दाङमा थपिए १२९ जना कोरोना संक्रमित

दाङ,१५ बैशाख । दाङमा थप एक सय बढी कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा बुधवार पनि एक सय बढी व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा एक सय २९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका ६१ जनामा कोरोना संक्रमण छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४४ जना, लमही नगरपालिकाका ७ जना रहेका छन् ।

त्यस्तै बबई गाउँपालिका १ जना, गढवा गाउँपालिका ४ जना, राप्ती गाउँपालिकामा ३ जना र दंगीशरण गाउँपालिकामा १ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एक सय २९ जना संक्रमितहरु मध्य ७ जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन् । जसमा सल्यानका दुई जना रहेका छन भने रोल्पा, जुम्ला, बाँके, पश्चिम रुकुम र लम्जुङका एकएक जना संक्रमित रहेका छन ।

संक्रमित मध्य ८७ जना पुरुष र ४२ जना महिलाहरु रहेका छन । संक्रमितमा दुई बर्षीय बालकदेखि ७० बर्षीय ज्येष्ठ नागरिकहरु रहेका छन । योसँगै दाङमा कोरोना संक्रमितको संख्या करिव ९ सय ७१ पुगेको छ । मंगलवार दाङमा गरिएको कोरोना परिक्षणका क्रममा एक सय १७ जनामा कोरोना सक्रमण देखिएको थियो । दाङमा कोरोना संक्रमणबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्यका कार्यालय दाङले जनाएको छ ।

हाल कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४३ जनाको उपचार भैरहेको छ । केही संक्रमितहर जिल्ला बारिह रहेका छन भने अधिकांस कोरोना संक्रमितहरु होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

मंगलवार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना विशेष अस्पताल, राप्ती विज्ञान प्रतिष्ठानमा बेड संख्या बढाउनेसँगै जिल्लाका दश वटै पालिकाहरुमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन अस्पतालहरु निर्माण गर्ने निर्णय गरेको थियो ।