लकडाउनका कारण तरकारी बारिमै कुहिन थाल्यो

  •   
  •  

शिव राज खनाल

दाङ,२३ बैशाख । लकडाउनका कारण उत्पादित किसानका तरकारी बारिमै कुहिन थालेपछि देउखुरीका किसान चिन्तित बनेका छन । बजारमा तरकारी बिक्रि बितरण ठप्प हुदा तरकारी बारीमा सड्न थालेको छ ।

उत्पादित तरकारीले बजार नपाउदा किसानहरुले तरकारीमाथी नै जोताईको काम शुरु गरेका छन । लमही नगरपालिका–४ सेमरहवा निवासी कल्पना चौधरी हरेक साता तरकारी लिएर लमही बजार पुग्ने गर्थिन ।

लकडाउनका कारण बजार बन्द भएपछि उनलाई बारीमा फलेको तरकारी कसरि र कहाँ बिक्री गर्ने भन्ने पिरले सताएको छ । बिक्री गर्न नपाउँदा बारीमै तरकारी कुहिँन थालेको छ । तरकारी नबिकेपछि घरखर्च कसरी टार्ने भन्ने चिन्ताले सताएको बताइन् ।

लकडाउनका कारण बजार बन्द हुदा घरखर्चको जोाहो गर्न समस्या भएको उनले बताइन । निरास हुँदै कल्पना चौधरी अन्य सालमा ३ लाख जति कमाउने गरेको र यश बर्ष ५० हजारमात्र कारोबार भएको बताइन ।

उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने माध्यम नहुँदा किसानलाई घरखर्च टार्ने समस्या भएको छ। लकडाउनले बजार बन्द भएपछि करेला , खरभुजा , बन्दा, लौका, टमाटरलगायतका तरकारी बारीमै कुहिन लागेको कृषक सेमरहवा निवासी राजकुमार चौधरी सुनाउँछन् ।

लकडाउनमा स्थानीय कृषि उपजको अवस्थाबारे संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बेखबर रहेको सेमरहवामा तरकारी खेती गरिरहेका कृषकहरुले गुनासो छ ।