दाङमा बैशाख १७ गतेदेखि २५ सम्म हुने लकडाउनमा के के गर्न पाइन्छ ?

  •   
  •  

दाङ,१५ बैशाख । दाङमा दाङमा बैशाख १७ गतेदेखि ९ दिनसम्म लकडाउन गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथामका लागि बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । लकडाउन हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ ।

बैठकले तुलसीपुर र घोराही उपमहनगरपालिकामा अक्सिजनसहितको ४०÷४० बेडको आइसोलेसन र जिल्लाका अन्य ८ वटा पालिकाहरूमा २०÷२० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै बेलझुण्डी कोरोना विशेष अस्पतालाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० बेडको बनाउने निर्णय पनि गरेको छ । लकडाउनका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षा लगायत अत्यावश्यक सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न नपाइने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दाङमा मंगलबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८ जना पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट जिल्लामा ६५ जनाको मृत्यु छ ।