लमहीमा तपाइको मास्क खै अभियान (फोटो फिचर)

शिव राज खनाल
देउखुरी,१५ बैशाख ितपाइको मास्क खै रु लमही नगरपालिकाका आसपासका चोकमा पछिल्लो समय दैनिकजसो मास्क नलगाई हिड्ने सर्वसाधरणका लागि प्लेकार्डमार्फत सोधिने प्रश्न हो । यो प्रश्न अस्थायी प्रहरी कार्यालय नर्तीको ड्युटीमा खटिएका प्रहरी साहयक निरीक्षक, ट्राफिक प्रहरी, हवल्दार र प्रहरी जवानहरुले सोध्ने गर्छन ।

प्लेकार्डमार्फत पैदल, साइकल, मोटरसाइकल वा अन्य लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनमा हिडेका सर्वसाधरण नागरिकलाई रोकेर तपाइको मास्क खोइ भनेर दैनिक जसो प्ले कार्डमार्फत प्रश्न गरिन्छ । मास्क नलगाएर हिड्नेलाई मास्क समेत प्रदान गरिन्छ । आगामी दिनका लागि चेतावनीसहित सचेत पनि गराइन्छ । साथै घरबाट बाहिर निस्किदा अनिवार्य मास्क लगाऔं, कोरोना भाइरसबाट सचेत बनौं जस्ता प्लेकार्ड हातमा लिएर प्रहरी जवानहरु दैनिकजसो खटिरहेका हुन्छन ।

आसपासका पालिकाहरुमा समुदायस्तरमा संक्रमण बढ्न थालेपछि लमही नगरपालिकामा हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै अस्थायी प्रहरी कार्यालय नर्तीको टोलीले सुन्डबरी , जखेराचोक क्षेत्रमा बाटोमा हिड्ने सर्वसाधरण नागरिकालाई सचेत गराउँदै तपाइको मास्क खै रु अभियानलाई तिव्रता दिइएको अस्थायी प्रहरी पोस्ट नर्तीका प्रहरी सहायक निरीक्षक वसन्त राज गिरीले जानकारी दिएका छन् ।

कोरोना महामारीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तथा घर बाहिर निस्किनै परे मास्क अनिवार्य लगाउन समेत उनले आम नागरिकलाई आग्रह समेत गरेका छन ।

यता लमही नगरपालिका(५ मा रहेको देउखुरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमही बजारमा कोरोना संक्रमणबाट आम नागरिकलाई बचाउन लमही चेम्बर अफ कमर्सले २ दिने मास्क अभियान समेत संचालन गरेको थियो ।