प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी गरिने
दाङ ६ फागुन । जिल्लामा विभिन्न कार्यक्रम गरेर ७० औं प्रजातन्त्र दिवस मनाइने भएको छ । फागुन ६ देखि ८ गतेसम्म दिपावली गर्ने र ७ गते विहान घोराहीमा प्रभातफेरि गरिने भएको छ ।
घोराहीको तुलसीपुर चोकबाट विहान ७ः३० बजे प्रभातफेरी शुरु गरेर समन्वय समितिको सभाहलमा कार्यक्रम गरिने भएको प्रजातन्त्र दिवस मुल समारोह समिति दाङले जनाएको छ । जिल्लामा प्रजातन्त्र दिवस मनाउनको लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला मुल समारोह समिति गठन गरिएको छ ।
त्यसैगरेर पालिकाहरुले पनि विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने भएका छन् । यसैविच मुल समारोह समितले प्रभातफेरि कार्यक्रममा सहभागि हुन सम्पुर्ण जिल्लावासीलाई अनुरोध गरेको छ ।
