दाङ,१४ बैशाख । घोराहीमा प्रहरीले मास्क नलगाएर हिड्ने मानिसहरुलाई पक्राउ गर्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढीरहँदा प्रहरीले कोरोना जोखिम कम गर्ने उद्देश्यले मास्क नलगाएर हिड्ने व्यक्तिहरुलाई बजारमै एक घण्टा होल्ड गर्न सुरु गरिएको हो ।
वडा प्रहरी कार्यालय घोराहीले मात्र मंगलवार घोराहीमा मास्क नलगाएर हिड्ने व्यक्तिहरुलाई एक घण्टा होल्ड गरेर राख्न सुरु गरेको हो । जोखिमको समयमा मास्क नलगाएर बजारमा हिड्ने व्यक्तिहरुलाई सचेत बनाउने उद्देश्यले होल्डिङ गर्न सुरु गरेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख हृदेश सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार अनुसार जोखिम कम नहुँदासम्म घोराहीका विभिन्न स्थानमा होल्डिङ गर्ने अभियानलाई चलाउने बताए । अभियान अन्तर्गत मास्क नलगाउने व्यक्तिलाई हेरेर उसलाई आधा घण्टा वा एक घण्टा होल्ड गर्ने गरिएको समेत उनले बताएका छन् ।