सुपरिटेन्डेन्ट डा रन्जिता महतोलाई हस्तान्तरण गरे । उनले पहिलो लकडाउन होस वा दोस्रो मेरो यो अभियानको दौरानमा होस आजको दिनमा जति निराश नराम्रो व्यवहार कसैले गरेका थिएनन् । कोरोनो महामारीको समयमा जनताको सुरक्षामा खट्ने स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक सामग्री सहयोग गर्दा जनताका जनप्रतिनिधिले सहयोगलाई राम्रोसँग बुझ्न सक्दैनन् ।

गतबर्षदेखि खत्रीले दाङ जिल्लामा थालेको निशुल्क मास्क वितरण अभियानलाई जिल्लाका आसपासका क्षेत्रमा समेत निरन्तरता दिदै आइरहेका छन । हालसम्म‘मास्क म्यान’ बिरुले स्वास्थ्य चौकी लयायत स्वास्थ्य संस्था संघ सस्था बाटोघाटो लगाएतका विभिन्न स्थानमा मास्क वितरण गर्दै आएका छन् ।