घोराही उपमहानगरपालिकाद्धारा प्रतिष्ठानलाई ५० सिलिण्डर अक्सिजन सहयोग

दाङ, २३ बैशाख । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना संक्रमित बढेसँगै प्रतिष्ठानका बिरामीलाई आवश्यक पर्नेअक्सिजन अभाव हुन नदिनका लागि घोराही उपमहानगरपालिकाले ५० सिलिण्डर अक्सिजन ग्याँस प्रतिष्ठानलाई प्रदान गरेको हो ।

घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले विहीवार प्रतिष्ठानका निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गरेकी हुन । प्रतिष्ठानमा अक्सिजन अभाव हुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुदै आएको थियो । उपमहानगरपालिकाले अक्सिजन सहयोग गरेपछि प्रतिष्ठानमा विरामीको उपचार गर्न सहजता हुने विश्वास व्यक्त गरिएको छ ।

कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामीको उपचार भैरहेको छ ।