प्यारी आमा
अर्थहिन हुनेछन्आ,मा खबर हित भए पनि
षड्यन्त्र झै लाग्ने छ सुन्दा केही समाचार पनि
दोहोरी आएको छ रे कोभिड–१९ दोस्रो चरण
पहिलेभन्दा अझ सङ्क्रमित भै अनियन्त्रित अनि ।
बाको ख्याल राख्नु आमा ननिस्कनु तिमी पनि
युवा र अधबैंसेलाई नै टिप्दै छ रे, चराको आहारा सरी
खानु त्यही बरू साग र सिस्नु मिठो मसिनो जे भयपनि
बिदेशीको खबर आए नआत्तिनु सही सलामत्त छु म पनि ।
भुलभुलैया छ रे यसको ओखती थाहा छैन् कहिलेसम्म
नेपालको खबर सुन्छु झर्छ आशुँ आफै बररर तनी
अक्सिजन कै खोजि छ रे ? बिडम्बना यस्तै छ आमा
अस्पतालका शैया सबै भरीभराऊ छैन्न कतै यत्रतत्र पनि ।
सक्षम र सबललाई त समयले प्रश्नवाचक चिन्ह लगाएको छ
धनको घमन्डलाई पनि नराम्रोसित खोक्रो निचोड दिएको छ
झ्यालखाना झै लाग्दै छ न छुन मिल्छ कस्तो भाइरस अनि
मानसपटल नै छेदविछेद बनाउने कसरी सम्झ्नु भाइरस पनि।
उही तिम्रो विदेशी छोरो,
लेखक : समिप आचार्य यात्री